सभासद्को सक्रियता
काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचत सभासद् रामेश्वर फुयालको आयोजनामा एकीकृत विकास छलफल सम्पन्न भएको छ । कामपा वडा नं. ६ बाग्मती नगरको एकीकृत विकास निर्माण कार्य अघि बढाउने उद्देश्यले सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको उपस्थितिमा सो छलफल भएको हो ।
जग्गा एकीकरण आयोजना लागू भई सो क्षेत्रको विकास निर्माणकार्य अघि बढिरहेकोमा आयोजनाको कार्य समयमा नै सम्पन्न गर्न र आवश्यक विकासका पूर्वाधारहरूको निर्माण कार्य गर्न स्थानीयबासीहरूले माग गरेका छन् ।
कार्यक्रममा सभासद् फुयालले जनताका गुनासा तथा सुझावहरू संकलन गरी आवश्यक विकास निर्माण कार्य अघि बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘जनताको सहभागितामा मात्रै दिगो विकास गर्न सकिन्छ । सडक, ढल व्यवस्थापन, खानेपानीलगायतका विकास निर्माण कार्यलाई एकीकृत रूपमा अघि बढाउन नसक्दा निर्माण गर्ने र भत्काउने काम सँगसँगै हुने भएकाले विकासमा समस्या भइरहेको छ’– सभासद् फुयालले भन्नुभयो । उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्लाका आयुक्त भाइकाजी तिवारीले आयोजनाको कार्य प्रगतिका बारेमा जानकारी गराउँदै विकास निर्माण कार्यलाई अघि बढाउने बताउनुभयो । विश्व सम्पदा सूचीमा परे पनि जनताका आवश्यकताका आधारमा सो ठाउँको हरियालीसमेत कायम रहने गरी सुरुङ मार्ग निर्माण कार्य अघि बढाउँदासमेत सरकारले निर्णय गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनताले दिगो विकासका लागि आवश्यक सुझावहरू दिएका छन् भने विभिन्न सरकारी निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रका विकास निर्माणका कामहरू तुरुन्तै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply