चीनमा पढेका चिकित्सकलाई सास्ती
काठमाडौं । चीनबाट चिकित्साशास्त्र अध्ययन गरेर फर्किएकाहरू नेपाल मेडिकल काउन्सिलको हठ र अदूरदर्शिताले गर्दा समस्यामा परेका छन् । नेपालबाट छात्रवृत्ति पाएर चीनमा गई चिकित्सा विज्ञानमा अध्ययनरत विद्यार्थीहरूको इन्टर्नसिप स्वदेशमा नभई चीनमा नै गराउनेतिर काउन्सिलले पहल थालेपछि विगत एक वर्षयता विद्यार्थी बिचल्लीमा परेका हुन् ।
अहिले चीनका राम्रा विश्वविद्यालयहरूमा चीन सरकारले प्रदान गरेको छात्रवृत्ति र शिक्षा मन्त्रालयबाट छनोट भएर गएका धेरै विद्यार्थीले चिकित्सा विज्ञानमा अध्ययन गरिरहेका छन् । त्यसरी अध्ययन गर्न जाने विद्यार्थी चीन र नेपाल सरकारबीच सम्झौता भएर नै उच्च अध्ययनका लागि गएका हुन् । छात्रवृत्ति पाएर चीनमा अध्ययन गर्न गएर स्वदेश फर्किएका विद्यार्थीले लामो समयदेखि नेपालमै इन्टर्नसिप गर्दै आइरहेका थिए । तर, काउन्सिलले हठात् एक वर्षअघि चीनमा अध्ययन गर्ने विद्यार्थीहरूले चीनमा नै इन्टर्नसिप गर्नुपर्ने कुरा आफ्नो नियमावलीमा उल्लेख
गरेपछि एक वर्षयता विद्यार्थीहरू अलपत्र परेका हुन् । उनीहरूलाई इन्टर्नसिप गर्न काउन्सिलले स्वीकृति दिनुपर्नेमा दिइरहेको छैन ।
चीन सरकारले दिएको छात्रवृत्ति कोटाअन्तर्गत हरेक वर्ष नेपालबाट चिकित्सा विज्ञानलगायत अरू विषयहरूमा अध्ययन गर्न नेपाली विद्यार्थीहरू चीनमा पुग्ने गर्दछन् । त्यसमा अरू विषयहरूमा समस्या नआए पनि चिकित्सा विज्ञानमा भने काउन्सिलको हठका कारण समस्या उत्पन्न हुन पुगेको हो । सरकारले नै छात्रवृत्तिमा छनोट गरेर पठाएका विद्यार्थीहरूले आफ्नै देशमा इन्टर्नसिप गर्न नपाउँदा छ वर्षसम्म चीनको उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थीहरूको भविष्य अन्योलपूर्ण हुँदा पनि स्वास्थ्य मन्त्रालय मौन देखिएको छ । त्यसो त, मन्त्रिपरिषद्ले पनि चीनबाट अध्ययन गरेर आएका विद्यार्थीहरूलाई इन्टर्नसिपमा रोक नलाउन आदेश दिए पनि काउन्सिलले अहिलेसम्म टेरपुच्छर लगाइरहेको छैन । मन्त्रिपरिषद्को समेत निर्णय नमान्ने कस्तो काउन्सिल हो ? काउन्सिल कसको नियन्त्रणमा रहेको छ ? अहिले यस्तै प्रश्न उठाइन थालिएको छ ।
चीनबाट अध्ययन गरेर फर्किएका विद्यार्थीहरूको इन्टर्नसिपमा काउन्सिलले रोक लगाएपछि चीनले दिँदै आएको छात्रवृत्ति रोकिने सम्भावना रहेको बताइन्छ । यसले दुई देशको सम्बन्धमा नै समस्या उत्पन्न हुनसक्ने पनि बताइन्छ । यो विषयलाई स्वास्थ्य मन्त्रालयले मेडिकल काउन्सिलमार्फत् तुरुन्त समाधान गर्न पहल गर्नुपर्नेमा मौन रहेको देखिन्छ । यो विषयमा बुझ्न मेडिकल काउन्सिलका रजिस्ट्रार डा.नीलमणि उपाध्यायलाई सम्पर्क गर्दा उहाँले प्रयोग गर्नुहुने सबै मोबाइल स्वीचअफ रहेको हुँदा उहाँको प्रतिक्रिया लिन सकिएन ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply