रोल्पाली कलाकार काठमाडौंमा सम्मानित
काठमाडौं । रोल्पामा जन्मिएर कलाकारिता क्षेत्रमा लागेका विभिन्न व्यक्ति काठमाडौंमा सम्मानित भएका छन् । शनिबार रोल्पा जलजला सेवा समाज काठमाडौंले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् ।
माघेसंक्रान्ति २०७२ को अवसर पारेर आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा कलाकारहरू कुलानन्द गिरी, पवित्रा घर्ती, उदिराम खड्का, राधिका हमाललगायतका कलाकार सम्मानित भएका हुन् । गीत संगीतमार्फत महत्त्वपूर्ण योगदान पुर्याएका रोल्पाली कलाकारहरूलाई पूर्वमन्त्री एवम् राप्रपाका केन्द्रीय सदस्य बालाराम घर्तीमगरले सम्मान गरेका थिए ।
रोल्पालीहरूको भेटघाट भनिएको उक्त सांस्कृतिक कार्यक्रममा कलाकारहरू पवित्रा घर्ती, राधिका हमाल, उदिराम खड्कालगायतले आफ्ना प्रस्तुतिमार्फत सहभागी दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । समाजका अध्यक्ष वसन्त रोका मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री बालाराम घर्तीमगर रहेका थिए । कार्यक्रममा पूर्वमन्त्री घर्तीले रोल्पालीहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए । यसरी रोल्पाबाट काठमाडौं आएर सम्पन्न गरिएको सांस्कृतिक तथा भेटघाट कार्यक्रम पहिलोपटक भएको आयोजकको भनाइ रहेको छ । कार्यक्रममा सहभागी रोल्पालीहरू यो कार्यक्रमबाट उत्साही भएका थिए । उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनसमेत आयोजकलाई आग्रह गरेका थिए । केही समयअघि मात्र जलजला सेवा समिति र रोल्पा सेवा समाज एकीकरण भएर रोल्पा जलजला सेवा समाज बनेको हो ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply