बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ।
नेकपा एमाले-माओवादी-रास्वपा-जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरू भएको हो। बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ।
बालुवाटार छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ। त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन मगर, जसपाका राजेन्द्र श्रेष्ठ र रास्वपाका स्वर्णिम वाग्ले पनि सहभागी हुनुहुन्छ।
आजै साँझ एमाले, माओवादी र रास्वपाका एकएकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ।
सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनिसकेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
Leave a Reply