गच्छदार र सत्ता

मधेसी नेता हृदयेश त्रिपाठीले सत्तारुढ दलका नेताहरूलाई केही दिनअघि ध्वाँस दिँदै भनेका थिए– ‘मधेसीहरूलाई सत्ताको काउकुति नलगाइयोस् ।’ उनले ठीकै भनेका जस्तो लागेको थियो । किनकि, मधेसी नेताहरू सत्ताको काउकुतिबाट विमुख भएको धेरै समय हुन लागिरहेको थियो । अझ, पछिल्लो पटक त उनीहरू सत्ताविहीन हुनु त्यति सुपाच्य र उचित कुरा थिएन ।
तर, त्रिपाठी महोदयले जे भने पनि अब भने मधेसी नेताहरूलाई सत्ताको काउकुति लाग्न थालेजस्तो देखिएको छ । सबभन्दा बढी काउकुति त अहोरात्र सत्ताकै वरिपरि घुम्ने मधेसी नेता विजयकुमार गच्छदारलाई लागेजस्तो देखिन्छ । केही दिनयता उनी त्यही काउकुतिको असरले हो वा अरू कुनै कारणले हो, ठाउँ–ठाउँमा पुगेर हाँस्न थालेका छन् । केही दिनअघि मात्रै उनी बालकोट पुगेको खबर आयो । त्यही काउकुतिकै असरले हुनुपर्छ, बालकोटमा उनी मज्जाले हाँसेको कुरो बाहिर आयो । सत्ताले नहँसाउने मान्छे यो दुनियाँमा आखिर को नै छन् र ? तथापि, गच्छदार पनि सत्ताको सोपान चढ्ने अभियानमा लाग्नु र त्यसकै आनन्द लिँदै हाँस्नुलाई अन्यथा ठान्न मिल्दैन ।
हुन त, पहिला–पहिला गच्छदार र सत्ता एकअर्काको पर्यायवाचीजस्तै लाग्दथ्यो । जब सरकार गठनको कुरा उठ्थ्यो, त्यहाँ गच्छदार स्वत: गाँसिन आइपुग्थे । जसको सरकार बनोस्, उनले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेकै हुन्थे । उनको त्यो क्रम नेपालमा बहुदलीय व्यवस्था आएदेखिकै चलिरहेको थियो । अझ, मधेस आन्दोलनपछि मधेसीहरूको मसिहा बन्ने सौभाग्य उनले पाएपछि त मधेसीको नाममा पटक–पटक सत्तारोहण गर्ने ढोका उनलाई गज्जबले नै खुल्यो ।
त्यसैले, कसैले पनि गच्छदार र सत्ताबीचको दूरीलाई धेरै समयसम्म तन्काएर राख्न सक्दैनन् । न त गच्छदार नै त्यस्तो चाहन्छन् । आखिर, पानीमा बस्ने माछीलाई पानी भएन भने कस्तो हुन्छ ? हो, अहिले गच्छदार महोदयलाई त्यस्तै भइरहेको छ । र, हामी पनि कामना गरौं, निकट समयमै उनलाई सत्ताको शिखर चढ्ने सफलता प्राप्त होस् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply