‘उखान–टुक्काले देश बन्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुरु हुनासाथ मानिसहरूमा विनोदी भावना जागृत भइहाल्छ । समर्थकहरू मात्र होइन, आफूलाई भित्तैमा पुग्ने गरी के भन्छ भनेर विरोधी पनि उहााको भाषण सुन्न कान ठाडो नपारी रहन सक्दैनन् । सबैले बुझ्ने गरी बोल्न सक्ने भएका कारण उहााको भनाइ अरू नेताहरूको भन्दा बढी चर्चामा रहने गर्दछ । माओवादीको सहयोगमा प्रधानमन्त्री बन्नुभएका ओलीको सार्वजनिक व्यक्तित्वचाहिा त्यही माओवादीको विरोधमा खडा भएका कारण निर्माण भएको हो । अहिलेचाहिा उहाा असम्भवजस्ता देखिने र ठोस गृहकार्यविनाका अनेकौं महत्त्वकांक्षी योजना सार्वजनिक गरेर बढी चर्चामा हुनुहुन्छ । विपक्षीहरूले उहाामाथि उखान–टुक्का प्रयोग गर्नुबाहेक केही काम गर्न नसकेको आरोप लगाइरहेका छन् भने समर्थकहरूचाहिा बल्ल देशले भिजनवाला नेतृत्व पाएको भन्दै व्याख्या–विश्लेषण गर्न व्यस्त छन् । बोलीपिच्छे व्यंग्य गर्न र हासाउन माहिर प्रधानमन्त्री ओली आफूमाथि सार्वजनिक रूपमा के–कस्ता आरोप लागेका छन् भनेर अनभिज्ञचाहिा हुनुहुन्न । ‘उखान–टुक्काले देश बन्दैन’ भन्दै आफूमाथि व्यंग्य गर्नेहरूलाई गत साता प्रधानमन्त्री ओलीले जवाफ दिने प्रयास गर्नुभयो । प्रेस चौतारीको आठौं अधिवेशनबाट निर्वाचित नेतृत्वलाई सरकारी निवास बालुवाटारमा रात्रिभोज दिादै ओलीले भन्नुभयो– ‘मैले अहिलेसम्म एउटा पनि उखान–टुक्का प्रयोग गरेको छैन ।’ प्रधानमन्त्री ओलीले देशभरबाट भेला भएका ७ सयभन्दा बढी अगुवा पत्रकारहरूबाट चुनिएका सय जना पत्रकारलाई साक्षी राखेर उखान–टुक्का के हो र के होइन भन्नेबारेमा लामै व्याख्या गर्नुभयो । नेपाली भाषा समृद्ध भएका कारण अनेकौं विम्ब, प्रतीक, उपमा, उपमेय र दृष्टान्तहरू छन् भन्दै उहााले आफूले बेलाबेलामा त्यही प्रयोग गरेकोमा विपक्षीले उखान–टुक्का भनेर उडाइएकोमा चर्को असन्तुष्टि पनि व्यक्त गरेको सुन्न पाइयो ।
शब्दमा जेसुकै भनिए पनि प्रधानमन्त्री ओली अहिले चर्को दबाबमा हुनुहुन्छ भन्ने बुझ्न सकिन्छ । किनभने, प्रधानमन्त्री बनिसकेपछि ओलीले केही आशा जगाउनुभएको छ । चर्को मारमा परिरहेका जनतालाई घरघरमा पाइपबाट ग्याास पुर्याइदिने उहााको घोषणा नीति–कार्यक्रममा नआएजस्तै बजेटमा पनि आएन भने आफैंमा कुनै गतिलो उखान–टुक्काभन्दा कम साबित हुने छैन । त्यसैगरी, प्रधानमन्त्री हुनासाथ ओलीले एक वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउने घोषणा गर्नुभएको थियो । त्यसका लागि हावाबाट बिजुली निकाल्ने कुरालाई उहााले महत्त्वका साथ चर्चा गर्नुभएको थियो । र, काठमाडौंका तारे होटलहरूमा हावावालाहरूको महफिल राम्रै जमेको पनि थियो । तर, आठ महिना बित्न लाग्दा पनि त्यसमा ठोस प्रगति भएको छैन । बााकी चार महिनामा पनि केही भएन भने प्रधानमन्त्री ओलीको कुरा हावादारी रहेछ भनेर कसैले भनिरहनुपर्ने छैन ।
प्रधानमन्त्री ओलीले अहिले आफ्नै झन्डा भएको पानीजहाज चलाउने घोषणा गर्नुभएको छ । जुन देशसाग बन्दरगाह छैन, जुन देश समुद्रसाग जोडिएको छैन, त्यस देशका लागि पानी जहाज कति प्राथमिकतामा पर्ने कुरा हो ? त्यस्तो पानीजहाज नेपाल आफैंले किन्दा फाइदा हुन्छ कि घाटा ? हरेक कुरामा राष्ट्रियता जोडिहाल्ने र राष्ट्रिय भावना उत्पन्न गर्ने नाममा विनायोजनाका कुरा अघि सार्ने कुराले अन्तत: मानिसहरूमा निराशा जन्माउाछ । हो, पक्कै पनि नेतृत्वले आशा जगाउनुपर्छ, जनतालाई आशामुखी बनाउनैपर्छ । तर, यसको मतलब यो होइन कि त्यस्ता योजना कुनै कल्पनाशील कविको स्वैरकल्पनाजस्तो होस् । साहित्यमा जस्तो कल्पनालाई राजनीतिमा स्थान छैन । राजनीतिमा त्यस्ता सपना देख्नुपर्यो, जसलाई व्यवहारमा कार्यान्वयन गर्न सकियोस् । विगतको नेतृत्वले ठूला आयोजना सञ्चालन गर्न सकेन भन्ने कुरा सााचो हो । तर, त्यसको अर्थ अहिलेचाहिा मनमा आएका सबै कल्पना पस्किनु दूरदृष्टि ठहर्दैन ।
प्रधानमन्त्रीका रूपमा राजनीतिज्ञका केही सीमा पनि हुन्छन् भनिरहनुपर्दैन । प्रधानमन्त्री पद भाषण गर्न वा सञ्चारमाध्यममा स्थान पाउन होइन । तर, केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुराको सन्देश जुन प्रधानमन्त्रीले दिादैन, त्यो सुशील कोइराला हुन्छ । प्रधानमन्त्रीको कुर्सीमा कुनै योजना र सपना भएको जीवित मानिस छ वा मानिसको आकृतिको झुम्रो बसिराखेका छ भन्ने कुरा थाहा नहुने गरी सुशील कोइरालाले एक वर्षभन्दा बढी समय बर्बाद पारेको पृष्ठभूमिमा केपी ओली प्रधानमन्त्री भएका कारण पनि उहााको आवाज स्वाभाविकभन्दा अलि बढी सुनिएको हुन सक्छ । अझ अरूभन्दा फरक देखिन्छु भन्ने धुनका कारण पनि ओलीलाई केही अस्वाभाविक भाषणहरू गर्न प्रेरणा भइरहेको होला । सााझबिहान जम्मा हुने निकटस्थहरूले उल्क्याउने र गुटबन्दी कारण उहााले गरेका हावादारी घोषणामा पनि ठूलो भिजन देख्ने पंक्तिका कारण पनि प्रधानमन्त्री ओलीलाई बेलगाम बन्न मद्दत गरिरहेको हुन सक्छ ।
सरकारले अघि सारेको नीति तथा कार्यक्रमले केही सकारात्मक आशा जगाएको छ । त्यही दिशामा बजेट आउने अपेक्षा पनि स्वाभाविक छ । अब दुई दिनपछि त्यो दिन पनि आउादै छ । जनताले प्रधानमन्त्री ओलीका भाषणहरूलाई त्यही बजेटमा हेर्न चाहेका छन् । ओलीले पक्कै पनि शान्त तलाउमा ढुंगा हान्नुभएको छ र त्यसबाट तरंग उत्पन्न भएका छन् । तर, उहााको सरकारको आयु कम रहेको सन्दर्भलाई समेत जोडेर मानिसहरूले त्यस्ता योजनाहरू कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरिरहेका छन् । एकाएक उब्जिएको संकटबाट पार पाए पनि सरकारको आयु लामो छैन भन्ने कुरा स्पष्टै छ । बजेटपछि प्रधानमन्त्री पद दिउाला भनेकै कारण पुष्पकमल दाहालले ओलीलाई समर्थन जारी राख्नुभएको हो भन्ने तथ्य कसैबाट लुकेको छैन । यस्तो परिस्थितिमा बजेटमार्फत राम्रै कार्यक्रमहरू ल्याए पनि तिनलाई पपुलिस्ट भनेर आलोचना गर्ने सम्भावना छ । तर, यसबाट आत्तिनुपर्ने केही कारण छैन । किनभने, राजनीतिक दलहरूले राम्रा नीति तथा कार्यक्रम ल्याएर त्यसका आधारमा जनताको ध्यानाकर्षण गर्न र मत ल्याउन सफल हुन्छन् भने त्यसलाई सकारात्मक पो मान्नुपर्छ । ०५१ सालमा नेकपा (एमाले)को अल्पमतको सरकारले अघि सारेका जनमुखी तथा विकासमुखी कार्यक्रमहरूका कारण नै मुलुकमा विकासको लहर गाउाबस्तीसम्म फैलिएको यथार्थ सबैका सामु छ । त्यसको दबाब कतिसम्म पर्यो भने सुरुमा त्यसलाई कनिका छरेको भन्ने कांग्रेस स्वयं पछि आफ्नो गाउा आफैं बनाऔं कार्यक्रमको बजेट ३ लाखबाट बढाएर ५ लाख बनाउन बाध्य भयो । अहिले पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धक नमानी ल्याउने बजेट उहााले कार्यान्वयन गर्न पाउनु होला वा नहोला, तर त्यसले देशको मार्गरेखा कोर्यो भने भोलि जोसुकै अर्थमन्त्री भए पनि त्यसबाट पछि हट्न सक्दैन ।
काम गर्न गाह्रो छ, आलोचना गर्न सजिलो छ । अझ त्यसभन्दा सजिलो भाषण गर्न छ । अरूजस्तो एकपटक अनुभव हासिल गरिहालूा अनि अर्कोपटक काम गरुाला भन्ने मेरो स्वभाव छैन भनेर हााक दिनुहुने ओलीका लागि त्यो अनुभव हासिल गर्ने छुट पनि छैन । ओलीका भाषण के–कति पानीमा छन्, जेठ १५ को बजेटले धेरै कुरा बताउनेछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
दिल्लीमा देउवाको दौडधुप
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
Leave a Reply