गभर्नरमा कसले मार्ला बाजी ?
काठमाडौं । मंगलबार दिउँसो ३ बजे एनबी बैंकको गाडीमा एक महिलालाई साथमा लिएर सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना बांगेमुढा पुगे । उनले त्यहाँ दुई जोर दौरा सुरुवाल नापे र सिलाउन दिए । उनको यो तयारी गभर्नर भएको दिन दौरा सुरुवालमा शपथ ग्रहण गर्न जानका लागि रहेछ ।
तेह्रथुम जिल्लाका कांग्रेस सभापतिका भाइ ज्ञानेन्द्र ढुंगानाका लागि गभर्नरको सपना केही अगाडिसम्म ‘आकाशको फल’ नै थियो । बैंक अफ काठमाडौंका मेनेजर रहेका उनी राष्ट्र बैंकको उपनिर्देशकमा नाम निकालेर जागिर खान गए । पढाइमा अब्बल र खुराफातीमा झनै अब्बल ढुंगाना राष्ट्र बैंकको आन्तरिक प्रतिस्पर्धामा सिधै निर्देशकमा नाम निकाल्न सफल भए । त्यतिबेला उनको संगत बैंकिङ क्षेत्रका धमिरा मानिएको एनबी ग्रुपसँग भइसकेको थियो । राष्ट्र बैंकमा जम्मा सात वर्ष जागिर खाएर राजीनामा दिए अनि एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठको पछि लागेर उनी एनसीसी बैंकको जीएम खान पुगे ।
एनसीसी बैंकका सीईयो रत्नराज बज्राचार्यको पदावधि सकिने बेला जीएम बन्न पुगेका उनी सीईओ बन्ने पक्का थियो । तर, त्यसैबेला एनसीसीमा बज्राचार्यपछि पुष्पराज राजकर्णिकारलाई प्रबन्ध निर्देशक बनाएर भित्र्याइयो । त्यसपछि उनी एनबी समूहसँग झगडा गरेर बार्गेनिङ गर्दै एनबी बैंकको सीईओ बन्न पुगे । त्यसलगत्तै एनसीसीबाट पनि राजकर्णिकारलाई राष्ट्र बैंकले कारबाही गरेपछि त्यहाँ अमृतचरण श्रेष्ठलाई ल्याइयो ।
पाँच वर्षअघि गभर्नरको चर्चा हुँदा ज्ञानेन्द्रका भतिजा पर्ने विद्यार्थी नेता राजिव सुजाता कोइरालाका सहयोगी थिए । एमाले नेतृत्वको तत्कालीन सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरेकी सुजाता कोइरालाको भूमिका पनि महत्त्वपूर्ण हुने नै भयो । त्यसबेला डेपुटी गभर्नर रहेको वीरविक्रम रायमाझीलाई ज्ञानेन्द्रले नै सुजाताकहाँ बोकेर लगेका थिए । त्यसपछि कांग्रेसको तर्फबाट गभर्नरको उम्मेदवार उनी नै भए ।
सो निर्णयबाट असन्तुष्ट रहेका डा. रामशरण महत अहिले गभर्नर सिफारिस समितिको संयोजक छन् । त्यतिबेला उनले ‘रायमाझीलाई अघि सारेपछि कांग्रेसले पाउने गभर्नर पद गुम्यो’ भन्दै सुशील कोइरालासँग झगडा गरेका थिए । अहिले डा. महतमाथि तिनै रायमाझीलाई तीन जनाको सिफारिसमा पार्नका लागि ठूलो दबाब छ । अहिले लगभग रायमाझी यो दौडबाट बाहिरिसकेका छन् । उनी चौधरी समूहको कम्पनी युनाइटेड इन्सुरेन्सको सीईओबाट राजीनामा दिएर गभर्नरको दौडमा सरिक भएका थिए । हिजो रायमाझीलाई सहयोग गर्ने र गभर्नरमा लबिङ गर्ने बैंकरहरूलाई डा. युवराज खतिवडाले छानीछानी पेलेको भन्दै अहिले पनि केही बैंकरहरू ज्ञानेन्द्र ढुंगाना वा रायमाझीलाई बनाउनुपर्ने लबिङमा छन् ।
त्यसो त ढुंगानाले यसअघि राजनसिंह भण्डारीलाई खुबै बोकेर हिँडेका थिए । आफूलाई सुजाताको निकै नजिकको मान्छे ठान्ने ढुंगानाले राजनसिंह भण्डारीलाईं १० करोड जम्मा पार्नुस म गभर्नर बनाइदिन्छु भन्दै अघि लगाएका थिए ।
तर, राष्ट्र बैंकदेखि निजी बैंकमा समेत बदनाम रहेका भण्डारीलाई सबैले तिरष्कार गरेपछि उनीहरूको सल्लाहमा नै ढुंगाना आफंै अघि सरेका हुन् ।
ढुंगानाले आफ्ना लागि पैसाको जोहो गर्ने जिम्मा राजनसिंह भण्डारी र निर्मल प्रधानलाई दिएका छन् । उनीहरूले ‘हाम्रो मान्छे गभर्नर बनाउन पाए १० करोड होइन, १० अर्ब कमाउने आइडिया हामीसँग छ’ भन्दै उकासेका छन् ।
सेयर बजारमा एउटा सूचनाको चलखेलमा नै अर्बौं तल–माथि गर्न सकिने दाउ उनीहरूको छ । यस कारण पनि निर्मल प्रधान र राजनसिंह भण्डारीले बैंकरहरू र सेयर बजारका लगानीकर्ताहरूसँग रकम उठाउन सुरु गरिसकेको बताइन्छ । ज्ञानेन्द्र ढुंगानाको नामलाई डा. रामशरण महतले वास्ता नगरेपछि उनीहरू सुजातामार्फत सिधै सुशील कोइरालाकहाँ पुगेका थिए । कोइरालाले चाहिँ जो भए पनि कांग्रेस हुनुपर्यो भनेपछि उनीहरूले ‘ज्ञानेन्द्रको ३ पुस्ता कांग्रेस, उनी त गर्भदेखि नै कांग्रेस’ भनेर केहीले सुशीललाई उचाल्न थालेको प्रम निवास स्रोतले बतायो ।
पहिले ठूलै चलखेल गरेका र २० करोडसम्म खर्च गर्नसक्ने भन्दै गफ दिने गरेका राजनसिंह भण्डारी चाहिँ अहिले ज्ञानेन्द्रको गाडी चढेर उनका लागि लबिङमा हिँडेका छन् । उता ज्ञानेन्द्र चाहिँ सीईओको राजीनामा खल्तीमा बोकेर हिँडेका छन् । तीन जनामा सिफारिस हुनका लागि मात्रै पनि उनले जागिर छाड्नुपर्छ । यसका लागि उनले अर्को सीईओ बनाउने व्यक्ति तयार पारेर आफू राजीनामा दिन तयार भएका हुन् । तर, सिफारिसमा पर्दैमा गभर्नर बनिन्छ भन्ने छैन । भोलि बनाइएन भने उनको जागिर पनि जानेछ ।
मन्त्रिपरिषद्ले अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा पहिलो गभर्नर हिमालयशमशेर राणा र राष्ट्र बैंकका पूर्व सञ्चालक प्रा.डा. पाथिर्वेश्वर तिमिल्सिनासहितको गभर्नर सिफारिस समिति बनाएको छ । राणा राष्ट्र बैंकका पहिलो गभर्नर, अर्थ सचिव र हिमालयन बैंकका संस्थापक हुन् । डा. तिमिल्सिना आफैं अघिल्लो पटक गभर्नरमा सिफारिस भएका व्यक्ति हुन् । यसअघि उनी राष्ट्र बैंकको सञ्चालक समितिमा पाँच वर्षसम्म सदस्य थिए । समितिलाई सम्भावित गभर्नरका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न अधिकार दिइएको छ । सोही समितिले सिफारिस गरेका तीन नाममध्येबाट सरकारले पाँच वर्षका लागि एक जनालाई गभर्नरमा नियुक्त गर्नेछ ।
सिफारिसभित्र एक जना बहालवाला डेपुटी गभर्नरलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने हुन्छ । अहिले गोपाल काफ्ले र महाप्रसाद अधिकारी डेपुटी गभर्नर छन् । काफ्ले नेपाली कांग्रेसनिकट मानिन्छन् भने अधिकारी नेकपा (एमाले) निकट हुन् । अमेरिकाको ग्रिनकार्डसमेत रहेका काफ्ले गत साता मात्रै आफ्नो ग्रिनकार्ड त्यागेका छन् । उनी अजय सुमार्गीलगायत केही व्यापारी र बैंकरहरूको लबिङमा गभर्नर बन्ने दाउमा लागेका छन् । उनकी श्रीमती र सुशील कोइरालासँग निकट सम्बन्ध राख्ने एक महिला अमेरिकामा सँगै बस्ने हुनाले पनि उनले अघिल्लो पटक कांग्रेस कोटामा डेपुटी बन्ने सौभाग्य पाएका थिए । गभर्नरले राष्ट्र बैंकको सञ्चालक समितिको पनि अध्यक्षता गर्नेछन् । अहिलेका गभर्नर डा. युवराज खतिवडाको पाँचबर्से कार्यकाल चैत ५ गते सकिँदैछ ।
उता, डा. तिमिल्सिना र डा. महतको रोजाइमा रामेश्वर खनाल परेका छन् । उनलाई गभर्नर बनाउनका लागि पहल भए पनि उनले भने खासै चासो दिएका छैनन् । राज्यमन्त्रीसरहको पदमा राष्ट्रपति चुरे संरक्षण विकास समितिको अध्यक्ष बनेका खनाल कांग्रेसको कोटामा समानुपातिक उम्मेदवारसमेत हुन् । गभर्नर सिफारिसको लागि कुनै पनि पार्टीमा नरहेको व्यक्ति हुनुपर्ने हुनाले उनलाई पार्टीबाट राजीनामा गराउनुपर्ने तयारी छ । तर, उनले दुवै पदबाट राजीनामा दिएका छैनन् ।
अर्को सम्भावित व्यक्तिमा प्रधानमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल छन् । उनका लागि सुशील कोइरालाले नै पनि बोलिसकेका छन् । तर, प्रधानमन्त्रीको सल्लाहकार समूहका अधिकांश व्यक्ति डा. नेपालको विरुद्धमा छन् । गफ मात्र गर्ने र विषयगत ज्ञान नभएको भन्दै उनको आलोचना हुने गरेको छ । डा. महत पनि नेपालको विरुद्धमा छन् । उनले ‘चिरञ्जीवीले चलाउन सक्दैनन्’ भनेर प्रधानमन्त्रीलाई जवाफ दिइसकेका छन् ।
उता, योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा सबैभन्दा बलियो उम्मेदवार हुन् । एमाले पनि सरकारको महत्त्वपूर्ण साझेदार भएका कारण एमालेको पनि समर्थन चाहिन्छ । एमालेले डा. शर्मा भएमा आफ्नो विरोध नहुने संकेत दिएको चर्चा आर्थिक क्षेत्रमा छ । उता, कांग्रेस नेता रामचन्द्र पोडेलले पूर्व अर्थसचिव युवराज भुसाललाई अघि सारेका छन् । उनीहरू सम्धी नाता पर्छन् ।
गत शुक्रबार रामेश्वर खनाल, शंकर शर्मा र महाप्रसाद अधिकारीको नाम सिफारिस गर्नका लागि प्रधानमन्त्रीसँग राय माग्दा उनले ‘चिरञ्जीवीलाई पनि राखेर ल्याउनू’ भनेर अह्राएपछि डा. महत पनि अप्ठेरोमा परेका छन् । यदि सिफारिसमा परे उनले नै पड्काउने हुन् कि भन्ने भयले डा. महत उनलाई सिफारिसमा नै नपार्ने सुरमा छन् ।
गभर्नर पद आधा प्रशासनिक र आधा नीति निर्माण गर्ने पद हो । यसका लागि पार्टी क्याडरहरू उचित हुँदैन । अहिलेसम्म डा. तिलक रावलबाहेक अन्य व्यक्ति गभर्नरमा पार्टी क्याडरको हैसियतमा आएका छैनन् । कि राष्ट्र बैंकभित्रैका व्यक्ति भएका छन् भने कि राम्रो प्रशासनिक क्षमता भएका व्यक्तिहरू बनेका छन् ।
यादवप्रसाद पन्तदेखि कुलशेखर शर्मा र भेषबहादुर थापा आफ्ना जमानाका घाघडान थिए । दीपेन्द्रपुरुष ढकाल पनि चर्चित प्रशासक र विज्ञ हुन् । त्यस्तै, विजयनाथ भट्टराईदेखि दीपेन्द्रबहादुर क्षेत्री र युवराज खतिवडा पनि राष्ट्र बैंकभित्रैबाट राम्रो पर्फमेन्स दिएर आएका व्यक्ति हुन् ।
यतिखेर प्रशासनभित्र राम्रो काम गरेका भनिएका रामेश्वर खनाल, नीति निर्माण तहमा आफ्नो क्षमता देखाएका शंकर शर्मा सम्भाि

यतिखेर प्रशासनभित्र राम्रो काम गरेका भनिएका रामेश्वर खनाल, नीति निर्माण तहमा आफ्नो क्षमता देखाएका शंकर शर्मा सम्भावित गभर्नरमा देखिएका छन् भने पार्टी क्याडरकै हिसाबले अन्य व्यक्तिहरूको दौडधुप पनि जारी छ । हिमालयशमशेर राणा र पार्थिवेश्वर तिम्सिनाको निवासमा बिहानै देखिने भीडमा बैंकरहरू र राष्ट्र बैंकका पुराना कर्मचारीहरू कैंयौ छन् । सिफारिसमा परे अझै एक साता चलखेल गर्न पाइन्छ भनेर लागिपरेका व्यक्ति धेरै भएकाले सिफारिस समितिको बैठकसमेत बस्न सकेको छैन । सोमबार बस्ने भनेको बैठक अनौपचारिक रुपमा मात्र बसेको बताइएको छ । यसबाहेक राणा र तिम्सिनाको भूमिका समितिमा कम हुने र डा. महतले चाहेको व्यक्ति नै गभर्नर हुने निश्चित भने छ । किनभने, अन्य नियुक्तिहरूमा डा. महतलाई सुशील कोइरालाले क्रस गरे पनि यसमा डा. महतको अडानले काम गर्नेमा शंका छैन ।
तर, सत्ता साझेदार एमालेले चाहिँ यति सजिलै सहमति दिने सम्भावना छैन । अघिल्लो पटक एमालेको प्रधानमन्त्री र अर्थमन्त्री हुँदा पनि कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष लिएर मात्रै गभर्नरमा सहमति दिएको नजिर एमालेले तेस्र्याएको छ । वत गभर्नरमा देखिएका छन् भने पार्टी क्याडरकै हिसाबले अन्य व्यक्तिहरूको दौडधुप पनि जारी छ । हिमालयशमशेर राणा र पार्थिवेश्वर तिम्सिनाको निवासमा बिहानै देखिने भीडमा बैंकरहरू र राष्ट्र बैंकका पुराना कर्मचारीहरू कैंयौ छन् । सिफारिसमा परे अझै एक साता चलखेल गर्न पाइन्छ भनेर लागिपरेका व्यक्ति धेरै भएकाले सिफारिस समितिको बैठकसमेत बस्न सकेको छैन । सोमबार बस्ने भनेको बैठक अनौपचारिक रुपमा मात्र बसेको बताइएको छ । यसबाहेक राणा र तिम्सिनाको भूमिका समितिमा कम हुने र डा. महतले चाहेको व्यक्ति नै गभर्नर हुने निश्चित भने छ । किनभने, अन्य नियुक्तिहरूमा डा. महतलाई सुशील कोइरालाले क्रस गरे पनि यसमा डा. महतको अडानले काम गर्नेमा शंका छैन ।
तर, सत्ता साझेदार एमालेले चाहिँ यति सजिलै सहमति दिने सम्भावना छैन । अघिल्लो पटक एमालेको प्रधानमन्त्री र अर्थमन्त्री हुँदा पनि कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष लिएर मात्रै गभर्नरमा सहमति दिएको नजिर एमालेले तेस्र्याएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply