ओलीको आवरणमा वामदेवको हुँकार

कम्युनिस्ट पार्टीमा नेतृत्वका सम्बन्धमा मूलरूपमा चारवटा विशेषताहरूलाई आधारभूत मापदण्डको रूपमा लिने गरिन्छ । एक, नीतिको प्रवक्ता । दुई, नेतृत्वको गतिशीलता । तीन, पारदर्शिता । चार, सादा जीवन उच्च विचार ।
नेतृत्वको गतिशीलताभित्र ओलीको खोजी ?
नेतृत्वको आधारभूत मापदण्डभित्रबाट पार्टीको भावी अध्यक्षको घोषणा गरेका माधव नेपाल र केपी ओलीको चर्चा गर्नु न्यायोचित नै देखिन्छ । पार्टीका लागि दुवै नेताले दिएको योगदानलाई नजरअन्दाज गर्न सकि“दैन तथापि नेतृत्वको सन्दर्भमा अवस्तुवादी व्याख्याभन्दा वस्तुवादी ख्याख्या नै विज्ञानसम्मत तर्क हुन्छ । ओली विचार समूहले नेतृत्वको गतिशीलतालाई नजरअन्दाज गर्दै जबरदस्त रूपमा निकै कमजोर स्वास्थ्य अवस्थामा रहेका ओलीलाई नेतृत्वका लागि अगाडि बढाएको छ । ओली विचार समूहको तर्क छ ‘नेतृत्व गतिशील नभए तापनि पार्टीमा सामूहिक नेतृत्व हुने भएकाले नेतृत्वको विचार अनुसार पार्टी अगाडि बढ्दछ ।’ यो तर्क अनुसार विचार भएमा गति आफंै उब्जन्छ भन्ने देखिन्छ । यो तर्कलाई वस्तुनिष्ठ रूपमा पुष्टि गर्न सकि“दैन । यो मनोगत तर्कले नेतृत्वको आधारभूत मापदण्डलाई ओझेल पार्ने दुस्साहस गरेको देखिन्छ । उदाहरणका लागि पानी विद्युत्को स्रोत र शक्ति दुवै हो तर पानीको गतिले विद्युत् उत्पादन गर्ने टर्वाइनलाई तीव्र गतिमा घुमाउन सकेन भने विद्युत् उत्पादन हुन सक्दैन । विचारलाई पानीस“ग तुलना गर्न सकिन्छ तर विद्युतस“ग तुलना गर्न सकि“दैन । विचार ह“ुदैमा संगठन गतिशील हुन्छ भन्नु पूर्वाग्रही तर्क हो । संसारमा सकारात्मक सामाजिक परिवर्तनको वकालत गर्नेहरूको इतिहास पल्टाएर हेर्दा पनि त्यो प्रस्टै देखिन्छ । चाहे अफ्रिकाका नेल्सन मण्डेला हुन्, चाहे भारतका महात्मा गान्धी, चाहे अमेरिकाका अब्राहम लिंकन । उनीहरू सबैले विचारलाई गतिमा रूपान्तरण गरेका थिए । नेतृत्व आफंैमा गतिशील हुनैपर्छ । नेतृत्वमा गति नभएमा शक्ति ह“ुदैन । शक्ति नभएमा परिवर्तन सम्भव छैन ।
मालेका तत्कालीन महासचिव मदन भण्डारी विचार र गति दुवैको सन्तुलन गर्ने नेता थिए । स्मरण रहोस्, जनताको बहुदलीय जनवादको प्रतिपादन भएपछि नै उनको हत्या गरिएको थियो । विचारलाई हत्या गर्न सकि“दैन यो शाश्वत सत्य हो । मदन भण्डारीको हत्या गरिनु विचारलाई अगाडि बढाउने भण्डारीको गतिशील नेतृत्वको हत्या हो । दासढुंगा हत्याकाण्डले पनि नेतृत्वको गतिशीलताको महŒवलाई पुष्टि गर्दछ । यसर्थ पनि नेतृत्वमा गतिशीलता नखोज्नु आफंैमा पराजित मानसिकता हो । जबज हिजो पनि थियो । आज पनि छ । भोलि पनि हुनेछ, तथापि जबजको प्रयोगमा सिर्जनशीलतासहितको गतिशील नेतृत्व आजको आवश्यता हो । पार्टीका नेता, कार्यकर्ता र स्वास्थ्य विज्ञानले ओलीको नेतृत्वमा गतिशीलता छ भन्ने कुरा वस्तुनिष्ठ रूपमा पुष्टि गर्न सक्ने आधार र मापदण्डहरू देख्छन् भने ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउ“दा एमाले ओरालो लाग्दैन तर ओलीलाई बैसाखीको रूपमा प्रयोग गरेर कसैले स्वार्थसिद्ध गर्न खोजेको छ भने ओलीले समेत सावधानी अपनाउनै पर्दछ ।
ओलीलाइ बैसाखी बनाउने को हुन ?
आग्रह पूर्वाग्रहबिना वस्तुनिष्ठ रूपमा मूल्यांकन गर्दा ओलीमा गतिशीलता देखि“दैन । उनलाई पटक–पटक चिकित्सकहरूले समेत सक्रिय राजनीतिक क्रियाशीलता हटाउन सुझाव दिएको तथ्यलाई भुल्नु ह“ुदैन । यस्तो परिवेशमा वामदेव प्रवृत्ति ओलीको बैसाखीको सहारा लिएर पार्टी नेतृत्वमा उक्लिन खोजेको प्रस्टै देखिन्छ । नीति र नेतृत्वमा सामन्जस्यता हुनुपर्छ भनेर कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान नेपाली समाज पु“जीवादी चरणमा प्रवेश गरेको देख्ने वामदेव प्रवृत्तिले नेतृत्वमा गतिविहीनता खोज्नु आश्चर्यजनक छ । ओली समीकरणमा ओलीपछि नेतृत्वमा उक्लिने रोलक्रममा नाम लेखाएका वामदेव गौतम, ईश्वर पोख्ररेल यी तिनै नेता हुन जसले बुटवलको आठांै पार्टी महाधिवेशनमा ओलीमा गतिशीलता देख्दा नेतृत्वका लागि अयोग्य देखे । आज यिनै पात्र र प्रवृत्तिले ओलीको गतिविहीनताको फाइदा उठाउनका लागि ओलीलाई बैसाखीको रूपमा प्रयोग गर्दैछन् । रूपमा ओलीलाई अगाडि बढाएर सारमा वामदेव प्रवृत्ति नेतृत्वमा पुग्न खोजिरहेको छ । नवौं महाधिवेशनको प्रतिस्पर्धा माधव नेपाल र ओलीमा होइन, माधव नेपाल र वामदेव गौतमका बीचमा भइरहेको छ । यसर्थ, नेतृत्वका आधारभूत मापदण्ड माधव नेपाल र वामदेव गौतमका बीचमा तुलना गर्नुपर्ने हुन्छ ।
नेतृत्वको आधारभूत मापदण्डमा वामदेव प्रवृत्ति
नीतिको प्रवक्ता नेतृत्वको आधारभूत पहिलो मापदण्ड हो । नीतिका हिसाबले माधव नेपालस“ग सामिप्यता राख्ने प्रवृत्ति नेतृत्वका हिसाबले ओली नीतिस“ग जोडिनुलाई कसरी विश्लेषण गर्ने ? नेतृत्वको गतिशीलता नेतृत्वको दोस्रो मापदण्ड हो । आठांै महाधिवेशनमा गतिशील ओली नवांै महाधिवेशनमा गतिविहीन भएका छन् । गतिविहीनताको फाइदा उठाउ“दै ओलीको बैसाखी टेक्ने प्रवृत्तिलाई के भन्ने ? पारदर्शिता नेतृत्वको तेस्रो महŒवपूर्ण मापदण्ड हो । पटक–पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दासमेत नेपाल प्रहरीमा सरुवा–बढुवाको आधारभूत मापदण्ड बसाल्न नसकेका नेता हुन् गौतम । पारदर्शितामा पटक–पटक प्रश्नचिन्ह उठेका नेता हुन् गौतम । ‘सादा जीवन उच्च विचार’ कम्युनिस्ट नेतृत्वको समाजलाई अगाडि बढाउने महŒवपूर्ण मापदण्ड हो । यो सवालमा वामदेव गौतम पटक–पटक चुकेका छन् । उमेरले परिपक्व देखिए तापनि विचारका हिसाबले अपरिपक्व नेता हुन् गौतम । एमालेको बहुमत आउने समयमा एमालेको भविष्य बोकेका युवाहरूलाई गलत बाटोमा मोडेरे हजारांै युवालाई माओवादी बन्दुक समाउन लगाउने व्यक्ति हुन् वामदेव । आफूले जनताको बहुदलीय जनवादको वकालत गर्ने तर तमाम युवालाई ‘बन्दुकको नालबाट सत्ता जन्मन्छ’ भन्ने उग्र विचार सम्प्रेषण गरेर युवा युवतीलाई आफ्नै दाजुभाइको घा“टी रेट्न लगाउने व्यक्ति हुन् गौतम । एमाओवादी पार्टीमा एमाले विलय गर्न लगाउने सोच बोकेका व्यक्ति हुन् वामदेव । एमालेको सरकार ढालेर प्रचण्डलाई क्रान्तिकारी नेता देख्ने व्यक्ति हुन् वामदेव । पारदर्शिता, इमादारिता र नैतिकताको मापदण्डमा निकै पछाडि रहेको वामदेव प्रवृत्तिले सत्ताको गाडी चढेर माधव नेपाललाई उठ्नै नसक्ने गरी हराइदिन्छांै भन्ने हु“कार फुकेको छ । कसरी विश्लेषण गर्ने ?
वामदेव प्रवृत्तिलाई सघाउ“दै बाह्य शक्ति
नेपालको वर्तमान संक्रमणकालीन अवस्थामा नेपालको राजनीतिक व्यवस्थालाई नजिकबाट आत्मसात् गरेका नेता माधव नेपाल नै हुन् । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल नेपालको शान्ति प्रक्रियाका सूत्रधार हुन् । गिरिजाप्रसाद कोइरालाको निधनले नेपालको राजनीतिक वृत्तमा माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई व्यक्तित्व समेतको प्रतिस्पर्धात्मक अवस्थामा ल्याइपु¥याएको छ । विचार, पारदर्शिता, सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध समेतका आधारमा प्रचण्डको कद माधव नेपालका अगाडि निकै होचो हुन पुगेको छ । माओवादीले शक्ति आर्जन गरेको समयमा एमालेलाई माओवादीमा विलय गराउनुपर्छ भन्ने वामदेव गौतमलाई ओलीको बैसाखी टेकाएर एमालेको नेतृत्वमा पु¥याउन खोजिरहेको प्रचण्ड प्रवृत्तिलाई पनि महाधिवेशन प्रतिनिधिले विश्लेषण गर्ने नै छन् । शान्ति प्रक्रियाको एकल उत्तराधिकारी बनेर गिरेको एमाओवादी साख उचाल्ने कोसिसमा प्रचण्ड रहेका छन् । ओलीस“ग ३६० डिग्रीको कोणमा फरक विचार बोक्ने प्रचण्डले ओलीमार्फत वामदेवलाई नेतृत्वमा लैजान खोजेको कुरा लुकेको छैन । हर प्रयासबाट माधव नेपाललाई नेतृत्वमा पुग्न नदिनु राजनीतिक हिसाबले प्रचण्डको पनि पहिलो प्राथमिकता हो । स्मरण रहोस्, एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पनि प्रचण्ड, वामदेव र ईश्वर पोख्ररेल प्रवृत्तिले ओलीलाई एमालेको नेता हुन रोकेको थियो । आज त्यही प्रवृत्ति फेरि एकजुट भएको छ र भन्दैछ– ‘माधव नेपाललाई कुनै पनि हालतमा एमालेको अध्यक्ष बन्न दिन्नौं ।’ प्रतिद्वन्द्वीहरूलाई पक्कै पनि माधव नेपाल जस्तो अनुशासित, नैतिकवान, वफादार राजनीतिक खेलाडीस“ग राजनीतिक खेल खेल्न गाह्रो हुनेछ । तसर्थ, प्रतिस्पर्धी पार्टीहरूको मनोविज्ञान पनि एमालेको नेतृत्व गतिविहीन÷वामदेव प्रवृत्तिमा जाओस् भन्नु राजनीतिक प्रतिस्पर्धाको हिसाबबाट पनि देखिन्छ । ओलीको आवरणमा एमालेको नेतृत्व हत्याउने दाउमा रहेको वामदेव प्रवृत्तिको पहिचान गरी सक्षम र गतिशील नेतृत्व निर्माण एमालेको आवश्यकता हो । महाधिवेशनका प्रतिनिधिहरू समसामयिक अवस्थाको विश्लेषण र एमालेको भविष्य जोगाउन सक्षम भएकाले पारदर्शी तथा गतिशील नेतृत्वको विजय सुनिश्चत छ । रोलक्रम प्रवृत्तिलाइ चेतना भया।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply