धमालाले डुबाए टान
काठमाडौं । व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठ्न नचाहने रमेश धमलाले नेतृत्व गरेको ट्ेरकिङ एजेन्सी एसोसियन अफ नेपाल (टान)मा अब भने नेपाली कांग्रेस समर्थक पर्यटन व्यवसायीहरूको हैकम गुम्ने सम्भावना बढेको छ । धमलाले आफ्नो कार्यकालमा टानलाई दुहुनो गाई बनाउँदै व्यक्तिगत फाइदा मात्र उठाएको हुँदा अब नेतृत्वको दाबी गर्ने कांग्रेससमर्थक पर्यटन व्यवसायीहरूलाई समेत अप्ठेरो परेको छ ।
दुई वर्षसम्म टानको नेतृत्व गरेका धमलाको कार्यकाल पूरै असफल रहेको मानिन्छ । प्राय: नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको रोजाइमा हिमाली र पहाडी क्षेत्रहरूका पदयात्रा नै पर्दछन् । तर, धमलाले टानको नेतृत्व गरेपछि पदयात्रा पर्यटन पूरै खस्किन पुग्यो । खस्किएको ट्ेरकिङ व्यवसायलाई कसरी माथि उठाउने भन्नेमा उनले कुनै प्रभावकारी भूमिका नखेलेको बताइन्छ । बरु, खस्किँदो ट्ेरकिङ व्यवसायलाई उठाउनमा भूमिका खेल्नुभन्दा त्यसविपरीत अभिव्यक्ति दिने र आफू हिरो बन्ने खोज्ने प्रवृत्ति उनमा रहेको बताइन्छ ।
गत वैशाख १२ गते भूकम्प गएपछि नेपाल घुम्न आउने पर्यटकहरूको संख्या शून्यमा झर्यो । तर, भूकम्प गएको केही समयपछि सरकारले अन्नपूर्ण पदयात्रा मार्ग भने सुरक्षित रहेको हुँदा त्यहाँ पदयात्रा गर्न सकिने सन्देश जारी गर्यो । तर, सरकारले अन्नपूर्ण पदयात्रा क्षेत्र सुरक्षित रहेको धारणा सार्वजनिक गरे पनि अध्यक्ष धमलाले भने सरकारी भनाइ आफूहरूलाई मान्य नभएको भन्दै सरकारकै विरुद्धमा अभिव्यक्ति दिएका थिए । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण पनि सोधेको थियो । तर, उनले मन्त्रालयलाई चित्तबुझ्दो रूपमा स्पष्टीकरण भने नदिएको बताइन्छ ।
आफ्नो कार्यकालमा टानलाई दुरुपयोग मात्रै गरेका धमलाले ट्ेरकिङ व्यवसायलाई माथि उठाउनमा ध्यान केन्द्रित गर्नुभन्दा पनि आफ्नो गृहजिल्ला धादिङमा पैसा खन्याउन मात्रै चाहेको बताइन्छ । टानको लाखौं रुपियाँ उनले धादिङका कांग्रेसी कार्यकर्ताहरूलाई पोस्नमा खर्चिएकोमा उनका सहयोगीहरू पनि रुष्ट देखिएको बताइन्छ । कांग्रेसले टिकट दिएको खण्डमा धादिङबाट उठ्न चाहेका धमलाले आफ्नो कार्यकालमा टानलाई माथि उठाउनेभन्दा धादिङलाई नै मुख्य प्राथमिकतामा राखेको बताइन्छ ।
टानलाई नेतृत्व गर्ने कार्यमा धमला पूरै असफल सावित भएपछि त्यसको असर आगामी अक्टोबर २ हुने साधारण सभामा स्वत: पर्ने देखिएको छ । उक्त साधारण सभामा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले बाजी मार्ने सम्भावना बढेको छ । एमाले निकट संगठनका अध्यक्ष रिजाललाई एमाओवादी समर्थक पर्यटन व्यवसायीहरूसमेतको सहयोग रहने वातावरण बनेपछि अब हुने टानको निर्वाचनमा रिजाल नै निर्वाचित हुने सम्भावना बढेर गएको हो । रिजाललाई एमाओवादीसमर्थक एकीकृत पर्यटन व्यवसायी संगठनका अध्यक्ष कमल सापकोटाले समर्थन जनाइसकेका छन् भने वरिष्ठ पर्यटन व्यवसायीहरू र शेर्पा समुदायका पर्यटन व्यवसायीहरूको समेत सहयोग रहने देखिएको छ ।
उता, कांग्रेस समर्थक पर्यटक व्यवसायीहरूमा चाहिँ अध्यक्ष पदका लागि दुई दाबेदार देखिएको हुँदा विवाद सिर्जना हुन पुगेको छ । अध्यक्षमा गणेश सिम्खडा र सागर पाण्डेले दाबी गरेका छन् । उनीहरू दुवै जनाले एकले अर्कालाई नछाड्ने मनस्थिति बनाएको हुँदा विवादको स्थिति सिर्जना भएको हो । दुवैले अध्यक्ष पद नछाड्ने भएपछि त्यसको फाइदा रिजाललाई स्वत: पुग्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
-
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
-
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
-
आचार्य श्रीनिवास पक्राउ
-
प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply