तस्करलाई मन्त्रीले च्याप्दा
काठमाडौं । इन्धन संकट चुलिएको बेला सीमा नाकाबाट तेल ल्याएर काठमाडौं र पोखरामा लगेर कालोबजारी गर्ने एक व्यक्तिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले काखी च्याप्दा विवाद उत्पन्न भएको छ ।
पूर्वमन्त्री कृपाशुर शेर्पाको पालामा लुम्बिनी क्षेत्रको आन्तरिक सुरक्षा हेर्ने गरी नेतृत्व पाएका सशस्त्र प्रहरी बलका पूर्व डिएसपी लीला श्रेष्ठको पक्षमा मन्त्री पोखरेल उभिएका हुन् । भीम आचार्य मन्त्री रहेकै बेला लुम्बिनी क्षेत्रको सुरक्षा प्रमुखका लागि पहल गरे पनि शेर्पाको पालामा मात्रै श्रेष्ठले जिम्मेवारी पाएका थिए । तर, लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएका उनले भारतले अघोषित रूपमा नाकाबन्दी लगाएपछि चुलिएको इन्धन संकटका बेला तीव्र रूपमा कालोबजारी गरेका थिए । श्रेष्ठ सीमावर्ती भारतीय बजारबाट पेट्रोल, डिजेललगायत इन्धन ल्याई काठमाडौं र पोखरासम्म पुर्याएर ब्ल्याकमा बेच्ने गरेका थिए । त्यसरी श्रेष्ठले
तेलको कालोबजारी गरेको मधेसी मोर्चाका कार्यकर्ताले रंगेहात समातेका थिए । मोर्चाका कार्यकर्ताले उनलाई लुम्बिनीको पर्सा चोकमा कान समातेर उठबस गर्न लगाई तेल तस्करी नगर्ने वाचा गर्दै माफीसमेत मगाउन लगाएका थिए ।
मधेस आन्दोलन चर्किएको बेला कोषका पदाधिकारी र अधिकांश कर्मचारी सुरक्षाका लागि काठमाडौंमा रहेका अवस्थामा लुम्बिनी क्षेत्रभित्रका सिसांैका रूखहरू काटेर बेच्ने कार्यमा पनि श्रेष्ठले पहल गरेको बताइन्छ । कोषका पदाधिकारी र कर्मचारीहरू नभएको मौका छोपी उनले सिसौंका रूखहरू काटी बेचेको बताइन्छ । लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्थाको नेतृत्व लिएका व्यक्तिबाटै रूख काट्ने र तेल तस्करी भएपछि उनको व्यापक आलोचना हुन पुगेको थियो । लुम्बिनी क्षेत्रमा बदनाम भएका श्रेष्ठलाई कोषले केही समयअघि जिम्मेवारीबाट मुक्त गरेको थियो ।
तर, केही दिनअघि बसेको कोषको बोर्ड बैठकमा मन्त्री पोखरेलले श्रेष्ठलाई सुरक्षा प्रमुखमा यथावत् राख्नुपर्ने कुरा उठाएका थिए । मन्त्री पोखरेलले उनी मेरै कार्यकर्ता हुन्, जसरी भए पनि राख्नुपर्छ । कोषभित्र सानातिना कुरा हँुदै गर्छन् भनेका थिए । तर, मन्त्रीले बोल्नेबित्तिकै सदस्य सचिव अजितमान तामाङले म उनलाई कुनै पनि हालतमा राख्न सक्दिन, उनले धेरै बदमासी गरेका छन्, त्यस्ता मानिसलाई कसरी राख्न सकिन्छ ? भनेर जवाफ दिएका थिए । मन्त्रीले पटकपटक श्रेष्ठलाई राख्नैपर्ने दबाब दिएपछि सदस्य सचिव तामाङले नोट अफ डिसेन्ट लेखेर हिँडेका थिए ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले कोषको पदाधिकारी र कर्मचारीहरूको हाजिरी पुस्तिका लिएर गएका छन् । विगतमा कोषमा आन्दोलनकारीहरूले तालाबन्दी गर्दा र मधेस आन्दोलन चर्किदा कोषका प्राय: सबै पदाधिकारी र कर्मचारीहरू काठमाडौंस्थित सम्पर्क कार्यालयमा रहेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply