सरकारी राहतमा जस लिने होडबाजी
ओखलढुंगा । शनिबार र आइतबारको भूकम्पले ज्यान गुमाउने र घरबारविहीन हुनेको संख्या थपिँदै जाँदा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय, ओखलढुंगामा बसिरहेको थियो ।
जिल्लामा रेडक्रससँग दुई सय थान पालबाहेक तत्काल राहत दिने रामग्री थिएन । बैठक चलिरहेको बेला कांग्रेस जिल्ला सभापति प्रदिपकुमार सुनुवारले जुरुक्क उठेर भन्नुभयो– ‘सिडिओ साव, हेलिकोप्टर कहाँ राख्ने ? काठमाडौंबाट उडिसक्यो ।’ उहाँले जिल्लामा सभाषद् रामहरि खतिवडाको अगुवाइमा ठूलो हेलिकोप्टर आउन लागेको बताएपछि उद्धार कसरी गर्ने भनेर चिन्तित बैठकका सहभागी सबैको अनुहार उज्यालो भयो ।
हेलिकोप्टरबाट क्षतिबारे बुझ्न पश्चिमी गाविस खिजीफलाटे, रगनी जानुपर्ने बताएपछि हेलिकोप्टरमा को–को जाने भन्नेमा विवाद चल्यो । सुनुवारले आफू स्थानीय पनि भएकोले जानुपर्ने जिकिर गर्नुभयो । गाउँ जान निर्देशन पाएका सचिव तथा अन्य सरकारी तथा गैरसरकारी क्षेत्रको टोली समेत हेलिकोप्टर कुरेर बसेका थिए ।
खिजीफलाटेका प्राविधिक सहायक लोकबहादुर घिसिङलाई झोलासहित सगरमाथा जनता उच्च माविको मैदानमा आउन भनियो । राहत वितरण तथा तथ्यांक संकलनका लागि खटिन लागेका अरु दुई टोली पनि रोकिए । ‘दिनभर हेलिकोप्टरको प्रतिक्षा गारियो, आएन’– घिसिङले भन्नुभयो । हेलिकोप्टर भोलिपल्ट समेत आएन न त टोली प्रभावित क्षेत्रमै खटियो । तत्काल राहत तथा उद्धारको काम गर्नु पर्ने अवस्थामा हेलिकोप्टर कुर्दा दुई दिन केही हुन सकेन ।
१२ बैशाखमा आएको भूकम्पमा राहत तथा उद्धारमा जुट्नु पर्ने राजनीतिक पार्टी सुरुमै यसरी शक्ति प्रर्दशनको होडमा उत्रिए । दुई दिनपछि नेपाली सेनाको हेलिकोप्टरबाट रुम्जाटार झारिएका त्रिपालमा क्षेत्र नं. १ का एमाले सभासद् यज्ञराज सुनुवार र क्षेत्र नं. २ का कांग्रेस सभासद् रामहरि खतिवडाबीच आ–आफ्नो क्षेत्रमा कसले बढी लैजाने भन्नेमा होडबाजी चलेको स्थानीयहरु बताउँछन् । दुबैबीच यो होडबाजी बढ्दै गएपछि त्रिपाल झारेर उनीहरु काठमाडौं फर्किएपछि सुटुक्क आ–आफ्नो निर्वाचान क्षेत्रतिर लागेका थिए ।
स्थानीयबासीका अनुसार भूकम्पले बढी क्षेति पुर्याएको ओखलढुंगाको पश्चिमी भागमा सभासद् रामहरि खतिवडाले मोरङबाट प्रशासन र व्यापार संघले जिल्ला पठाएको पाललाई पश्चिमबाटै कब्जा गरेर आफैले बाँडेका थिए । संस्थागत रुपमा आएको राहत व्यक्तिगत रुपमा बाँडेको प्रचार गरेको एमालेलगायत अन्य दलहरुले बताए । खतिवडाले व्यक्तिगत हिसावमा भन्दै प्रति मृतक परिवारलाई पाँच हजारका दरले रकम बाँडेको बताउनुभयो ।
क्षेत्र नंंं. १ का सभासद् यज्ञराज सुनुवारले विपद्को बेलामा राजनीति गर्नु आवश्यक नभएको बताउनुभयो । सुनुवारले राहत वितरणमा क्षेत्र नं. २ का सभासद् खतिवडाले सहकार्यमा गरेको कामलाई मिडियामा गलत प्रचार गर्दै एक्लैले गरेको अभिनय गर्दै हिँडेको आरोप लगाउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा जनताको सुख–दुख बुझ्न आफू पहिलो पात्र भएर गएको दावी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भूकम्पमा परी निधन भएका प्रति परिवार पाँच हजार एक सयका दरले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
राहतको राजनीति यतिमा मात्र सकिएन, पाल लिएर सदरमुकामबाट श्रीचौर, खिजीफलाटे लगायतका गाविसका लागि जान लागेको नेपाली सेनाको स्काइ भेनमा समेत को–को नेता जाने भन्नेमा भनाभन भयो । एमाओवादी कोषध्यक्ष चम्पा कार्कीले कांग्रेस सभापति सुनुवारलाई राहतमा राजनीति नगर्न सुझाव दिँदा अश्लील शब्द बोलेको गुनासो गर्नुभयो ।
पाल लिन आएको स्काइ भेनमा सुनुवार चढेर वितरण गर्न जान लागेपछि एमाले सभासद् हर्कबोल राई र कांग्रेस सभापति सुनुवारबीच चर्काचर्की नै पर्यो । सभापति सुनुवारले आफ्नो गाउँमा हेलिकोप्टरबाटै जानु पर्ने अड्डी लिएपछि सभासद राईसमेत पाल ओसार्ने हेलिकोप्टरबाटै १९ गते प्रभावित क्षेत्रमा जानुभयो । जिल्लामा दुई–तीन घर बराबर एक पाल वितरण गर्न समेत राजनीति चलिरहेको छ । जिल्लामा भूकम्पमा परी १९ जनाले ज्यान गुमाएका छन् भने ९२ घाइते भए । भूकम्पले ८ हजार ८४ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने ९ हजार ८ सय ९० घर बस्न नहुने गरी क्षति भएका छन् । स्वास्थ्य चौकी, विद्यालय, प्रहरी कार्यालय, गाविस भवन गरी ८३ सरकारी कार्यालयमा समेत क्षति पुगेको छ ।
जिल्लामा हालसम्म ५ हजार २ सय ३३ थान पाल आए पनि अरु थप १५ हजार पाल आवश्यक भएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । ‘यहाँ अझै १५ हजार परिवारलाई पाल पुगेको छैन, माग गरिरहेका छौ’– उहाँले भन्नुभयो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply