मेची–कालीको पहिलो चरण समापन

काठमाडौं । संविधानका अन्तरवस्तुबारे जनतालाई जागरण दिन नेकपा (एमाले)ले सुरु गरेको तीनमहिने मेची–महाकाली अभियान पहिलो चरणमा आज समापन हुँदैछ । कैलालीको अत्तरियाबाट सुरु भएको यो अभियान नेपालगन्जमा भेरी र कर्णली अञ्चलको संयुक्त भेलापछि समापन हुन लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावललगायतले सहभागिता जनाएर अत्तरियाबाट सुरु यो अभियान मेची, गण्डकी, उपत्यका हुँदै नेपालगन्ज आइपुगेर समापन हुन लागेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
हिजोदेखि सुरु दुईदिने भेलामा पार्टी अध्यक्ष ओली, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल र पोलिटब्युरो सदस्य यमलाल कँडेल सहभागी हुनुभएको थियो भने आज समापन समारोहमा महासचिव ईश्वर पोखरेललगायतका नेताहरू पुग्ने कार्यक्रम छ । यसअघि सोमबार गण्डकीस्तरीय भेलामा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ, मंगलबार बाग्मतीस्तरीय भेलामा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ, धौलागिरि अञ्चलस्तरीय भेलामा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र छविलाल विश्वकर्मा, सम्पर्क मञ्चहरूको भेलामा अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूले सहभागिता जनाएका थिए ।
आन्तरिक तयारी पूरा गर्न नसकेका कारण मधेसका केही अञ्चल नारायणी, जनकपुरलगायतमा यसरी भेला तत्काल गर्न नसकिए पनि माघको अन्त्यसम्मका जनकपुरको १२ बिघा मैदानमा बृहत् सभा गर्ने तयारी भएको छ । मधेसका जिल्लाहरूमा पार्टी नेताहरू केही न केही काम लिएर गई नै रहेकाले मधेसमा उपस्थिति जनाइरहेको कार्यालय सचिव श्रेष्ठले बताए । मंसिर २१–२२ मा चितवनमा सम्पन्न विशेष राष्ट्रिय कार्यकर्ता भेलाबाट प्राप्त सुझावका आधारमा एमालेले देशव्यापी अभियान चलाउने निर्णय गरेको थियो । संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान २०७२ नाम दिएर सुरु गरिएको यो अभियान फागुन २१ सम्म चल्ने बताइएको थियो । पार्टीले १५ वटै अञ्चलमा अञ्चलस्तरीय भेला आयोजना गर्ने निर्णय गर्दै विभिन्न नेताहरूलाई संयोजनको जिम्मा दिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply