२९ आश्विन २०८०, सोमबार ०४:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
२९ आश्विन, काठमाडौं । इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना विद्यार्थीमध्ये पाँच जनाको शव नेपाल सरकारले प्राप्त गरेको छ ।
आइतबार तेल अभिभस्थित नेपाली राजदूतावासले पाँच जना विद्यार्थीको शव प्राप्त गरेको जानकारी दिएको छ ।
सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
त्यसमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको जनाएको छ।
अन्य पाँच जनाको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। शवलाई नेपाल फर्काउन पनि इजरायली सरकारसँग समन्वय भइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply