जर्नेलको नौलो तरंग

पदीय जिम्मेवारीमा रहँदा होस् वा भूतपूर्व भइसकेको स्थितिमै किन नहोस्, पूर्वप्रधानसेनापति रुकमांगद कटवालमा तरंग ल्याउने अद्भूत क्षमता रहेछ । भूतपूर्व जर्साब कटवालले आफ्नो आत्मकथामा जे–जे कहेका थिए, त्यसले अहिले नेपाली राजनीतिका केही पात्र र आफ्ना समकक्षीहरू खण्डन–मन्डन गर्नमै व्यस्त छन् । मान्नु परेन त कटवाल सा’बको क्षमतालाई ?
हुन पनि कटवाल सा’बले आत्मकथामा केही पात्रहरूलाई भित्तैमा पुर्याइदिएका छन्, पाखै लगाइदिएका छन् । सबभन्दा बढी चोट त एमाओवादीका अध्यक्ष प्रचण्डलाई लागेको देखियो । प्रचण्ड प्रधानमन्त्री रहेका बेला कटवाल सा’ब आर्मी चिफ थिए । आफूलाई पदच्यूत गर्न प्रचण्डले के–के प्रयत्न गरे र आफू टसको मस नभई तत्कालीन सरकारको योजनालाई विफल तुल्याएको प्रसंग आत्मकथामा उल्लेख छ । तर, अहिले प्रचण्डले कटवाल सा’बले लेखेका कुराहरू असत्य भएको बताउँदै हिँडिरहेका छन् ।
कटवाल सा’बले आफ्नो आत्मकथामा जुन–जुन पात्रहरूलाई नराम्ररी झाँटे, ती पात्रहरू पनि अहिले पुन: चम्किन थालेका छन् । विगतमा माओवादी सरकारले कटवाल सा’बलाई बर्खास्त गरेर कामु आर्मी चिफ बनाएका कुलबहादुर खड्काले त आत्मकथालाई झूटको संज्ञा दिएका छन् । उता, दिवंगत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबारे कटवाल सा’बले लेखेका कुराहरूको पनि खण्डन हुने क्रम जारी छ ।
नेपालमा हरेक दिनजसो नै एउटा न एउटा पुस्तक निस्किन्छ, विमोचन हुन्छ, चर्चा/परिचर्चा चुलिन्छ । तर, अधिकांश पुस्तकहरू विस्मृतिको गर्तमा बिलाउँछन् । अहिले एउटा भूपू आर्मी चिफले लेखेको पुस्तकको भने यति धेरै चर्चा भएको छ कि, हरेक वर्ष चर्चित पुस्तकलाई ठूलो धनराशिको पुरस्कार दिने एउटा पुरस्कार गुठीको ध्यान यतातिर पनि जान्छ कि ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply