उपराष्ट्रपतिलाई यसरी हेपियो
काठमाडौं । उपराष्ट्रपति भनेको संवैधानिक रुपमा मुलुकको दोस्रो ठूलो उच्च पद हो । यो पदमा अहिले एमाओवादीमा पूर्वलडाकु नन्दबहादुर पुन आसिन छन् । तर, उपराष्ट्रपति जस्तो गरिमामय र सम्मानित पदमा पुगिसक्दा पनि एमाओवादीका नेताहरुले पुनलाई पार्टीकै कार्यकर्ताको जस्तो व्यवहार गर्ने गरेका छन् ।
प्रसंग हो, उपराष्टपति पुनको गृहजिल्ला रोल्पालाई खुला दिशामुक्त र पूर्णसाक्षर जिल्ला घोषणा कार्यक्रमको । उपराष्ट्रपति नै जानेभएपछि कार्यक्रमको प्रमुख अतिथि अरु हुने कुरै भएन । अतिथिका लागि जिल्लाका सबै माननीयहरुलाई आमन्त्रण गरिएको थियो । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा प्रत्यक्षतर्फ दुवै सिट एमाओवादीले जितेको थियो । एउटा क्षेत्रबाट सभामुख ओनसरी घर्ती र अर्कोबाट एमाओवादी महासचिव कृष्णबहादुर महरा सांसद छन् । अझ घर्ती र पुनको गाविससमेतजोडिएका छन् । तर, उपराष्ट्रपति सहभागी सो कार्यक्रममा घर्ती र महरा दुवै गएनन् । घर्तीले अघिल्लो दिन बेलुकी फोन गरेर आउन नसक्ने जानकारी गराएकी थिइन् भने महराले कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टा अगाडि फोन गरेर जानकारी गराएका थिए ।
कार्यक्रम आयोजक मात्र होइन, स्थानीय बासिन्दाले पनि आफ्नो प्रतिनिधि भएकाले घर्ती र महरा आउने अपेक्षा गर्नु स्वाभाविकै थियो । तर, समानुपातिकबाट एमाले सांसद गोकुल घर्ती र काग्रेस सांसद अमरसिंह पुन सहभागी कार्यक्रममा सभामुख घर्ती र महरालाई नदेखेपछि एमाओवादीका कार्यकर्ता रुष्ट बनेका थिए । एमाओवादी स्रोतका अनुसार सभामुख घर्ती र महरा उपराष्ट्रपति पुनलाई आफूभन्दा कनिष्ट मानेरै कार्यक्रममा नगएका हुन् । एमाओवादीका एक कार्यकर्ताले भने– ‘पुन उपराष्ट्रपति हुन् तर उनलाई अझै पार्टीको कार्यकर्ताको रुपमा हेरेर उनीहरु कार्यक्रममै गएनन् ।’ त्यहाँ जाँदा आफूहरुको इज्जत नहुने र उपराष्ट्रपतिको छाँयामा परिने
भएकै कारण नगएको स्रोतको दाबी छ । त्यसमाथि एमाओवादीको गुटको राजनीतिको असरको प्रतिविम्ब परेको बताउनेहरु पनि छन् । गुटगत राजनीतिको असरले एमाओवादी रोल्पालाई यति गाँजेको बताइन्छ, त्यहाँ एमाओवादीकै तीन अलगअलग पार्टी कार्यालय रहेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply