अजितको कमाल
काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङको एकलकाँटे र अराजक कार्यशैलीले लुम्बिनी क्षेत्रको सिंगो विकासमा नै बाधा व्यवधान उत्पन्न हुन पुगेको छ । उनको कार्यशैलीप्रति व्यापक आलोचना हुँदै आए पनि उनले आफूले गरेका कुनै पनि काम सच्चाउनतिर नलागी एकपछि अर्का विवादास्पद निर्णयहरू गर्दै आइरहेका छन् ।
तामाङ सदस्य–सचिवमा नियुक्त भएपछि लुम्बिनी क्षेत्रभित्र बेबी बुद्धको मूर्ति स्थापना गरे । तर, बेबी बुद्धको मूर्ति जुन ठाउँमा स्थापना गरिएको थियो, त्यो ठाउँमा पहिले नै युनेस्कोले मूर्ति नबनाउन कोषलाई सुझाव दिएको थियो । लुम्बिनी क्षेत्र विश्व सम्पदा सूचिमा सूचिकृत भएको हुँदा युनेस्कोले ‘विश्व सम्पदा सूचिमा पर्ने ठाउँमा बेबी बुद्धको मूर्ति बनाउन उपयुक्त नभएको’ सुझाव दिएका थिए । तर, तामाङले युनेस्कोको सुझावलाई बेवास्ता गरेपछि युनेस्कोले त्यससम्बन्धी कडा आपत्ति मात्र जनाएको छैन । पटक–पटक कोषलाई पत्राचार गरेर उक्त स्थानबाट बेबी बुद्धको मूर्ति हटाउन दबाब दिँदै आइरहेको छ । पुरातत्व विभागले पनि कोषलाई पत्र लेखेर उक्त स्थानबाट बेबी बुद्धको मूर्ति हटाएर अर्कै ठाउँमा निर्माण गर्न भनिसकेको छ । तर, आफ्नै ढिपीमा रमाउने सदस्य–सचिव तामाङले भने युनेस्को र विभागको सुझाव र ताकेतालाई बेवास्ता गर्दै आइरहेका छन् ।
यसरी नै, सदस्य–सचिव तामाङले कोषलाई आफ्ना मान्छेहरू भर्ति गर्ने अखडा बनाइरहेका छन् । उनले कोषको मापदण्डलाई पूरै मिचेर भर्ति गर्ने तयारी गरिरहेका छन् । केही समयअघि निकालिएको पदपूर्तिसम्बन्धी विज्ञापनमा सम्पर्क अधिकृत खुलाइएको थियो । उक्त अधिकृत पुरातत्व विषय अध्ययन गरेका हुनुपर्ने भए पनि विज्ञापनमा इन्जिनियर अध्ययन गरेकालाई माग गरिएको छ । उक्त विज्ञापन पुरातत्व विभागको मापदण्डअनुरुप पनि नपर्ने जनाइन्छ । त्यस्तै, आफ्ना मानिसहरू भर्ति गर्न तामाङले केही सुरक्षा गार्ड, माली र पदप्रदर्शकका लागि माग गरेको विज्ञापन खुलाएका थिए । तर, त्यससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न ठाउँमा उजुरी परेपछि अहिले आफ्ना मान्छेहरूलाई भर्ति गर्ने उनको अभियानमा विराम लागेको छ । यसअघि पनि अख्तियारको क्षेत्रीय कार्यालय, पोखराले कोषको कार्यालयमा छापा मारेर त्यहाँभित्र भएका अनियमिताको छानविन प्रारम्भ गरेको थियो ।
पूर्ववर्ति डा.बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा पाँच वर्षका लागि सदस्य–सचिव भएका तामाङको कार्यकाल अहिले दुई वर्ष मात्र बितेको छ । तर, दिनहुँ हजारौं पर्यटकहरूले अवलोकन गर्ने र विश्व सम्पदा सूचिमा परेको पुरातात्विक र ऐतिहासिक महत्वको लुम्बिनी जस्तो ठाउँमा तामाङले देखाइरहेको कार्यशैलीप्रति जोकोही असन्तुष्ट हुन स्वाभाविक देखिन्छ । उनलाई हटाउने अधिकार संस्कृति मन्त्रीसित भए पनि अहिलेसम्म उनलाई हटाउनेतिर कुनै चासो देखाइएको पाइँदैन ।
यसैबीच, गएको मंसिरको दोस्रो साता सम्पन्न सार्क शिखर सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी जाने र वोधिवृक्ष रोप्ने कार्यक्रम राखिएको थियो । तर, मोदीको लुम्बिनी भ्रमण रद्द भएपछि त्यतिबेला रोप्ने भनिएका वोधिवृक्षहरु रोपिएनन् । तर, आज प्रधानमन्त्रीले रोप्न ठीक पारिएका वोधिवृक्षहरु भारतीय राजदूत रञ्जीत रेले रोप्न लागिरहेका छन् । आज वोधिवृक्ष रोप्ने कार्यक्रमका लागि राजदूत रे हिजै दूतावासका थुप्रै कर्मचारीसहित हिजो लुम्बिनी पुगेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply