शोककै दिन त्यता भोज
काठमाडौं । बस दुर्घटनाका कारण २४ जनाको ज्यान गएर पुरै खोटाङ शोकमा डुबेको दिन गत चैत ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा भने रात्रिभोजको आयोजना गरिएको थियो । त्यो पनि गीत–संगीतको मस्त तालसँगै ।
भोजभतेरमा बढी नै रमाउने प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसर पारेर ३० गते बेलुकी भोजको आयोजना गरेका थिए । त्यहाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरूलगायत करिब डेढ सयजनालाई आमन्त्रण गरिएको थियो । बिमारी भएका कारण सभामुख ओनसरी घर्ती भोजमा सहभागी थिइनन् । सचिवालयसँगै जोडिएको ठुलो हलमा आयोजित भोजमा कलाकारहरूले गीत गाएका थिए । एक गायिकाले तीनवटा गीत प्रस्तुत गरेकी थिइन् । उनको गीत सकिएपछि प्रधानमन्त्री ओलीले संगीतको धुनसँगै भोजमा रम्न आगन्तुकहरूलाई आग्रह गरेका थिए ।
श्रीमती आरजु राणासँगै पुगेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा केही पनि नखाई हिँडेका थिए । घरमा अर्को भोज आयोजना गरेको छ भन्दै आरजुले देउवालाई हात समातेर त्यहाँबाट बिदा लिएकी थिइन् । पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल सहभागी भए पनि बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द भने सहभागी थिएनन् ।
सहभागीहरूलाई ह्विस्की खाने गिलासमा जुस खुवाइएको थियो । खानाको परिकार होटल सोल्टीबाट ल्याइएको थियो । प्रम ओलीले ‘विगतमा नयाँ वर्षमा यस्तो कार्यक्रम गर्ने चलन रहेनछ , यसपटक मलाई सुरुवात गरौंगरौं लाग्यो अनि सुरु गरेको’ भन्दै छोटो मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनले ०७३ साल शुभ रहने र ज्योतिषीले पनि त्यसै भन्ने गरेको भन्दै सबैलाई शुभकामना दिएका थिए । त्यसको भोलिपल्ट वैशाख १ गते प्रधानमन्त्री ओलीले पार्टीका नेता–कार्यकर्तालाई भोज दिएका थिए भने त्योभन्दा एक हप्ता पहिले मदन भण्डारी फाउन्डेसनको सम्मेलनका नाममा जम्मा भएका गुटका कार्यकर्तालाई पनि बोलाएर भोज दिएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply