वायुसेवामा झगडाको बीउ रोपिया
काठमाडौं । निरन्तर घाटामा रहेको र सरकारलाई नै बोझ बनिरहेको नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट आएका कार्यकारी अधिकारसहितका महाप्रबन्धकलाई अप्ठेरो पार्ने गरी अध्यक्ष नियुक्त गरिएको छ ।
आफ्नो अधिकार कटौती गर्दै शिवशरण न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेपछि रुष्ट बनेका महाप्रबन्धक मदन खरेल गत शुक्रबार नवनियुक्त अध्यक्षको पदबहाली तथा स्वागत कार्यक्रममै उपस्थित भएनन् । शुक्रबार साढे ११ बजे नवनियुक्त अध्यक्ष न्यौपाने पदभार ग्रहहण गर्न आउने खबर बिहीबारै पाएपछि महाप्रबन्धक खरेल बिहानै बैंककतिर हानिएका थिए । स्रोतका अनुसार, उनी त्यता जाने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । ‘नेपालमा बसेमा स्वागत गर्नुपर्ला भनेरै उनी बैंकक गएका हुन्’– निगमका एक कर्मचारीले बताए ।
स्रोतका अनुसार, एमालेका वरिष्ठ नेता झलनाथ खनालले निकै जोडबल गरेपछि नागरिक उड्ड्यन प्राधिकरणका आठौं तहबाट अवकाश पाएका न्यौपाने अध्यक्ष बनेका हुन् । आठौं तहमै हुँदा उनले तत्कालीन पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष १२औं तहमध्येबाट हुने महानिर्देशक बनाइदिन लबिङ गरेका थिए । स्रोतले भन्यो– ‘जबकि, त्यतिबेला १२औं तहमै ६ जना थिए । तत्कालीन मन्त्रीले ‘तपाईं यहीँको कर्मचारी भएर यत्ति पनि बुझ्नुहुन्न ?’ भन्दै हकारेर पठाएका थिए ।’ न्यौपानेलाई अध्यक्ष नियुक्त गर्नका लागि उनकी कान्छी श्रीमतीले विशेष मिहिनेत गरेको बताइन्छ । चार वर्षअघि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै न्यौपाने एकपटक निगमको बोर्ड सदस्य पनि बनेका थिए ।
खुला प्रतिस्पर्धाबाट आएका खरेल ‘अब काम गर्न नसकिने भयो’ भनेर चिन्तित भएको बताइन्छ । यसअघि सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बू महाप्रबन्धक हुँदा दुई जनाबीच तीव्र विवाद भएर बोर्ड बैठक पनि बस्न सकेको थिएन ।
पहिला न्यौपानेलाई ल्याउनुहुन्न भन्ने पक्षमा रहेका वायुसेवा निगमका पाँचवटा कर्मचारी संगठनलाई पनि न्यौपानेले आफ्नो पक्षमा पारेका छन् । स्रोतले भन्यो– ‘कर्मचारी नियुक्ति र अरू काममा खरेललाई ठीक लगाउनुपर्छ भन्ने सहमति भएर उनीहरूले समर्थन गरेका हुन् ।’
माओवादी यथावत्
उता, बोर्डमा एमाओवादीका पालामा नियुक्त सदस्यहरूले कब्जा जमाएका छन् । आफूलाई नियुक्त गर्ने एमाओवादी निर्वाचनमा पराजित भएर विपक्षमा बस्दा पनि बोर्ड सदस्यत्रय अशोकचन्द्र पोखरेल, अमरनारायण माली र टेकनाथ आचार्यले छोडेका छैनन् । यसैबीच, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव टंकमणि शर्मा कामु सचिव बनेपछि उनका ठाउँमा अर्को सहसचिवलाई पठाउने सम्भावना छ । पर्यटन मन्त्रालयबाट सहसचिव रञ्जनकृष्ण अ
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply