एमाले पाँचथरमा भण्डारी

फिदिम । नेकपा
(एमाले) पाँचथरको सातौँ जिल्ला अधिवेशनबाट यसअघिका कार्यबाहक अध्यक्ष राजकुमार भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको बिहीबार अपराह्न सम्पन्न मतगणनामा भण्डारीले प्रतिद्वन्द्वी पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कमल जबेगुलाई सात मतको अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित हुनुभएको हो ।
भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट हुनुहुन्छ भने जबेगु नेता माधवकुमार नेपाल निकट । यस्तै, उपाध्यक्षमा भण्डारी प्यानलकै भूवानीप्रसाद लिङ्देन निर्वाचित हुनुभएको छ । उहाँले निवर्तमान सचिव प्रेमप्रसाद रिजाललाई २५ मतको अन्तरले पराजित गर्नुभएको हो । सचिवमा जबेगु प्यानलका तिवेन्द्रराज चापागाईं निर्वाचित हुनुभएको छ । चापागाईंले भण्डारी प्यानलका विमल सापकोटालाई पराजित गर्नुभएको हो । यस्तै उपसचिवमा जबेगु प्यानलकै धनकुमार फियाक निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा जबेगुु प्यानलका दिननाथ अधिकारी विजयी हुनुभएको छ ।
– युधिष्ठिरराज आमगाइ
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply