भविष्यवाणीमै सीमित
अहिले देशका सबै राजनीतिक दलका नेताहरूको एउटै सुगारटाई रहेको छ । सबैले भनिरहेका छन्– आगामी माघ ८ गते संविधान जारी हुन्छ । ‘टाउको टेकेर हुन्छ कि घुँडा धसेर हुन्छ हामी जसरी भए पनि संविधान जारी गरेरै छाड्छौं’ भनिरहेका छन् नेताहरू । तोकिएको समयमा संविधान जारी गर्ने राग सबै दलका नेताहरूले एकोहोरो अलापिरहेका छन् । यस्तो लाग्छ, संविधान नामक नयाँ ठेली नेपाली जनताको हातमा अबको दुई चार महिनापछि नै पर्नेछ ।
देशका प्रमुख राजनीतिक दलका ठूलादेखि साना तहसम्मका नेताहरूले ‘माघ ८’ को रटान एकोहोरो लगाइरहेका बेला एक जना भविष्यवेत्ताले भने भविष्यवाणी गरिहाले– ‘माघ ८ मा संविधान आउने कुनै सम्भावना छैन ।’ ती भविष्यवेत्ता हुन्, नेपाल मजदुर किसान पार्टीका सदाबहार अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ । उनले केही दिनअघि सगौरव तोकिएको समयमा संविधान नबन्ने भविष्यवाणी गरेर आफूलाई एक अब्बल भविष्यवेत्ताका रूपमा परिचित तुल्याएका छन् ।
हुन पनि, अबका दिनहरूमा रोहित महोदयले भविष्यवाणी नगरेर के गरुन् त ? उनको काम नै भविष्यवाणी गर्नुमा सीमित हुने देखिन्छ । खुम्चिँदै–खुम्चिँदै भक्तपुरमा मात्र सीमित रहेको आफ्नो पार्टी अब विस्तारित हुने सपना उनले सायदै देखेका होलान् । बरु एउटा के सुझाव दिन सकिन्छ भने, अबदेखि पार्टी–सार्टीको काम गर्न छाडेर उनले भक्तपुरकै कुनै चोक वा पाटीतिर एउटा सानोतिनो ज्योतिषकेन्द्र खोल्दा उचित हुन्छ । र, त्यही ज्योतिषकेन्द्रबाट राजनीतिको मात्र होइन, अन्य क्षेत्र र व्यक्तिहरूका पनि भविष्यवाणी गरे उनको पेसा निकै नै फस्टाउने कुरामा कुनै दुईमत हुन सक्दैन । तसर्थ, आगामी माघ ८ गते संविधान जारी नहुने भविष्यवाणी गरेर उनले आफूलाई एक भविष्यवेत्ताका रूपमा जसरी दराएका छन्, त्यसलाई पेसा नै बनाउनु उनका लागि हितोचित देखिन्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply