बाबुरामको ज्यान यता, मन उता
काठमाडौं । चर्चामा आउनका लागि अनेक खालका प्रयोग गर्न रुचाउने एमाओवादीका नेता बाबुराम भट्टराई यसपटक नराम्रोसँग नांगिएका छन् । संविधान जारी गर्ने सन्दर्भमा असन्तुष्टहरूको पनि समर्थन बटुल्ने र संविधान जारी गरेको जस पनि लिने गरी देखाएको व्यवहारले अन्तत: उनलाई वल्लो घर न पल्लो घाटको बनाएको छ ।
भट्टराई संविधानसभामा उच्चस्तरीय राजनीतिक संवाद तथा सहमति समितिको सभापति थिए । उक्त पदको हैसियतले संविधान निर्माणको जस बोक्ने हैसियत उनले राख्न सक्थे । तर, ज्यान संविधानसभामा, मन चाहिँ मधेस र दिल्लीतिर दौडाउँदा उनी पार्टीभित्र त नांगिए नै आम जनताको बीचमा पनि बदनाम भएका छन् । एकातिर संविधानमा हस्ताक्षर गरेर संविधान निर्माणमा समर्थन पनि जनाउने अर्कातिर संविधान आएको खुसीमा दिपावली गर्न जरुरी छैन भनेर सार्वजनिक अभिव्यक्ति दिने उनको शैलीको उनकै पार्टीभित्र पनि कडा आलोचना भएको छ । सकेसम्म संविधान निर्माणलाई पर धकेल्ने र संविधान निर्माण हुन नै नदिन भट्टराईले सक्लो प्रयत्न गरेका थिए ।
तीन दलबीच भएका छलफलमा सकेसम्म सहमतिको वातावरण बिगार्न उद्यत भट्टराईको चाहना पूरा नभएपछि अहिले उनी पुन: मधेसलाई उचाल्न थालेका छन् । कतिसम्म भने मधेसले पनि भट्टराईलाई मित्रको व्यवहार गर्न सुरु गरिसकेको छ । उनीहरूले मधेसको आन्दोलनको नेतृत्व गरिदिन भट्टराईलाई अनौपचारिक रूपमा आग्रह गरिसकेका छन् ।
संविधान जारी भएपछि तनावमा रहेका भट्टराई मंगलबार रिफ्रेसमेन्टका लागि रुस जाने तयारीमा थिए । तर, एकाएक उनले भ्रमण रद्द गरेका छन् । भ्रमण रद्द गर्नुलाई पनि मधेसको अनौपचारिक प्रस्तावसँग जोडेर हेरिएको छ । भारतको विश्वास पात्रका रूपमा नेपालभित्र पहिचान बनाएका भट्टराईका संविधान निर्माणका प्रत्येक गतिविधि भारतको गतिविधिसँग मेल खानु कुनै संयोग मात्र थिएन । संविधान घोषणापछि दिपावली गर्न जरुरी छैन भन्दै संविधानसभाबाट उनी बाहिर निस्कनु र त्यसको भोलिपल्ट भारतले विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाउनुलाई जोडेर हेरिएको छ । संविधानमा समर्थन जनाउँदै हस्ताक्षर गर्ने उनी त्यसको खुसियालीमा सरकारले आयोजना गरेको सभामा समेत उपस्थित भएनन् ।
नारायणकाजी पनि असन्तुष्ट
पार्टीभित्र अरूभन्दा राष्ट्रवादी नेताको रूपमा प्रस्तुत हुन विविध फन्डा प्रयोग गर्दै आएका एमाओवादीका अर्का नेता उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि संविधान जारी भएकोमा सन्तुष्ट छैनन् । भट्टराईले जस्तो खुलेआम असन्तुष्टि व्यक्त नगरे पनि उनले साना मसिना कुरा गरेर असन्तुष्टि प्रकट गरेका छन् । सरकारी सभामा उपस्थित हुन टुँडिखेल पुगे पनि उनी मञ्चमा बस्न मानेनन् । आफू शासकहरूसँग बस्न मञ्चमा नगई जनतासँग बसेको स्टाटस फेसबुकमा हालेर उनले असन्तुष्टि जनाएका थिए ।
छिट्टै नयाँ शक्ति बन्ने
नयाँ शक्ति बनाउने नाममा विगतदेखि नै पार्टी विभाजनको तयारी गरिरहेका नेता भट्टराईले अब भने पार्टी विभाजन गरिछाड्ने भएको बुझिएको छ । त्यसका लागि हिजै मात्र उनले राजधानीमा आफू निकटस्थहरूको गोप्य भेला आयोजना गरेका छन् । भट्टराईले पार्टी फुटाउने कुरा अध्यक्ष प्रचण्डले पनि अरू दलका नेतासँग सेयर गर्ने गरेको बुझिएको छ । नयाँ शक्तिका नारा एक वर्षभन्दा बढी चलाउँदा पनि कोही नआएपछि मधेसको साथ र समर्थन बटुल्नकै लागि अहिले उनी संविधान विरोधी मधेसवादीहरूको कित्तामा उभिन पुगेको स्रोतले बतायो । अहिले उनलाई उचाल्नेमा एमाओवादीभित्र देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी र रामरिझन यादवलगायतका सीमित नेताहरू मात्र रहेको बताइन्छ ।
प्रचण्डको उत्तराधिकारी महरा !
प्रचण्डले पटक–पटक संवैधानिक पदमा नजाने बताउँदै आएका छन् । यदि प्रचण्डलाई राष्ट्रपतिमा मनाउन सकियो भने सकेसम्म पार्टी नफुटाउने बरु एमाओवादीकै अध्यक्ष बन्ने दाउमा भट्टराई थिए । त्यो वातावरण निर्माणका लागि उनले भारतसँग पनि गुहार मागे । तर, पछिल्लो समयमा प्रचण्डले कुनै बाध्यकारी अवस्था आयो र राष्ट्रपति बन्नुपर्यो भने पनि पार्टीको नेतृत्व कृष्णबहादुर महरालाई जिम्मा लगाउने सुइँको पाएपछि भट्टराई पुन: बटारिन सुरु गरेको एमाओवादी स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
-
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
-
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
-
आचार्य श्रीनिवास पक्राउ
-
प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply