मसी नसुक्दै सहमति उल्लंघन
काठमाडौं । पार्टीभित्रको विवाद सुल्झाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईबीच भएको सहमति २४ घन्टा नबित्दै तोडिएको छ । यसले पार्टीलाई एकताबद्ध होइन, विघटनतिर लैजाने संकेत देखाएको छ ।
संस्थापन समूहले अनावश्यक रूपमा पेलेको भन्दै विराटनगर सम्मेलनदेखि नै भट्टराई समूहले जिल्ला–जिल्लामा समानान्तर कमिटी गठन तीव्र बनाएको छ । यस्तो कामलाई बढावा दिएको भन्दै नेतृत्वले भट्टराई पक्षीय दुई नेतालाई कारबाही गरेपछि दुवै समूहबीच आइतबार गम्भीर छलफल भएको थियो । उक्त छलफलले सबै समानान्तर कमिटी भंग गर्ने, नयाा कार्यसमिति गठन गर्ने, नेताहरूको कारबाही फुकुवा गर्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने सहमति गरेको थियो । तर, सोमबार नै भट्टराई समूहले दाङमा समानान्तर कमिटी गठन गरेको छ ।
समानान्तर कमिटी गठन प्रक्रिया बढ्दै जानुलाई धेरैले दाहालकै कमजोरीका रूपमा हेर्ने गरेका छन् । एमाओवादी स्रोतका अनुसार, दाहाल कुनै पनि अवस्थामा भट्टराईलाई कारबाही गरेर जाने पक्षमा छैनन् । दाहालले मात्र होइन, एमाओवादीका धेरै कार्यकर्ताले उनीहरूको १० बर्से सशस्त्र युद्घको आर्टिटेक्चर भट्टराईलाई मान्ने गरेका छन् । यसअघि दाहालबाट उनले गुरु मानेका मोहन वैद्य र सहपाठी रामबहादुर थापा उनीबाट छुट्टिइसकेका छन् । भट्टराईलाई पनि कारबाही गरियो र उनी पनि अलग भए भने सम्पूर्णको दोष कार्यकर्ताले आफैंलाई लगाउने भयले पनि दाहाल उनलाई कारबाही गर्ने पक्षमा नरहेको बताइन्छ ।
उपगुटको घेरामा दाहाल
स्रोतका अनुसार, एमाओवादीमा दाहाल समूहभित्र सात उपगुट क्रियाशील छन् भने भट्टराई समूहमा एउटा पनि उपगुट छैन । दाहाल समूहमा नेताहरू कृष्णबहादुर महरा, हरिबोल गजुरेल, हेमन्तप्रकाश ओली, लेखराज भट्ट, वर्षमान पुन, जनार्दन शर्मा, गोपाल किरााती र शक्ति बस्नेतका आफ्नै उपगुट छन् । यीमध्ये बस्नेत चाहिं भट्टराईलाई एक्ल्याउनु हुन्न भन्ने पक्षमा छन् भने अरू उपगुट उनलाई एक्ल्याएरै जानुपर्छ भन्नेमा छन् । त्यसमा पनि जातीयताको चर्का कुरा गर्ने किरााती र संघीयताका विरोधी भट्टले दाहालको चाकडी गर्दै भट्टराईलाई कारबाही गर्नुपर्छ भनेर उकासिरहेको बताइन्छ । त्यसो त केही दिनअघि भट्टराईले नव आलोकहरूको कब्जामा पार्टी पुगेको बताएका थिए । जसको सोझो अर्थ यिनै उपगुटका सात नेतामा केन्द्रित भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply