महाभूकम्प कुन देशले कति गरे सहयोग ?
काठमाडौं । भनिन्छ, संकटको घडी नै असल र सहयोगी राष्ट्रहरूलाई चिन्ने अवसर हो । उन्नाइस दिनअघि महाभूकम्पले निम्त्याएको विपत्तिपछि नेपाली जनजीवन अझै पनि त्रास र सहयोगको आसबीच बाँचिरहेको छ । नेपालीहरूले भोग्नुपरेको महाविपत्तिलगत्तै विभिन्न विदेशी राष्ट्रहरूका साथै दातृनिकाय र व्यक्तिहरूले समेत आर्थिक सहयोग, राहत र उद्दारका निम्ति तत्परता देखाए र अझैसम्म पनि विदेशी राष्ट्रहरूले सहयोगका कदमहरू अगाडि बढाइरहेका छन् ।
महाभूकम्पले नेपालीहरू आहत र पीडाबीच अल्झिरहेकै बेला ६ घन्टापछि नै छिमेकी भारतले उद्दार टोली पठाएर सहयोग गरेको थियो । भौगोलिक निकटता र सामाजिक एवम् सांस्कृतिक रूपले पनि निकट रहेको भारतले सहयोगका निम्ति प्रयत्न थालेलगत्तै अर्का छिमेकी देश चीनले पनि उद्धार र राहत कार्यमा कुनै बिलम्ब गर्न चाहेन । चीनले पनि तत्काल नै उद्दार टोली पठाउनुका साथै राहत सामग्रीहरू पनि पठाएको थियो । तर, भारत र चीनजस्ता दुई छिमेकी मुलुकले उद्दार र राहतका निम्ति सेना, चिकित्सक, औषधि, त्रिपाल र खाद्य सामग्रीहरू पठाएर सहयोगको दायरालाई व्यापक तुल्याए पनि अहिलेसम्म कुनै आर्थिक सहयोगको प्याकेज भने घोषणा गरिसकेको छैन । तथापि, दुई छिमेकीको सहयोगलाई कम आँक्न भने अवश्य पनि मिल्दैन ।
नेपालमा महाभूकम्प गएको चौबीस घन्टाभित्र नै सार्क राष्ट्र भूटानले १० करोड रुपियाँ सहयोग गरेर सार्कभित्रकै एउटा देश नेपालमाथि परेको महाविपत्तिमा सहयोग गर्ने तत्परता देखायो । भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे आफैं नेपाल आई प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरे । भूटानबाहेक कोषमा अल्जेरिया सरकारले १० करोड १३ लाख रुपियाँ जम्मा गरिसकेको छ भने आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका करिब ४० वटा राष्ट्रहरूमध्ये केहीले कोषमा रकम जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्न बाँकी नै रहेको छ । तथापि, उद्दार र राहत कार्य सकिएलगत्तै पुनर्निर्माणका कामका लागि प्रतिबद्धता जनाएका राष्ट्रहरूले प्रतिबद्धता गरेको रकम कोषमा जम्मा हुने अपेक्षा गरिएको छ ।
अहिलेसम्म आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका देशहरूमध्ये बेलायतले सहयोग गर्ने घोषणा गरेको रकम ठूलो रहेको छ । बेलायतले तीन अर्ब ६० करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै, जापानले ८० करोड रुपियाँ, हङकङले ६५ करोड रुपियाँ, क्यानडाले ५० करोड रुपियाँ, अष्ट्ेरलियाले ४५ करोड रुपियाँ, नर्वेले ४० करोड रुपियाँ, चीनले ३४ करोड रुपियाँ कतारले ३२ करोड रुपियाँ, अमेरिकाले १० करोड रुपियाँ, कोरियाले १० करोड रुपियाँ, मोरक्कोले १० करोड रुपियाँ, युरोपियन युनियनले २ करोड २६ लाख युरो दिने प्रतिबद्धता जनाएका छन् ।
विदेशी राष्ट्रहरूले भूकम्प–पीडितहरूलाई राहतका साथै पुनर्निर्माणमा करोडौं आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका त छन् नै । विभिन्न दातृनिकाय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यापारी, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका अन्य क्षेत्रमा जमेका व्यक्तिहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जसमध्ये एसियाली विकास बैंकले महाभूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका निम्ति २० अर्ब रुपियाँ सहयोग गर्ने जनाएको छ । उक्त बैंकले यसअघि नै नेपालका भूकम्पपीडितहरूको राहतका लागि ३० करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको थियो । यसैगरी, अमेरिकी सहयोग नियोगले दुई अर्ब ३० करोड रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने संयुक्त राष्ट्रसंघले १ अर्ब ५ करोड सहयोगको घोषणा गरिसकेको छ ।
कतिपय राष्ट्रले आर्थिक सहयोगको घोषणा नगरे पनि उद्धार कार्यमा सहयोग गर्नुका साथै राहत सामग्रीघहरू उपलब्ध गराएका छन् । राहत उपलब्ध गराउने देशहरूमा भारत र चीनका साथै सार्क मुलुकहरू श्रीलंका, पाकिस्तान, बंगलादेश र अरु मुलुकहरू टर्की, अमेरिका, थाइल्याण्ड, इजरायल, दक्षिण कोरिया, लग्जेम्बर्ग, इटाली, जर्मनी, डेनमार्क, हंगकङ, सिंगापुर, क्यानडा, युएई, फ्रान्स, बेल्जियम, चेक रिपब्लिक, स्वीडेन, जापान, इन्डोनेसिया, कतार, अस्ट्ेरलिया, नेदरल्याण्ड, बेल्जियम, स्पेन, अल्जेरिया, बेलायत, म्यान्मार, मलेसिया, न्यूजील्याण्ड आदि मुलुकहरू रहेका छन् । ती देशहरूले खाद्यान्न, औषधि र त्रिपालहरू सहयोग गरेका छन् ।
- संस्था र व्यक्तिगत रूपमा सहयोग
- जोअना लुम्ले, बेलायती अभिनेत्री– ७ अर्ब रुपियाँ
- लिकासिङ फाउन्डेसन, हङकङ– १० करोड ७ लाख
- तलाल विन अब्दुल्लाह अजिज, साउदी अरबका राजकुमार– १ करोड ३१ लाख
- गोङकार धर्मारन्जा, ताइवान– ५ करोड ५ लाख
- कोलम्बो काउन्सिल– १० करोड
- गुगल– १० करोड
- वेस्टर्न युनियन फाउन्डेसन– २ करोड
- कोरिया हाइड्रो न्युक्लियर पावर–१ करोड
- मार्क जुकरबर्ग, फेसबुक– १ अर्ब, २० करोड
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply