तुल्सीलालको समाजवादी कार्यक्रम
नेकपाको तेस्रो महाधिवेशनले डा।केशरजंग रायमाझीलगायत महत्त्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरूलाई समेत पार्टीबाट निलम्बन गरेको थियो । त्यसबेला डा।रायमाझीले राजाको निर्देशनमा मात्र नेपालमा प्रजातन्त्रको रक्षा हुनसक्छ भन्ने दृष्टिकोण राखेका थिए । कालान्तरमा उनी राजाकै प्रियपात्र बने । उनले कम्युनिस्ट पार्टी त्यागे र जनता पार्टी बनाए । पछि राजसभा स्थायी समितिको सभापति पनि बने । पछिल्लो घटनाक्रमले नेकपाको तेस्रो महाधिवेशनले डा। रायमाझीलाई निलम्बन गर्नु गल्ती होइन, ठीक गरेको रहेछ भन्ने प्रमाणित भएको छ ।
उतेस्रो महाधिवेशनले ५१ सदस्य राष्ट्रिय परिषद् गठन गरेको थियो । राष्ट्रिय परिषद्को प्रथम बैठकले नै तुल्सीलाल अमात्यलाई सर्वसम्मतिले पार्टीको महासचिवमा निर्वाचित गरेको थियो । सोही बैठकले केन्द्रीय सचिव मण्डल पनि गठन गरेको थियो, जसमा पुष्पलाल, मनमोहन अधिकारी, हिक्मत सिंह, मोहनविक्रम सिंह, कृष्णराज बर्मा र कमलराज रेग्मी सबै जना सचिव रहेका थिए । त्यतिबेला मनमोहन, मोहनविक्रम, कृष्णराज बर्मा र कमलराज रेग्मी जेलमा रहेका हुँदा वैकल्पिक सचिवालय सदस्यहरूमा भरतमोहन अधिकारी, भरतराज जोशी, पुष्पप्रताप राणा र लाल सिंह गरी चार जनालाई चुनेको थियो ।
तेस्रो महाधिवेशनपछि तुल्सीलाल र पुष्पलालबीच जुन असमझदारी र विवादहरू भए, त्यो नेकपाको इतिहासमा ठूलो दुर्घटना थियो । मेरो विचारमा आज पनि निष्पक्ष छानबिन गरी तथ्यसत्य अगाडि ल्याउन आवश्यक छ ।
तेस्रो महाधिवेशनमा पुष्पलालले विघटित संसद् पुनस्स्थापनाको माग नै मूल कार्यनीतिक नारा हुनुपर्ने अडान राख्नुभएको थियो । तुल्सीलालको भनाइअनुसार हिक्मत सिंह मात्र उहाँका पक्षमा हुनुहुन्थ्यो र अरू ६ जना तटस्थ बस्नुभएको थियो । ८८ जना प्रतिनिधिहरूमध्ये तुल्सीलालले पेस गर्नुभएको प्रतिवेदनको पक्षमा ८० मत आएर पारित भएको थियो ।
०२५ सालमा पुष्पलालले नेकपाको तेस्रो सम्मेलन बोलाएर बेग्लै समूह निर्माण गर्नुभएको थियो । तेस्रो सम्मेलनले अलग कार्यक्रम नयाँ जनवादी कार्यक्रम पारित गरेको थियो । त्यसपछि पुष्पलालले ‘मूल बाटो’ अन्य अध्ययन सामग्री र पार्टी दस्तावेजहरू सार्वजनिक गर्नुभएको थियो । तुल्सीलालले पनि राष्ट्रिय प्रजातन्त्र कार्यक्रम र ‘कुन बाटो’ लगायत धेरै पुस्तिका सार्वजनिक गर्नुभएको थियो । ‘नयाँ जनवाद’ र ‘राष्ट्रिय प्रजातन्त्र’मा के अन्तर छ वा छैन, संक्षिप्त विवेचना गर्न आवश्यक देखिन्छ ।
नेकपाको प्रथम पर्चा, घोषणापत्र, प्रथम सम्मेलन, प्रथम महाधिवेशनको जनवादी कार्यक्रम, दोस्रो र तेस्रो महाधिवेशनसम्म माक्र्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शन सिद्धान्त मान्दै आएकोमा ०२५ मा पुष्पलालले नयाँ जनवादी कार्यक्रममा मार्गदर्शक सिद्धान्तमा ‘माओ विचारधारा’ थप गर्नुभएको थियो । आज आएर मूल्याकंन गर्दा माक्र्सवाद–लेनिनवाद मात्र भने पनि पुग्छ । तर, त्यसबेलादेखि आजसम्म पनि नेपालको कम्युनिस्ट आन्दोलनभित्र यो माओ विचारधारा, माओवादबारे विवाद चलिरहेको छ । यसबाहेक नयाँ जनवादी कार्यक्रम र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम दुवैले आफूलाई सामन्तवाद र साम्रज्यवादविरोधी, नेपालका मजदुर, किसान, आमश्रमिक, उत्पीडित जाति, जनजाति आदिलाई शोषण, उत्पीडन, दमन अन्याय आदिबाट मुक्त गर्ने कुरा गर्दछ । दुवै कार्यक्रमले आफूलाई समाजवादमुखी नै भन्दै आएको छ । दुवै कार्यक्रमले साम्राज्यवादको विरोध गर्छ र नेपाल एक स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र भएको मुलुक हुनुपर्दछ भनी जोड दिन्छ । दुवै कार्यक्रमले त्यसबखत राजतन्त्र, महेन्द्र हुकुमशाही, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध शान्तिपूर्ण जनसंघर्ष आन्दोलनमा नै जोड दिन्छ । दुवै कार्यक्रमले नेपाली जनताको गास, बास र कपासको माग पूरा हुनुपर्ने, भ्रष्टाचार, महँगी, कालोबजारीविरुद्ध संघर्ष गर्ने उद्घोष गर्दछ । नेपालमा शिक्षा, स्वास्थ्य सेवा निस्शुल्क गर्नेतर्फ जोड दिन्छ । महिलाहरूमाथि पितृसत्तात्मक शोषण, उत्पीडन, दमन अन्त्य गरी राष्ट्रिय जीवनको सबै क्षेत्रमा समानताको माग गर्दछ । भाषा, शब्द र प्रस्तुति फरक होला तर सारमा दुवै कार्यक्रम समाजमुखी कार्यक्रम हो । आज हेर्दा, ०४६ मा भएको संयुक्त जनआन्दोलनले पुष्पलालको प्रस्ताव सही सावित गरेको देखियो भने ०६२र६३ को जन–क्रान्तिपछि पहिलो र दोस्रो संविधानसभा र संसद्ले तुल्सीलालले ०१९ मा प्रस्ताव गरेको राजाबाट सबै शक्ति जनतामा हस्तान्तरण गरेको सार्वभौमसत्ता सम्पन्न संसद् सही सावित भएको स्पष्ट देखिन्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply