न्युयोर्क जानुअघि के–के गर्लान् सुशीलले ?
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासामु अर्को साता न्युयोर्क जानुअघि गर्नुपर्ने कामको चाङ छ । तर, एक त सुस्त गतिका, त्यसैमा पनि बिरामी प्रधानमन्त्रीले ती काम तदारुकताका साथ गर्ने सम्भावना भने कम देखिएको छ ।
वैद्य माओवादीलाई संविधान निर्माणमा सहभागी गराउने भन्दै सुरु गरिएको छलफल अलपत्र छ । सुरुमा भदौ अन्तिम सातासम्म राजनीतिक सभा गर्ने र त्यसैमा वैद्यले उठाएका मुद्दाहरूका बारेमा छलफल गर्ने सहमति भए पनि अहिलेसम्म त्यसका बारेमा कुनै छलफल भएको छैन । वैद्य माओवादीसँग वार्ता गर्नका लागि तीन दलका तर्फबाट गठन गरिएको कार्यदलका सदस्यहरू घनीभूत छलफल गरेर कार्ययोजना तय गर्नुका साटो मिडियामा अन्तर्वार्ता दिँदै आफ्नो प्रचार–प्रसार गर्न व्यस्त छन् । वैद्य माओवादीका तर्फबाट देव गुरुङले असोज २ गते त्यस्तो सभा गर्ने प्रस्ताव गरे पनि नेपाली कांग्रेस र नेकपा (एमाले)ले त्यसभन्दा अगाडि नै गर्ने बारेमा प्रारम्भिक तयारी गरेका छैनन् ।
दुवै माओवादीले ‘भ्याएनन्’
यसै विषयमा छलफल गर्न हिजो साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेको बैठक बसेको थियो । बैठकमा एमाओवादी र नेकपा–माओवादीलाई पनि बोलाए पनि उनीहरूले उपस्थित हुन नसक्ने जनाएका थिए । एमालेको तर्फबाट कार्यदलमा रहेका उपाध्यक्ष भीम रावलले भने– ‘हामी राजनीतिक सभा यही २६/२७ गतेभित्रै गरांै भनिरहेका छौं, तर नेकपा–माओवादीले मानिरहेको छैन ।’ उसको कुरालाई एमाओवादीले समेत समर्थन गरिरहेको छ । छलफल प्रक्रियालाई लम्ब्याएर निर्धारित मितिमा संविधान जारी हुनबाट अहिल्यैदेखि अवरोध सिर्जना गर्न दुवै माओवादीबीच करिब–करिब मत्यैक्यता देखिन थालेको कांग्रेस–एमालेका नेताहरूले निष्कर्ष निकाल्न थालेका छन् ।
नियुक्ति नै थाती
उपचार गर्ने र राष्ट्रसंघीय महासभालाई समेत सम्बोधन गर्ने गरी प्रधानमन्त्री अमेरिका उड्नुअघि नै राजदूत नियुक्ति गर्न पाए हुन्थ्यो भन्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दौडधुप गरिरहेका छन् । तर, त्यसका लागि दुई दलबीच शीर्ष तहमा हुनुपर्ने वार्ता भइरहेको छैन ।
लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा कोइरालाले प्रधानमन्त्री भएको सात महिना बित्न लाग्दा पनि नियुक्ति गर्न सक्नुभएको छैन । विपक्षी दलका नेता पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री कोइरालालाई भेटी संवैधानिक निकायमा नियुक्ति गर्नका लागि संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह गरेका छन् । अख्तियारमा तीन आयुक्त खाली छन् भने लोकसेवा आयोगमा पनि सदस्य खाली छन् । उता, राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारीविहीन छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले त्यहाँ नियुक्तिको निर्णय गर्दछ ।
कांग्रेस र एमालेले आफ्ना तर्फबाट संविधानसभाको रिक्त स्थानमा सभासद् सिफारिस गरे पनि एमाओवादी र मधेसी दलहरूले अझै सिफारिस गर्न सकेका छैनन् । आन्तरिक किचलोबाट गुज्रिरहेको एमाओवादी र मधेसी दलहरूबीच आन्तरिक भागबन्डा नमिल्दा समस्या देखिएको छ ।
कांग्रेसभित्रै कोइरालासँग कचकच
आफ्नै पार्टीभित्रबाट प्रधानमन्त्री कोइरालामाथि दबाब बढिरहेको छ । सरकार सुस्त भएको, सरकारमा एमालेका मन्त्रीहरूले आफूअनुकूल निर्णयहरू गर्दा पनि हस्तक्षेप गर्न नसकेको, मन्त्रीहरूमाथि नियन्त्रण गर्न नसकेको जस्ता आरोप कांग्रेसका नेताहरूले लगाएका छन् । तर, कोइरालाले भने आफूलाई शेरबहादुर देउवा र रामचन्द्र पौडेलले असहयोग गरेको भन्दै गुनासो गर्दै आउनुभएको छ । प्रधानमन्त्री कोइरालाको कोइराला परिवारमाथिको निर्भरता बढेको भन्दै महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता दिलेन्द्र बडु जस्ता विगतका घनिष्ट सहयोगी पनि आलोचक बनेका छन् ।
कोइराला सक्रिय भएपछि ओली निष्क्रिय
बिरामी भएर बाहिरका कुनै कार्यक्रममा नगएर प्रधानमन्त्री कोइराला बालुवाटारमै डल्लिएपछि एमाले अध्यक्ष केपी ओली एकाएक सक्रिय जस्तो देखिएका थिए । तर, पछिल्ला दिनमा कोइराला सक्रिय भएर बाहिरतिर हिँड्न थालेपछि ओली भने निष्क्रिय जस्ता देखिएका छन् । स्वास्थ्य उपचारका लागि भन्दै भारतको राजधानी नयाँ दिल्ली पुगेर भारतीय नेताहरूसँग भेटघाट गरेर फर्किएपछि ओलीको त्यति जाँगर चलेको छैन । ओलीले जोड दिएर उठाउने गरेको राष्ट्रपति अनुमोदनको एजेन्डा पनि अहिले छायाँमा परेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply