चिप्लिए चित्रबहादुर
काठमाडौं । उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसी पटकपटक चिप्लिने गरेका छन् । केही महिनाअघि विवादास्पद सहकारी ऐन ल्याए पनि तीव्र विरोधका कारण मन्त्रिपरिषद्को विधायक समितिमा अड्किएको कुरा बिर्सेका केसीले ऐन–नियम मिचेर राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षलाई हटाउन खोज्दा फेरि चिप्लिएका छन् ।
चार वर्षका लागि बोर्डको सहअध्यक्षमा नियुक्त सरोजकुमार शर्मालाई अवधि बााकी हुादै मन्त्री केसीले हटाएका थिए । गएको वैशाख ३१ गते मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लिएर सहअध्यक्ष शर्मालाई हटाउने निर्णय पारित गराएका मन्त्री केसीले त्यस ठाउामा प्यूठानका पूर्वजिविस सभापति बोमबहादुर खत्रीलाई नियुक्त गरेका थिए । बोर्डको सहअध्यक्षबाट आफूलाई पदमुक्त गरिएको पत्र गत जेठ ४ गते पाएपछि शर्माले १७ महिना कार्यकाल बााकी छादै आफूलाई हटाएको हुादा पुनर्बहाली हुनुपर्ने भन्दै सर्वोच्चको ढोका ढक्ढक्याएका थिए । सर्वोच्च अदालतले गत जेठ ७ गते अन्तरिम आदेश जारी गर्दै शर्मालाई पुनर्बहाली गर्न र नवनियुक्त सहअध्यक्ष खत्रीलाई काम नगर्न र नगराउन आदेश दिएको छ । तर, अदालतले अन्तरिम आदेश दिए पनि अझै खत्रीले बोर्डमा गएर काम गरिरहेको बताइन्छ ।
मन्त्री केसीले आफूसाग कुनै सल्लाह नै नगरी हटाएकोमा शर्मा पनि चकित परेका थिए । शर्माले मन्त्रीलाई भेटेरै ‘तपाईंलाई कुनै अप्ठ्यारो पर्छ भने म राजीनामा दिन तयार छु’ भनेर पटकपटक भनेका थिए । तर, मन्त्री केसीले हट्नुस् नभने पनि एकाएक मन्त्रिपरिषद्बाटै निर्णय गराएर हटाउादा भने शर्मा चकित परेका हुन् । आफ्नो पदावधि बााकी हुादै हटाएकोमा कानुनले दिएको अधिकार प्रयोग गर्दै आफू अदालत गएको शर्माले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply