ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स धरापमा
काठमाडौं । नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङ लाइसेन्स धरापमा परेको छ । पूर्वप्रतिबद्धताअनुसार अन्तर्राष्ट्रिय वायु सेवा निगम (आइकाओ)को सर्टिफिकेट ल्याउन नसक्दा निगमको ग्राउन्ड ह्यान्डलिङ लाइसेन्स धरापमा परेको हो ।
निगमका तत्कालीन महाप्रबन्धक मदन खरेलले सन् २०१६ को फेब्रुअरीभित्र आइकाओबाट ग्राउन्ड ह्यान्डलिङ सेवा गुणस्तरीय रहेको प्रमाण पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो प्रतिबद्धताअनुसार ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तरसम्बन्धी आइकाओले प्रदान गर्ने सर्टिफिकेट बुझाउन नसकेपछि निगमको लाइसेन्स धरापमा परेको हो ।तर, निगमका प्रवक्ता रामहरि शर्माले भने आइकाओको सर्टिफिकेट र ग्राउन्ड ह्यान्डलिङको लाइसेन्सबीच कुनै सम्बन्ध नरहेको दाबी गरे ।
‘नेपालमा कुनै पनि कम्पनीले आइकाओको सर्टिफिकेट लिएका छैनन्, अबको तीन महिनामा नेपाल वायु सेवा निगमले आइकाओको सर्टिफिकेट पाउाछ, त्यो सर्टिफिकेट नपाएकाले ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स नवीकरण नभएको होइन ।’ उनले ग्राउन्ड ह्यान्डलिङको स्तरोन्नतिका लागि भारतीय परामर्श दातामार्फत काम भइरहेको र आगामी तीन महिनाभित्रै आइकाओको सर्टिफिकेट प्राप्त हुने दाबीसमेत गरे ।
तर, निगम स्रोतले भने पूर्वप्रतिबद्धताअनुसार ग्राउन्ड ह्यान्डलिङको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको आइकाओ सर्टिफिकेट नभएकाले लाइसेन्स नवीकरण नभएको बतायो ।
‘ग्राउन्ड ह्यान्डलिङको गुणस्तरमा क्यानले प्रश्न उठाएपछि तत्कालीन महाप्रबन्धकले सन् २०१६ को फेब्रुअरीभित्र आइकाओको सर्टिफिकेट ल्याउने प्रतिवद्धता अनुसार दुई वर्षका लागि लाइसेन्स नवीकरण गराएका थिए, सो प्रतिबद्धता पूरा नभएकाले क्यानले लाइसेन्स नवीकरण नगरेको हो,’ निगम स्रोतले भन्यो ।
त्यसो त निगमबाट ग्राउन्ड ह्यान्डलिङको काम निगमबाट फुत्काउन निगमकै पूर्वकर्मचारीहरू गणेश ठाकुर, मदन खरेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिसचन्द्रलाल सुमनलगायतका व्यक्ति लागिपरेको बताइन्छ । डोमेस्टिक एयरलाइन्सहरूको ग्राउन्ड ह्यान्डलिङको काम यती एयरलायन्सलाई दिइसकेकाले निगमबाट उक्त काम फुत्काउन यती एयरलाइन्स पनि भित्रभित्रै लागेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply