वैद्य बाको गर्जन

देशका अरू राजनीतिक दलहरू एक वर्षभित्रै संविधान बनाउन कस्सिएर लागिपरेका छन् । आगामी माघ ८ गते नै संविधान ल्याउन अहोरात्र जुटिरहेका छन् । नेपालका राजनीतिक दलहरूमा देखिएको हनुमान–उत्साह हेर्दा निर्धारित मितिमा नै संविधान आउला कि भन्ने आशा तीव्र रूपमा बढेको छ ।
तर, मोहन वैद्य बा भने आफूहरूलाई सहमत नगराई संविधान ल्याए च्यात्ने धम्की वितरण गर्न थालिसकेका छन् । केही दिनअघि धनुषाको एउटा कार्यक्रममा पुग्दा उनी कुर्लिएछन्– ‘हेरौं, दलहरूले कसरी संविधान ल्याउँदा रहेछन् ? हामीलाई पाखा लगाएर संविधान ल्याए च्यातेर फ्याँकिन्छ ।’ वैद्य बा किन यसरी रातारात क्षुब्ध हुन
पुगे ? उनले संविधान च्यात्ने कुरा
किन उठाए ?
नौ/दस महिना पहिले देशमा संविधानसभाको निर्वाचन हुँदा वैद्य बा र उनका चेलाचपेटाहरूले निर्वाचन बहिष्कार गरेको कुरा सबैलाई हेक्का नै छ । तर, निर्वाचन बिथोल्न जतिसुकै हर्कत गरे पनि इतिहासमै धेरै जनताले मतदानमा सहभागिता जनाए । वैद्य बाको समूहले बहिष्कार गर्ने भनिए पनि एकाधबाहेक हिंसात्मक घटना भएनन् । हजारौं जनताले निर्वाचनमा सहभागिता जनाएपछि बहिष्कारवादीहरूलाई जनताले नै बहिष्कार गरेको कुरा
विदितै थियो ।
त्यत्रा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले बनाउन लागेको संविधान च्यात्ने दुस्साहस वैद्य बामा कसरी पलाउन सकेको होला ? अरे, बाबा † आफूहरूलाई पाखा लगाए रे † कसले पाखा लगायो उनीहरूलाई ? निर्वाचनमा आउन त्यत्रो बिन्तिभाउ बिसाउँदा पनि बहिष्कारको स्वाङ रच्ने त वैद्य बाहरू नै हुन् । बेलामा बुद्धि नपुर्याउने, अहिले आएर फ्वाँफ्वाँ गरेर समस्याको समाधान निस्कन्छ ? वैद्य बाको बुद्धिको घैंटोमा बिर्को नलाओस् भन्ने चाहना नेपाली जनताले राख्दा अन्यथा नठहरिएला ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply