जंगी अड्डामा मानव अधिकार अन्तक्र्रिया
काठमाडौं । मानव अधिकारको संरक्षण र संवद्र्धनका सम्बन्धमा नेपाली सेनाका कामका बारेमा सैनिक नेतृत्व र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच सोमबार अन्तक्र्रिया सम्पन्न भएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्मासहितको टोलीलाई नेपाली सेनाले मानव अधिकार संरक्षणमा निर्वाह गरेको भूमिकाका बारेमा जानकारी दिँदै प्रधानसेनापति गौरवशमशेर राणाले सशस्त्र द्वन्द्वका कारण सेना परिचालन भएसँगै मानव अधिकार संवद्र्धन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनाप्रति प्रतिबद्ध गराउन ०५९ सालमा नेपाली सेनामा मानव अधिकारसम्बन्धी छुट्टै इकाइ गठन भएयता सेनामा मानव अधिकारको सचेतनता थप विस्तार भएको बताउनुभयो । उहाँले नेपालको अन्तरिम संविधानको धारा १४४ (४) मा मानव अधिकारको मूल्य र मान्यताद्वारा नेपाली सेनालाई प्रशिक्षित गर्ने काम गरिने भन्ने प्रावधान भएबमोजिम सैनिक ऐन २०६३ को दफा २० मा उल्लेख भएको कानुनी व्यवस्थाबमोजिम नेपाली सेनाले सञ्चालन गर्ने हरेक तालिमहरूमा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनसम्बन्धी विषयवस्तुलाई अनिवार्य रूपमा समावेश गरिँदै आएको जानकारी पनि दिनुभयो । प्रधानसेनापति राणाले नेपाली सेनामा मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनलाई अझ प्रभावकारी रूपमा पालना गराउनका निमित्त नेपाली सेना सधैं कटिबद्ध रहने विश्वाससमेत व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply