प्रतिबद्धता पूरा गरेर चीनतिर

काठमाडौं । पहिल्यैदेखि संविधान नबनेसम्म विदेश जाने दौडधुप त्याग्न नेताहरूलाई सुझाव दिँदै आएका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ आफू भने पुरानो प्रतिबद्धता पूरा गरेर नयाँ संविधान जारी भएपछि चीन भ्रमणमा जाने भएका छन् ।
यही माघ ३ गते नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ नेतृत्वको १५ सदस्यीय टोली सर्वदलीय टोलीउच्चस्तरीय भ्रमणका लागि चीन जान लागेको हो । नेता नेम्वाङले संविधान निर्माण प्रक्रिया गाँठो पर्दै गएपछि पहिलो संविधानसभाको बीचको अवधिबाट आफू संविधान जारी नभएसम्म विदेश भ्रमणमा नजाने भन्दै अन्य शीर्ष नेताहरूलाई पनि संविधान निर्माणमा अवरोध हुनेगरी विदेश नजान आग्रह गरेका थिए ।
पहिलो संविधानसभाले संविधान बनाउन सकेन भने दोस्रो संविधानसभाका लागि निर्वाचन भयो र त्यो कार्यकालभरि पनि नेता नेम्वाङ विदेश भ्रमणमा गएनन् । संसद् स्रोतका अनुसार करिब चार वर्षपछि हुन लागेको नेम्वाङको भ्रमण टोलीमा सांसदहरू रबीन्द्र अधिकारी, रामहरि खतिवडा, किरण यादव, उमेश श्रेष्ठ, इच्छाराज तामाङ, भरतकुमार शाह, आशा कोइरालासहित १२ जना सांसद र संसद् सचिवालयका ३ जना कर्मचारी रहेको बुझिएको छ । भ्रमणटोलीको नामावली र भ्रमण कार्यक्रमबारे आफूलाई अहिलेसम्म विस्तृत जानकारी नदिएको नेता नेम्वाङले बताए । ‘पहिल्यैदेखि बोलाइरहेका थिए, अवसर मिलेको थिएन, सबैले बोलाएकामा चीन पहिला भयो’– उनले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply