वसन्त चौधरी फाउण्डेसन भूकम्पग्रस्त क्षेत्रमा
काठमाडौं । विनाशकारी महाभूकम्पका कारण निम्तिएको ठूलो जनधनको क्षतिलाई मध्यनजर गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल तथा नेप्लिज नर्सेज एसोसियसन, युकेको संयुक्त प्राविधिक सहयोगलाई समेत समेटेर वसन्त चौधरी फाउन्डेसनले (बि.सी.एफ.)ले काभ्रेको ज्याम्दीमा बहुदिवसीय वृहत् नि:शुल्क स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रम गरेको छ । फाउण्डेसनको टोली गत वैशाख १७ गते काभ्रेको ज्याम्दीमा प्रस्थान गरेको थियो ।
फाउण्डेसनद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रममा सहयोग पुर्याउन घाउ/चोटपटक तथा घाइते बिरामी व्यवस्थापनमा दक्षता हासिल गरेका संयुक्त अधिराज्य बेलायतमा कार्यरत नेपाली नर्सहरूको प्रत्यक्ष संलग्नता रहनेछ । टोलीमा चार जना नर्सहरु र एकजना स्वास्थ्य सहायक संलग्न रहनेछन् भने नर्भिकका तर्फबाट आवश्यक चिकित्सकहरू, प्यारामेडिक्स र सुरक्षाकर्मी संलग्न रहने जनाइएको छ ।
नेप्लिज नर्सेज एशोसियसन युकेका उपाध्यक्ष सुश्री प्रसुना कँडेलको नेतृत्वमा चार सदस्यीय आपतकालीन उद्धार टोली गठन गरेको थियो । उक्त टोलीको उद्देश्य महाविपत्तिमा राहत पुर्याउन अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत राहत सामग्री सङ्कलन गर्दै तिनको यथोचित वितरण तथा स्वास्थ्य सेवाका लागि स्थानीय हस्पिटल तथा उद्धार टोलीसँग हातेमाले गर्नु रहेको छ । सोही बमोजिम संगठनले वसन्त चौधरी फाउण्डेसनसँग हातेमालो गर्न लागेको हो । टोलीले काभ्रेको ज्याम्दीसँगै देशका अन्य भागमा समेत फाउण्डेसनसँग सहकार्य गर्दै नि:शुल्क शिविर तथा राहत वितरण गर्ने योजना बनाएको छ । राहत सङ्कलन तथा वितरणको संयोजन भने हाल बेलायतमै कार्यरत नेपाली गायक विवेक श्रेष्ठले गर्ने जनाइएको छ ।
फाउण्डेसनका तर्फबाट राहतस्वरुप औषधिहरू, ब्याण्डेज, सुख्खा खाद्यान्न (बिस्कुट, लिटो लगायतका बाल आहार, च्युरा), पिउने पानी र ओढ्ने–ओछ्याउने, लत्ता–कपडा लगायतका सामग्री वितरण गर्दै तीन दिनसम्म उक्त गाविसममै रहने लक्ष्य लिएको राहत वितरण तथा स्वास्थ्योपचार टोलीले महाभूकम्प पीडित बिरामीहरूलाई स्थानीय तहमा गरिने प्राथमिक उपचारका अलावा हस्पिटलमै भर्ना गरी उपचार गरिनुपर्ने बिरामीलाई नर्भिक ल्याई फाउण्डेसनकै तत्वावधानमा आवश्यक उपचार सेवा नि:शुल्क गराइने प्रावधान समेत राखिएको छ ।
महाभूकम्पकै कारण काठमाडौंमा परेको विपद् र बिरामीहरूको उपचारार्थ फाउण्डेशनको पहलमा नर्भिक प्राङ्गणमा विशेष व्यवस्थापन गरी उपचार सेवा निरन्तर गर्दै आएको छ । त्यसरी नै चिकित्सक, नर्स तथा प्यारामेडिक्स्हरूको एक छुट्टै टोली फाउण्डेसनकै नेतृत्वमा दुई दिने वृहत् शिविर तथा राहत वितरणका लागि गत वैशाख १८ गते नुवाकोटको बागेश्वरी गाविसमा पुगेको छ । बागेश्वरीको चारै वटा वडाका भूकम्पपीडितलाई सेवा पुर्याउने जनाइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply