ओलीका प्रतिनिधि गुण्डागर्दीमा उत्रिए
असार २४, काठमाडौं । विचारमा हारिसकेको ओली समूह नेतृत्व चयनको स्वस्थ प्रतिस्पर्धामा पनि हार्ने भएपछि नांगो गुण्डागर्दीमा उत्रिएको छ । यस अघि पनि यस्ता खालका गतिविधिमा संलग्न ओली पक्षका प्रतिनिधि विवेक श्रेष्ठले हिजो राती माधव नेपाल पक्षका प्रतिनिधिमाथि सांघातिक हमला गरेका छन् ।
श्रेष्ठ र गगन डाँगीले राती १२ बजे सुन्धाराको विन्दबासिनी होटल पुगेर कोठा नं २०२ सुतिरहेका दाङका प्रतिनिधि नेटमणी आचार्यमाथि हातपात गरेका थिए । उनीहरुले ‘तँ माधव नेपाललाई भोट हाल्ने हैनस्, यदी नेपालललाई भोट हालिस् भने हात खुट्टा भाचिदिन्छौ’ भनेर धम्क्याएका थिए ।
हिजो राती भएको घटनाबारे आचार्यले आज अध्यक्ष मण्डललाई जानकारी गराएका थिए । अध्यक्ष मण्डले आचार्य र श्रेष्ठ दुवैलाई राखेर घटनावारे जानकारी लिएको थियो । त्यसपछि श्रेष्ठलाई आत्मलोचना गर्न लगाएर आईन्दा त्यस्तो कार्य नगर्न र गरेको पाईएमा महाधिवेशन प्रतिनिधिका साथै पार्टीको संगठित सदस्यता पनि खोज गरिने जानकारी गराएको थियो ।
यसैवीच, ओली समूहले महाधिवेशनस्थलमै प्रतिनिधि किन्ने क्रम शुरु गरेको छ । विश्वस्त स्रोतका अनुसार आज महाधिवशनस्थलको टेन्ट नं १० मा २० हजारका दरले दिने आश्वासन दिदै पाँच–पाँच हजार भने बैना बँडिएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply