ममताकै बाटोमा डोलिन्द्र
काठमाडौं । संकटग्रस्त साझा प्रकाशनको महाप्रबन्धकमा करिब दुई महिनाअघि नियुक्त भएका डोलिन्द्रप्रसाद शर्माले पूर्वअध्यक्ष तथा महाप्रबन्धक ममता झाकै बाटो समात्न थाल्नुभएको छ । प्रकाशनको सुधार गर्ने नाममा महाप्रबन्धक पद पड्काएका शर्माले झाकै पद्चिह्न पछ्याउन थालेपछिसाझाका कर्मचारीहरू छक्क पर्न थालेका छन् ।
केही दिनअघि महाप्रबन्धक शर्माले साझा प्रकाशनलाई आफ्नै व्यक्तिगत प्रकाशनझंै ठानेर एउटा सूचना जारी गर्नुभएको थियो । उक्त सूचनामा शर्माले प्रकाशन संस्थाको नाम र लोगो मात्रै प्रयोग गर्नुपर्नेमा आफ्नो नामसमेत हालेर सूचना जारी गरेपछि उहाँ विवादमा तानिनुभएको हो । पहिला–पहिला कुनै सूचना जारी गरिँदा महाप्रबन्धकको नाम उल्लेख गरिँदैनथ्यो । तर, शर्माले किन आफ्नो नाम प्रचार गर्ने मोह राख्नुभयो ? यो बुझिनसक्नु ठानिएको छ । सूचनामा साझा प्रकाशनसँग सम्झौता गरी आफ्नो प्रकाशनका पुस्तकहरू बिक्री वितरणका लागि दिने प्रकाशन संस्थाहरू र लेखकहरूलाई सम्झौता अवधि पूरा भई बिक्री नभएका पुस्तकहरू फिर्ता लैजान अनुरोध गरिएको छ । साझा प्रकाशनलाई शर्माले आफ्नै निजी प्रकाशन संस्था अक्सफोर्ड पब्लिकेसनजस्तै ठानेको बताइन्छ । कुनै पनि सरकारी निकायलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गरिनु उचित मानिँदैन । विगतमा साझामै कार्यरत रहँदापूर्वअध्यक्ष ममता झाले संस्थालाई व्यक्तिगत कार्यमा दुरुपयोग गरेपछि उहाँको सर्वत्र आलोचना हुन पुगेको थियो । पूर्वअध्यक्ष झाले आफ्नी छोरीको निम्तो कार्डमा ‘अध्यक्ष तथा महाप्रबन्धक, साझा प्रकाशन’ लेखेर वितरण गरेपछि त्यतिबेला हंगामा नै मच्चिएको थियो । अहिले शर्माले पनि आफ्नो पदको दुरुपयोग गर्दै संस्थाभन्दा आफूलाई ठूला र माथि राख्ने कार्य गरेको हुँदा उहाँको आलोचना सुरु भएको हो ।
‘पहिला त प्रकाशन संस्था र लेखकहरूलाई पत्र काटेर जानकारी गराउनुपथ्र्यो । सूचना नै जारी गर्नुपर्ने कारण देखिँदैन । तर, महाप्रबन्धकलाई के लागेर हो, आफ्नै नाममा सूचना जारी गर्नुभयो’– साझाकै एक कर्मचारीले बताए । त्यसो त, प्रकाशन संस्थाहरूसँग सम्झौता गर्दा नै सबै कुरा उल्लेख हुने भएको हुँदा सूचना नै जारी गरिरहनु आवश्यक नपर्ने पनि बताइन्छ । तर, महाप्रबन्धक शर्मा भने लेखकहरूलाई आफ्नो कृतिको माया हुने भएको हुँदा सूचना जारी गरेपछि किताब फिर्ता लिन आउने भएकाले यस्तो सूचना जारी गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘किताबहरू नष्ट गर्नुभन्दा सूचना जारी गरेर लिन बोलाइएको हो ।’
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply