पीपीएलएमा पुन: श्रेष्ठ

काठमाडौं । एमाले निकट वकिलहरूको संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी एसोसियसन (पीपीएलए)को अध्यक्षमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ पुन: चयन हुनुभएको छ । दोहोरिन इच्छुक नभए पनि चुनाव हुन नदिनका लागि धेरैजसो कानुन व्यवसायीहरूले श्रेष्ठकै नाममा सर्वसम्मति गर्न जोड दिएपछि दोहोरिनुभएको हो ।
यसपटक पीपीएलको अध्यक्षका लागि अधिवक्ता रुद्र नेपाल र रमेश बडालले रुचि देखाउनुभएको थियो । तर, श्रेष्ठका नाममा सर्वसम्मत्ति भएपछि नेपाल वरिष्ठ उपाध्यक्ष बन्नुभएको छ भने बडाल कार्यसमितिमै रहनुभएन । प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित क्षेत्रीय उपाध्यक्षहरूमा पूर्वाञ्चल– सुरेन्द्र यादव, मध्यमाञ्चल– सूर्यचन्द्र न्यौपाने, उपत्यका– भीष्मराज कडरिया, पश्चिमाञ्चल– कमलप्रसाद मलेगो, मध्यपश्चिमाञ्चल– भूषणकुमार मानन्धर, सुदूरपश्चिमाञ्चल– निलप्रसाद तिवारी र महिला– रमा श्रेष्ठ छन् । त्यसैगरी, महासचिवमा ईश्वरीप्रसाद भट्टराई, सचिवमा डिल्लीराम मैनाली, बलबहादुर राई, भोजराज आचार्य, नारायण देवकोटा र महिलामा शोभा बुढाथोकी अनि कोषाध्यक्षमा डेकेन्द्र सुवेदी चयन भएका छन् ।
सदस्यहरूमा मेची–नारायणप्रसाद भट्टराई, कोसी– कुमार भट्टराई र रोहित डाँगी, सगरमाथा– मोहनबहादुर कार्की, जनकपुर– चन्द्रकुमार शर्मा मैनाली, नारायणी– जगन्नाथ भण्डारी, बाग्मती– प्रोणप्रताप केसी, लुम्बिनी– गणेश सापकोटा, गण्डकी– हरिप्रसाद सुवेदी, धौलागिरि– हरिप्रसाद शर्मा, राप्ती– ठाकुर डीसी, भेरी– वाशुदेव ज्ञवाली र नरेन्द्रकुमार शर्मा, सेती– मेरिना श्रेष्ठ, कर्णाली– देवीबहादुर सेजुवाल, महाकाली–नेत्रबहादुर तामाङ, पुनरावेदन पाटन विशेष– चन्द्रबहादुर शाही, धनञ्जय खनाल, विदुर ढुंगाना, देवीप्रसाद भट्टराई र कृष्णप्रसाद न्यौपाने सर्वोच्च विशेष– डालकुमार खड्का, काठमाडौ–निरकुमार राई, ललितपुर– सहकुल खत्री, भक्तपुर– दुर्गामोहन श्रेष्ठ, काभ्रे– हरिशरण दाहाल, महिला खुलामा हिमादेवी बस्नेत, शोभादेवी पौडेल पराजुली, मनिका खड्का, सरिता श्रेष्ठ र गोमती सुनार, महिला आदिवासी– नरकुमारी गुरुङ, महिला (मधेसी)– मीनाकुमारी देव, मधेसी– प्रमोद साह, हरेराम सर्राफ र रामसहाय यादव, तराई–मधेस (थारू/राजवंशी/धिमाल जातिहरूमध्येबाट)– श्यामानन्द चौधरी, मुस्लिम– मोहम्मदरफिक मियाँ, पिछडिएको क्षेत्र– खड्गबहादुर खड्का, दलित (पहाडी)– भोजमान लाम्गादे, दलित (मधेसी)– रामबहादुर दास, अपांगता भएका– भोलानाथ शर्मा, आदिवासी जनजाति– हर्कजित लामा र पदमबहादुर श्रेष्ठ, विश्वविद्यालय (कानुन) विद्यार्थी– गुणराज आचार्य र खुला– कमल पाठक, अच्युत बुढाथोकी, रामेश्वर कोइराला, नारायण वस्ती र किशोरी साह चयन भएका छन्
एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेको उक्त सम्मेलनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । सर्वसम्मति कायम गर्नका लागि एमालेका कानुन क्षेत्र इन्चार्ज रघु पन्त, केन्द्रीय सदस्य अग्नि खरेल, नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्की, उपाध्यक्ष टीकाराम भट्टराईलगायतले प्रयत्न गर्नुभएको थियो । सम्मेलनले १२ वटा राष्ट्रिय र ६ वटा अन्तर्राष्ट्रिय गरी १८ वटा प्रस्ताव पनि पारित गरेको छ । प्रस्तावमा समयमै संविधान निर्माण, सक्षम न्यायपालिका, निष्पक्ष र सुलभ न्यायपालिका, पारदर्शी न्याय परिषद् जस्ता माग गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply