कलात्मक कुर्सी तोडाइ

अहिले एनेकपा (माओवादी)का सभासद् उमेशकुमार यादवको वितण्डापूर्ण व्यवहारको सबैतिर आलोचना भइरहेको छ । गत हप्ता संविधानसभाको बैठकमा सबैभन्दा बढी कुर्सी तोडफोड गर्ने, वितण्डा मच्चाउने र सबैभन्दा आक्रोशित रूप प्रदर्शन गर्ने सभासद्को रूपमा उनलाई सबैले चिन्ने मौका पाए । यस्तो मौका नेपाली जनताले बेलाबखतमा मात्र पाउँछन् । र, माघ ८ को पूर्वसन्ध्या नआइकन सभासद् यादवलगायत संविधानसभामा भाँडभैलो मच्चाउने अरू माननीयहरूको अमानवीय व्यवहार देख्न पाइने स्थिति पनि जन्मिएन ।
तर, माननीय यादवको अमानवीय क्रियाकलापको सर्वत्र विरोध भए पनि र उनको कुुर्सी तोडाइलाई सबैले टिप्पणी गरे पनि उनको एउटा महान् कलाप्रति भने सबैले किन आँखा चिम्लिएका हुन् ? यस्तो कुर्सी तोड्ने कार्य त अरू देशका संसद्हरूमा पनि बेलाबखत हुने गर्दछ । संसारका सभ्य भनिने मुलुकका संसदहरूमा पनि कुर्सी तोडफोड गर्ने कार्य भइरहन्छन् र नेपालमा यस्तो क्रियाकलाप हुनुलाई कसैले पनि अस्वाभाविक रूपमा लिनु उचित नहोला । हुन पनि, रिसको पारो चढेको बेला कुन चाहिँ व्यक्तिले गीता पढेर बस्छ र ?
तर, एउटा विचारणीय पक्ष के हो भने, माननीय यादवले जुन तौरतरिकाले कुर्सी तोड्न पुगे, त्यो धेरै नै कलात्मक थियो । उनको कलात्मक कुर्सी तोडाइप्रति आँखा चिम्लिएर फगत् कुर्सी तोडे भनेर विरोध गर्नुको कुनै औचित्य छैन । उनको कुर्सी तोडाइ अरू देशका माननीयहरूले तोड्नेभन्दा विशिष्ट रहेकोमा कुनै सन्देह मान्न सकिँदैन । बरु, उनको विरोध गर्नुभन्दा, उनलाई सराप्नुभन्दा उनको कुर्सी तोडाइमा रहेको कलात्मक पक्षको प्रशंसा गरिनु आवश्यक छ । र, कांग्रेस, एमालेजस्ता पार्टीहरूले पनि उनलाई धारेहात लगाएर सराप्नुभन्दा उनको कुर्सी तोडाइको सराहना गर्दै पुरस्कृत गर्नु अत्यावश्यक देखिन्छ । यो दिशातिर सरकारले पहल गर्ने हो कि ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply