युवामा राजनीतिप्रतिको अविश्वास दुर्भाग्य
काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युुवा पुस्तामा उत्पन्न अविश्वास राजनीतिज्ञको लागि चुनौतीको विषय भएको कुरा उल्लेख गर्नुभएको छ । मनराम प्रतिष्ठानले शनिबार आयोजना गरेको मनराम पुस्तकालय हस्तान्तरण तथा पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले उक्त कुुरा बताउनुभएको हो ।
‘नेताहरू आश्वासन दिन मात्र जान्दछन्, काम गर्दैनन् र अधिकांशले गलत कुरालाई संरक्षण गर्दछन् भन्ने धारणा कलिला मस्तिष्कमा पर्नु दुर्भाग्यपूर्ण कुरा हो र यसले राम्रो संकेत गर्दैन’– समारोहमा एक जना बालिकाले प्रस्तुत गरेको कवितामा उल्लेखित वाक्य र भावप्रति संकेत गर्दै उहाँले भन्नुभयो । उहाँले समाजमा जस्तै राजनीतिमा सबै एकैखाले मानिस नभएको कुरा उल्लेख गर्दै साँचो अर्थमा जनता र समाजको सेवा गर्ने भावनाका साथ गरिएको राजनीतिलाई समर्थन तथा साथ दिनुपर्ने तर जनताको नाममा गरिने फट्याइँलाई दण्डित गरिनुपर्ने कुरा उल्लेख गर्नुभयो । धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै गएकाले राजनीतिप्रति अविश्वास बढेको बताउँदै यसलाई सच्याउन राजनीतिज्ञहरूको व्यवहारलाई सच्याउन जरुरी रहेको धारणा राख्नुभयो । अहिलेका लागि तोकिएको समयभित्रै संविधान निर्माण गरी आर्थिक प्रगति र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन सकेमा राजनीतिप्रति जनविश्वास बढ्ने पनि उहाँले उल्लेख गर्नुभयो । एक फरक प्रसंगमा उहाँले पुस्तकालय ज्ञानको आँखा खोलिदिने माध्यम भएकाले पुस्तकालय स्थापनाबाट समाजको स्तरोन्नति र समृद्धि एवम् ज्ञानको विकासमा महत्त्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गर्नुुभयो ।
मनराम प्रतिष्ठानले देशका ७५ ओटै जिल्लाका एक एक विद्यालयमा स्थापना गर्न लागेको मनराम पुस्तकालयमध्ये ३२ जिल्लाका ३२ विद्यालयलाई उक्त अवसरमा पुस्तकालय हस्तान्तरण गरियो, जसअन्तर्गत सोही स्थानमा राखिएको मेघा बैंकको काउन्टरमा विद्यालयका एक जना र मनराम प्रतिष्ठानका एक जना गरी दुई जनाको नाममा एक एक लाखको पुस्तकालय सञ्चालन अक्षयकोष स्थापना गरिएको थियो भने प्रत्येक पुस्तकालयलाई ५० हजार बराबरको पुस्तक हस्तान्तरण गरिएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply