लोकसेवाका सचिवलाई सकस
काठमाडौं । लोकसेवा आयोगले बल्लतल्ल पूर्ण पदाधिकारी पाएको छ । विगतदेखि रोकिएका कतिपय कामहरू अब छिटोछरितो हुने भए भनेर सकारात्मक रूपमा लिइएको बेला त्यहीँका सचिव विष्णुप्रसाद लम्सालले भने सहकर्मीबीच एउटा बेग्लै समस्या सुनाउँदै हिँडेका छन् ।
हालै संवैधानिक परिषद्ले लोकसेवामा अध्यक्ष र सदस्य गरी सात पदाधिकारी सिफारिस गर्दा परेको एउटा नामले सचिव लम्साललाई तनाव दिएको रहेछ । अशोककुमार झा केही दिनअघिसम्म लोकसेवा आयोगमै सहसचिव थिए । आफ्नो विषयमा राम्रो विज्ञ मानिने भलाद्मी स्वभावका झा आयोगको सदस्य बन्लान् भन्ने अनुमान गरेको भए सचिव लम्सालले त्यसअघि त्यति धेरै पेल्ने थिएनन् होला । आफूलाई सबै विषयको जानकार ठान्ने सचिव लम्सालले बेलाबेलामा पेलेको पनि सहेर बसेका झा अहिले सदस्य बनेपछि अब तिनै सचिव लम्सालले नमस्कार त गर्नुपर्ने नै भयो, बेलाबेलामा फाइल लिएर माननीयज्यू यस्तो हो पनि भन्नुपर्ने भयो । त्यही भएर अहिले उनलाई अप्ठेरो परेको रहेछ ।
स्रोतका अनुसार, दिल्लीस्थित नेपाली दूताबासमा बस्दाबस्दै सचिव भएर लोकसेवामा पुगेका लम्सालले यही कुरालाई निहुँ बनाएर आयोगबाट बाहिरिन खोजेका छन् । प्राय: कर्मचारी जान नचाहने आयोगमा कति बसिरहनु भनेर दिक्क भएका उनी कुनै राम्रो मन्त्रालय पाइन्छ कि भनेर माथिको विवरण लिएर मुख्यसचिव लीलामणि पौडेलसमक्ष पनि पुगिसकेका छन् । उल्टै मुख्यसचिव पौडेलले आफ्नो पालाको उदाहरण दिँदै त्यसले के
फरक पर्छ र भनेपछि पनि लम्सालले मन्त्रीहरूलाई गुहार्न छोडेका छैनन् । मुख्यसचिवको प्रतिस्पर्धामा असफल भएपछि राजीनामा दिएर बाहिरिएका शंकर कोइराला र उमाकान्त झा मन्त्री बनेर आएपछि पनि आफूले मिलेर काम गरेको उदाहरण पौडेलले दिएका थिए ।
बढी गफ गर्नुपर्ने स्वभावका लम्साल ठूला कुराकै कारण पाँच वर्षअघि अर्थ मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय पुगेका थिए । भएको के थियो भने कुरै त हो भनेर उनले एकदिन तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुसाल भएको ठाउँमा कर्मचारीको आलोचना गर्दै ‘जुन मन्त्रालयमा गए पनि पद उही हो, किन राम्रा मन्त्रालय भनेर मरिहत्ते गर्छन् साथीहरू’ भनेका थिए । युवा तथा खेलकुद मन्त्रालयमा जान कोही सहसचिवले नमानिरहेको बेला त्यही कुरा समातेर मन्त्री भुसालले उनलाई एक साताभित्रै त्यहाँ पठाइदिएकी थिइन् । तत्कालीन सचिव बालानन्द शर्माले त्यहाँ नपठाउने कि हजुर भन्दा मन्त्री भुसालले त्यो रहस्य खोलेकी थिइन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply