मालपोतमा यसरी मालामाल
काठमाडौं । सरकारी कार्यालयलाई पैसाले प्रभावित गर्न सक्दा ‘सेतोलाई कालो र कालोलाई सेतो’ बनाउन सकिँदो रहेछ भन्ने मालपोत कार्यालय कलंकीको एउटा काम हेर्दा साँच्चै हो कि भन्ने भान हुन्छ ।
एउटै प्रकृति र विषयका विवादमध्ये एउटामा पुनरावेदन अदालतको मिलापत्रबमोजिम मिलापत्र गर्नु र अर्कोमा गुठीमा जनिएको भनेर लालपुर्जा नदिनुने मालपोतका कर्मचारी प्रभावित भएको पीडितको गुनासो छ । अझ अचम्मको कुरा त यस्ता विषयमा निगरानी गरी कारबाही गर्नुपर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पीडित स्वयम्ले उजुरी गर्दा पनि मौन बसेको छ । २०७० चैत १२ गते दर्ता नम्बर ३२ हजार ४ सय २ मा दर्ता भएको सो उजुरी कसले अल्मल्याइरहेको भन्ने बुझ्न नसक्दा पीडित हैरान भएका छन् ।
प्रसंग तत्कालीन टंकेश्वर ताहाचल गाविस वडा नम्बर ७ को जग्गाको हो । कित्ता नम्बर ७८ को उक्त जग्गा राजगुठीमा दर्ता हुने जग्गा भएकाले जग्गाधनी पुर्जा पाउँ भनी गुठी संस्थानमा निवेदन दिइएको थियो । निवेदन दिनेमा काडमाडांै ठमेलका सत्यप्रसाद र हरिप्रसाद हुन् । फिल्ड बुकमा देखिएको व्यक्तिलाई बुझ्दा उक्त जग्गा निजी जग्गा तथा बूढानीलकण्ठ मौजाबाट रैकर परिणत भई आएको भन्ने छ । तर, मालपोत कार्यालयको लगत शाखाबाट ०४३ साल मंसिर १८ मा लगत भिडाउँदा लगत नभएको भन्ने जानकारी आएको बताइन्छ । मालपोतमै लगत नभएको जग्गा पछि लगत भएको व्यहोराको कागज बनाई नामसारी गर्नुले मालपोत कार्यालयको बदनियत प्रस्ट भएको बताइन्छ । सो कित्ताको दक्षिणतर्फको कित्ता नम्बर १०१ का जोताहा सँधियारले ‘निजी गुठीको जग्गा होइन, राज गुठीकै हो’ भनी गुठी संस्थानको निर्णयलाई बदर गर्न दायर फिरादमा काठमाडौं जिल्ला अदालतले गुठीकै निर्णय सदर गरेको थियो । सो निर्णयलाई पुनरावेदन अदालतले समेत सदर गरी मालपोत कार्यालय कलंकीबाट स्रेस्ता कायम भएको छ ।
निजी गुठीको जग्गा दर्ता नामसारी हुनै नसक्ने र मालपोत कार्यालयले पनि यसअघि यस्तो गरेको पाइँदैन । तर, नभएको लगत कायम गरीे उक्त लगतलाई आधार लिई निजी गुठी जनाई मालपोत कार्यालय कलंकीले उक्त कित्ता नम्बर १०१ दर्ता नामसारी गरी जग्गाधनी पुर्जा दिने कार्य गरेको थियो, जुन गैरकानुनी रहेको बताइन्छ । ‘बूढानीलकण्ठ मौजा र बालाजु मौजाबाट अन्यत्रको जग्गा भिडी गइसक्यो’ भनी मालपोतले अदालतलाई पटक–पटक जवाफ दिँदै आएको थियो । तर, अर्कोतर्फ सोही रसिदको आधारमा मिलापत्रलाई सिरानी हाली उक्त कित्ता नम्बर १०१ को जग्गा दर्ता नामसारी गर्ने कार्य मालपोत कार्यालय कलंकीका कर्मचारी र अधिकृतले पदीय हैसियतबाट पाएको विवेकीय अधिकारको दुरुपयोग गरी गरेका थिए । ती कर्मचारीहरूले जानी–जानी बदनियत र स्वेच्छाचारी काम पैसाको प्रभावमा परी गरेको पीडितको दाबी छ ।
यता, सोही प्रकृतिको अर्को जग्गामा भने मालपोत कार्यालय कलंकीले आफ्नो तजबिजी अधिकार बदनियत तथा स्वेच्छाचारी रूपमा प्रयोग गरी अनुचित कार्य गरेको बताइन्छ । स्युचाटार गाविस वडा नम्बर ६ को कित्ता नम्बर २१६ को घर जग्गामा यस्तै बदनियत भएको स्रोतको दाबी छ । ३ भागको १ भाग अंश पाउने गरी काठामाडौं जिल्ला अदालतबाट फैसला भएको थियो । पुनरावेदनले तीन भाग लगाई मिलापत्र गराएको थियो । कित्ताकाट गरी छुट्टाछुट्टै स्रेस्ताको माग गरी निवेदन गर्दा मालपोतले भने कित्ता नम्बर २१६ को उक्त घर जग्गालाई निजी गुठी भनी छुट्टाछुट्टै स्रेस्ता तयार गर्न इन्कार गरेको थियो ।
मालपोत कार्यालयले लगत नै छैन भन्ने पत्राचार गर्ने काम गरेको थियो । तर, मिलापत्र गराई कर्मचारीकै मिलेमतोमा अनुचित कार्य भएको आरोप छ । त्यस कार्यमा सुन्दरप्रसाद प्रधान, राजभाइ महर्जन र मचाभाइ महर्जनलगायत मालपोत कर्मचारीको मिलेमतो भएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply