अग्निले ५५ हजार पनि छाडेनन्

काठमाडौं । नेताहरूलाई अनुचित प्रभावमा पारी मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ जनामा परेर एमालेको प्रमुख सचेतक हुँदै मन्त्री बन्न सफल चालू वकिल अग्निप्रसाद खरेलले कतिसम्म गर्न सक्दा रहेछन् भन्ने एउटा उदाहरण सांसद राज्यलक्ष्मी गोल्छाले सार्वजनिक गरेकी छन् ।
६ मिनेट ३३ सेकेन्ड लामो गोल्छाको अडियोमा एमालेका तत्कालीन प्रमुख सचेतक खरेलले आफूसँग ५५ हजार रुपैयाँ मागेको उल्लेख छ । गर्न पनि कतिसम्म सकेछन् भने केपी ओलीलाई प्रधानमन्त्री निर्वाचित हुने अघिल्लो दिन खरेलले भोलिपल्ट मतदानमा अनिवार्य उपस्थित हुन गोल्छालाई फोन गरेका थिए । त्यतिबेला दिल्लीमा उपचारमा रहेकी गोल्छाले आफू आउन नसक्ने सूचना खरेललाई दिइन् । हरेक कुरामा नाफा हेर्ने खरेलले तुरन्तै भनेछन्, त्यसो भए अहिले तत्कालै मलाई ५५ हजार रुपैयाँ चाहियो, अहिले नै मेरो दमकमा रहेको खातामा हालिदिनुस् । परिबन्दमा परेकी
गोल्छाले हाल्दिनँ भन्न सक्ने कुरा भएन । उनले तुरुन्तै आफ्ना सहयोगीमार्फत खरेलको खातामा ५५ हजार रुपैयाँ जम्मा गरिदिइन् । उनले अडियोमा भनेकी छन्, मसँग त्यसको रसिद पनि छ ।
उता, आफूले पैसा लिएको खुलासा भएपछि केही हुन्छ कि भनेर आत्तिएका खरेलले चाहिँ नेताहरूलाई फोन गर्दै कुरा बटार्न थालेका छन् । कुराको खेती गर्न माहिर उनले लाजै नमानी आफूले वैष्णव धर्मसम्बन्धी एउटा संस्थाका लागि चन्दा मागिदिएको भन्न बाँकी राखेका छैनन् ।
चुनावका बेला नेताहरूलाई पैसा दिनुलाई सम्म सामान्य नै मानिए पनि प्रमुख सचेतक पदको सचेत दुरुपयोग गर्दै यसरी पैसा उठाइनु र त्यस्ता मानिसले थप जिम्मेवारी पाउनुलाई आश्चर्यका रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply