राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
२० फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको पदावधि आइतबार सकिँदैछ । कृषि तथा पशुपंछी मन्त्री बेदूराम भूसाल र भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईको पनि पदावधि समाप्त हुँदैछ । शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीको पनि पदावधि समाप्त हुँदैछ ।
राष्ट्रियसभाको कार्यकाल समाप्तीसँगै राज्यमन्त्री पदबाट चपाई र प्रमिलाकुमारी पनि स्वतः पदमुक्त हुने भएका छन् ।
नयाँ संविधान बमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोलाप्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज राति १२ बजेदेखि सकिन लागेको हो ।
आइतबार पदावधि सकिनेसकिनेमा एमालेबाट निर्वाचित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई छन् ।
कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ । कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृघनारायण पाण्डेको पदावधि सकिएको छ ।
माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । त्यस्तै एकीकृत समाजवादीका बेदूराम भूसाल, नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला कुमारी र स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ ।
यता राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ । उनको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनी हुनेछन् । बाँकी १९ सांसद निर्वाचित भइसकेका छन् । उनीहरुको सपथ सोमबार हुँदैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
Leave a Reply