अखिलको उद्घाटन भोलि
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २२औं राष्ट्रिय महाधिवेशन एक दिन पर सरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएपछि राष्ट्रिय शोक मनाउँदै अखिलले महाधिवेशनको उद्घाटन समारोहलाई सोही स्थान र समयमा गर्ने गरी एक दिन पर सारेको हो ।
यसअघि महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम आज थियो । भोलि महाधिवेशनको नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहका अध्यक्ष ओलीका साथै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति रहने बताइएको छ । उद्घाटन सत्र सुरु हुनुअघि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न
क्याम्पस तथा क्षेत्रबाट आइपुगेको जुलुस त्रिचन्द्र क्याम्पसमा र पार्टी तथा जनवर्गीय संगठनका जुलुस प्रदर्शनीमार्गमा जम्मा भई सहिद गेट, सुन्धरा, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ । सहभागी प्रतिनिधिहरूलाई सुन्धारा, बागबजार, नयाँबजारलगायतका होटलमा आवासको व्यवस्था गरिएको छ । अघिल्लो पटक अधिवेशनका लागि ४५ लाख खर्च भएकामा यो वर्ष असहज परिस्थिति र बढ्दो महँगीका कारण ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष किशोरविक्रम मल्लले बताए । महाधिवेशनको बन्द सत्र भने कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply