युवा काँधमाथि गहन जिम्मेवारी

पाँच महिना पहिलेको परिदृश्य अर्कै थियो । त्यतिबेला किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स आ–आफ्नो वित्तीय हैसियत र पहिचान बोकेर सञ्चालित थिए । तर, अहिले तिनै बैंक तथा वित्तीय संस्थाहरू गाभिएर प्रभु बैंकका रूपमा एकीकृत भएका छन् र नेपालको बैंकिङ क्षेत्रमा अझ समृद्ध र फराकिलो हुने दिशातिर क्रियाशील देखिएको छ ।
चार वटा बैंक तथा वित्तीय संस्था मिसिएर प्रभु बैंकको रूपमा उदाएपछि अहिले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै छन्, युवा बैंकर अशोक शेरचन । तीन महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका शेरचन निर्धक्क भन्छन्– ‘पाँच महिनाअघि मर्जर भइसकेपछि हामीले निक्षेप, कर्जा प्रवाह र ऋण असुली कार्यलाई समानान्तर रूपले अगाडि बढाइरहेका छौं । यी तीनवटै क्षेत्रमा अहिले बैंकले उल्लेख्य प्रगति हासिल गर्न सकेको छ ।’ उनले थपे– ‘यी तीन क्षेत्रमा केन्द्रित हुनुको कारण के हो भने विगतका केही कमीकमजोरीले गर्दा बैंकको समग्र स्थिति कमजोर थियो । बैंकको समग्र विकासका लागि र बैंकिङ क्षेत्रमा बलियो, भरपर्दो र विश्वासिलो बैंकका रूपमा स्थापित गर्नका लागि यी तीनवटै कार्य महत्त्वपूर्ण भएको हुँदा सबै क्षेत्रको सहभागिताद्वारा अहिले हामीले बैंकका कमीकमजोरीहरूलाई क्रमश: कम गर्दै लगेका छौं ।’
नेपाल राष्ट्र बैंकले लिएको मर्जरसम्बन्धी नीतिप्रति शेरचन सन्तुष्ट छन् । उनी भन्छन्– ‘देशको आर्थिक क्षेत्रलाई सबल बनाउनका लागि भूमिका खेल्ने बैंकहरू सामथ्र्यवान, सक्षम र सबल हुनुपर्छ भन्ने मान्यता केन्द्रीय बैंकले लिएको देखिन्छ । देशको अर्थतन्त्रको आकारसँग स्थापित बैंक तथा वित्तीय संस्थाहरूको संख्या केही बढी देखिन गएको कारणले सबै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो अस्तित्व कायम राख्न नसक्ने पो हुन् कि भन्ने देखिएपछि राष्ट्र बैंकले मर्जरको नीति अगाडि सारेको देखिन्छ । अहिले यसबाट मुलुकलाई फाइदा भएको छ ।’
त्यसो त अहिले देशका ६० प्रतिशत जनताको पहुँचमा बैंकिङ सेवा पुगेको छैन । प्रमुख सहर र सहरोन्मुख क्षेत्रहरूमा मात्र बैंक तथा वित्तीय संस्थाहरू सीमित छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले देशका सबै क्षेत्रका जनतालाई समेट्न नसके पनि देशभरिका करिब २५ हजारभन्दा बढी सहकारी संस्थाहरूले जनतालाई बैंकिङ सहयोग पुर्याउँदै आइरहेकोमा शेरचन सकारात्मक मान्छन् । भन्छन्– ‘देशका सबै क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरू पुग्न सम्भव छैन । किनकि, बैंक तथा वित्तीय संस्थाहरूले व्यवसाय टिकाउन गाह्रो हुन्े र खर्च पनि धान्न नसक्ने भएको हुँदा नेपालको सबै क्षेत्रमा पुग्न नसकेको हो । तर, सहकारी मार्फत् नेपालका प्राय: सबै ग्रामीण बस्तीका बासिन्दाहरू बैंकिङ कार्यमा जोडिएका छन् ।’ त्यसका राम्रा र नराम्रा पक्षहरू भए पनि विस्तारै केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय संघ/संस्थाहरूको प्रयासमा बैंकिङ सेवा तथा सुविधा सबै नेपालीकहाँ पुर्याउनका लागि के कस्तो प्रविधिहरूको विकास गर्न सकिन्छ भनेर निरन्तर अन्तक्र्रिया भने भइरहेको शेरचनले बताए । उनले भने– ‘अबका दिनमा मोबाइल बैंकिङको माध्यमबाट आम नेपालीलाई सरल रूपमा बैंकिङ सेवा पुर्याउनका लागि केही नयाँ प्रविधि बैंक तथा वित्तीय संस्थाहरूले चाँडै नै ल्याउने सम्भावना पनि रहेको छ ।’
वि.सं.२०२९ मा बागलुङमा जन्मिएका शेरचनले विद्यालयस्तरको अध्ययन गाउँकै धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयबाट पूरा गरे । ०४५ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि उनले पश्चिमाञ्चलकै ठूलो र हरेक हिसाबले चहलपहल हुने पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षाका लागि पाइला राखे । उनको शैक्षिक–यात्रा काठमाडौंको पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पससम्म तन्कियो । उनले शंकरदेवबाट एमबीए पूरा गरेका छन् ।
शेरचन क्याम्पसमा अध्ययनरत रहेकै बेला देशमा निजी बैंक तथा वित्तीय संस्था स्थापना हुने क्रम निकै बढ्यो । त्यसमा, अर्थशास्त्र विषय लिएर अध्ययन गरेकाहरूको नजर बैंकिङ क्षेत्रप्रति जानु स्वाभाविकै थियो । त्यही बेला, उनलाई पारिवारिक निकटता रहेका बरिष्ठ अर्थविद् डा.गोविन्दबहादुर थापाले बैंकिङ क्षेत्रमा प्रवेश गर्न सुझाव दिए । उनकै प्रेरणाले शेरचनले सन् १९९५ मा उनले नेपाल–बंगलादेश बैंकमा असिस्टेन्ट तहबाट बैंकिङ करिअर सुरु गरे । उनको सुरुको तलब ४ हजार ३ सय रुपियाँ थियो । त्यतिबेला उनी कोठा भाडामा लिएर बस्थे र आफैं खाना पकाएर खान्थे । सुरुको तलब कुन प्रयोजन खर्च भयो भन्ने उनलाई अहिले त्यति सम्झना छैन । ‘मैले उक्त बैंकमा पाँच वर्ष काम गरेँ’– उनी भन्छन् । अहिले स्तरोन्नति भएको एनसीसी बैंक तत्कालीन समयमा नेपाल बैंक अफ सिलोनको रूपमा थियो । सोही बैंकमा उनको प्रवेश कनिष्ट अधिकृतको रूपमा भयो । उक्त बैंकमा पनि पाँच वर्ष नै काम गरेपछि उनले प्रभु फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए । एक दशकसम्म दुई ठूला बैंकमा बटुलेको अनुभव र जिम्मेवारीबोधबाट खारिँदै अगाडि बढेका शेरचनले सन् २००६ देखि नै फाइनान्सलाई हाँक्दै आए । आठ वर्षअघि फाइनान्सको रुपमा उदाएको प्रभु त्यसपछि विकास बैंक हुँदै वर्तमानमा वाणिज्य बैंकको रूपमा स्तरोन्नति भएको छ ।
निश्चय नै वाणिज्य बैंकको रूपमा स्तरोन्नति भएपछि प्रभु बैंकलाई आगामी दिनमा हाँक्ने चुनौती शेरचनको काँधमा आएको छ । गहन जिम्मेवारीबोधका साथै कठोर परिश्रम र अनुशासित तरिकाले अगाडि बढ्दा नै सफलताको सिढी चढ्न सकिने कुराप्रति विश्वस्त शेरचन भन्छन्– ‘वाणिज्य बैंकको रूपमा आइसकेपछि यो बैंकलाई नेपालको बैंकहरूमाझ सरल, सहज र सुरक्षित बैंकको रूपमा विकास गर्न धेरै प्रयास गर्नुपर्ने देखिन्छ । जुन कुरा असम्भव भने छैन । किनभने, यो बैंकका शाखाहरूको संख्या, निक्षेप परिचालनको अवस्था एवम् कर्जा असुलीमा बैंकले लिएको योजना र बैंकभित्रका कर्मचारीहरूको लगनशीलता, मिहिनेत र जुझारुपनको कारणले आगामी पाँच वर्षभित्रमा यो बैंकलाई हामीले नेपालको निजी क्षेत्रको प्रमुख वाणिज्य बैंकको रुपमा देख्न पाउने आशा राखेका छौं ।’
अहिले उक्त बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रुपियाँ रहेको छ भने २५ अर्ब ८० करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये धेरै शाखा सञ्जाल भएको बैंकको रुपमा पनि प्रभु बैंकले आफ्नो चिनारी बनाएको छ । बैंकको अहिलेसम्म १ सय ३१ वटा शाखा रहेको छ । विभिन्न जलविद्युत् आयोजनाहरूमा लगानी गरेको उक्त बैंकको पोखरास्थित गण्डकी मेडिकल कलेज, जनकपुरस्थित जानकी मेडिकल कलेजलगायत उद्योग, व्यापार, कृषि क्षेत्रहरूमा पनि लगानी गरेको छ । शेरचन भन्छन्–‘एउटा वाणिज्य बैंकले गर्ने लगानीका सबै क्षेत्रमा हाम्रो लगानी रहेको छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply