एमाले नेताको योजनाबद्ध हत्या
काठमाडौं । नेकपा (एमाले) सर्लाही जिल्ला कमिटीका सदस्य रामनरेश राय यादवको हिजो बिहान रहस्यमय तरिकाले हत्या गरिएको छ । यादवमाथि मर्निङवाकमा निस्किएको बेला आक्रमण गरिएको थियो । यादवको हत्यापछि नेकपा एमालेलेस्तब्ध भएकोजनाउँदैमधेसको शान्ति सुरक्षा कडाइ गर्न सरकारसँग आग्रह गरेको छ । एमाले केन्द्रीय कार्यालयले हिजो एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताको रहस्यमय हत्या भएकोप्रति एमाले क्षुब्ध भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,पछिल्ला दिनमा तराई–मधेसमा बिग्रँदो शान्ति सुरक्षाको अवस्था तथा जनताले भोग्नुपरिरहेको असुरक्षाको बारेमा ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दछ ।’
यादवको सर्लाही जिल्लाको हेमपुर गाविस वडा नं. ७ मा आफ्नै निवासबाट मर्निङवाक जानेक्रममा आपराधिक समूहले धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरिएको थियो । स्थानीय उखुबारीमा उनको शव फालिएको अवस्थामा भेटिएको थियो ।
यादव पार्टीको जिल्ला कमिटी सदस्यका साथै जिल्ला विकास समितिको पूर्वसदस्यका रुपमा एमालेको विचार र संगठन विस्तारमा सक्रिय थिए । उक्त क्षेत्रको लोकप्रिय समाजसेवीका रुपमा समेत परिचित उनी तराई/मधेस क्षेत्रमा एमालेको बलियो खम्बा मानिन्थे । एमालेले यादवप्रति सम्झना गर्दै भनेको छ, ‘पछिल्लो समयमा नेपाल राष्ट्र, नेपालको संविधान र राष्ट्रिय एकताका सन्दर्भमा फैलाइएका गलत भ्रमहरु चिर्न र आम जनतालाई वास्तविक कुरा बुझाउन सक्रियतापूर्वक लाग्नुभएको थियो ।’
गत मंसिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न भएको पार्टीको राष्ट्रिय भेलामा सहभागी भइका यादवले तराई–मधेसको वास्तविकताबारे स्पष्ट कुरा राखेका थिए । एमालेले उनको हत्याको घोर निन्दा र भत्र्सना गर्दै सम्पूर्ण तागत लगाएर हत्याराहरुलाई गिरफ्तार गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply