एमालेका जनसंगठनमा रमिता
काठमाडौं । नेकपा (एमाले)का दुई जनसंगठन विवादको भुमरीमा फसेका छन् । विवाद बढेपछि युवा संघको केन्द्रीय कमिटीको बैठक समानान्तर ढंग बसेको छ । यस्तो विवादलाई बेमौसमको बाजाको रूपमा लिए पनि पार्टी केन्द्रका पदाधिकारी स्वयम् अलग–अलग समूहको बैठकमा स्वयम् उपस्थित भएपछि विवाद झांगिने सम्भावना बढेको छ ।
युवा संघका अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि कार्यबाहक अध्यक्ष बनाइएकी निरुदेवी पाललाई पछिल्लो पटक बसेको स्थायी समिति बैठकले अध्यक्ष बनाएपछि विवाद बढेको हो । तत्कालीन अध्यक्ष बस्नेत र अर्का उपाध्यक्ष झपट रावललाई राजीनामा दिन लगाएर बलपूर्वक पाललाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट पक्षले पद्दति मिचिएको कुरा उठाइरहेको छ । संघमा निरुवालाहरुकै बाहुल्य भएकाले उनीहरूले चाहेजसरी नै नेतृत्व हेरफेर गर्नुलाई अस्वाभाविक नठानिए पनि प्रक्रियासमेत अवलम्बन नगरिनुले विवाद बढेको छ । केन्द्रीय कमिटी बैठकबाटै सो निर्णय गरिएको भए प्रश्न उठाउने ठाउँ हुँदैनथ्यो । विधानत: त्यसलगत्तै दुई उपाध्यक्ष खाली भयो भने त्यसमध्ये सचिव सरोजदिलु विश्वकर्मा र कोषाध्यक्ष रहेका गोविन्द थापालाई उपाध्यक्ष बढुवा गरियो । त्यसपछि सचिवको पद रिक्त हुँदा वचन सिंह र कोषाध्यक्ष पद रिक्त हुँदा माधव बास्तोलालाई मनोनयन गरिएपछि विवाद चर्किएको हो । आफूलाई पूरै वेवास्ता गरिएपछि उपाध्यक्ष दिलु पन्त पक्ष समानान्तर केन्द्रीय कमिटी बैठक बोलाएको थियो । जसलाई सचिव योगेश भट्टराईले सम्बोधन गरेका थिए भने निरुले बोलाएको बैठकलाई उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन् ।
असन्तुष्ट पक्षले दलित कोटाको सचिव कोटामा गैरदलितलाई ल्याएर विधान मिचिएको तर्क गरेका छन्, जुन माग सम्बोधन हुँदा विवाद मिल्छ भने नेताहरूले मिलाउनेतिर लाग्नुपर्नेमा विवाद बढाउनेतिर लागेको भनेर युवा असन्तुष्ट छन् ।
त्यसैगरी, अनेरास्ववियुमा पनि विवाद बढेको छ । अध्यक्ष किशोरविक्रम मल्लले वैदेशिक रोजगारमा पठाउने भनी विभिन्न व्यक्तिसँग रकम असुलेको भन्दै विवाद उब्जेको छ । जसले पैसा दिएको भनिएको छ, उसैले सो भनाइको खण्डन गरिसकेको भन्दै विवाद मत्थर पार्न खोजिए पनि समाधान हुनुको साटो त्यही नाममा अलग भेला र बैठकहरु हुन थालेका छन् ।
संगठनको समस्या संगठनभित्र आन्तरिक रूपमै मिलाउनुपर्नेमा ‘आङ कन्याएर आफैंमाथि छारो उडाउनु’ नराम्रो भएको विद्यार्थीहरूको भनाइ छ । युवा संघका इन्चार्जसमेत रहेका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङ पनि युवा संघको अनावश्यक विवाददेखि वाक्क छन् । उनले भने– ‘ठूलो समस्या होइन, मिलाउनेछौं, प्रयास जारी छ ।’ तर, माथिल्लो तहका नेताहरूले दुवै पक्षको विवादलाई आफैं सहभागी भएर तन्काउन मलजल गरेकोमा उनको गुनासो छ । उनले भने– ‘पार्टीमै केही विवाद नरहेको बेला यस्तो विवाद संघभित्र उठ्नु र उठाउनु साथीहरूको केटौलेपन हो ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply