‘फास्ट ट्रयाक र निजगढ विमानस्थलको जिम्मा मै लिन्छु’

बारा । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको नेतृत्व आफैंले गर्ने बताएका छन् । सोमबार बाराको निजगढमा आयोजीत बारा, पर्सा, रौतहट र सर्लाहीका २० सांसदसहितको संसदिय बिशेष सरोकार समितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले निजगढ विमानस्थल तथा फास्ट ट्रयाकको काम आफ्नै प्रधानमन्त्री कालमा सुरु भएको बताउादै निर्माणको नेतृत्व समेत आफैंले गर्ने बताएका हुन् ।
‘फास्ट ट्रयाक र निजगढ विमानस्थलको काम मेरै कार्यकालमा सुरु भएको हो, अब निर्माणको नेतृत्व पनि मै गर्छु ।’ पुर्व प्रधानमन्त्री नेपालले भने । उनले यी दुई आयोजना विरुद्ध राष्ट्रिय र अन्तराष्ट्रि्रय चलखेल सुरु भएको आरोप लगाउादै त्यसलाई चिर्दै सरकार आफैंले निर्माण गर्ने स्पष्ट समेत पारे । आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई आयोजनाका लागि यथेष्ठ रकम बिनियोजन हुने विश्वास समेत उनले दिलाएका थिए ।
कार्यक्रममा संसदिय बिशेष सरोकार समितिका संयोजक तथा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले तराई मधेशका जनताको विकास र समृद्धिसाग जोडिएको फास्ट ट्रयाक र निजगढ विमानस्थलको काम अघि बढाउन दबावमुलक अभियान थालिएको बताएका थिए । उनले हुलाकी राजमार्ग तथा बिशेष आर्थिक क्षेत्रलाई समेत अघि बढाउनु पर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा फास्ट ट्रयाक र निजगढ विमान स्थलका लागि २५ अर्ब बजेट माग गरिएको उनले बताए । फास्ट ट्रयाकका लागि २० अर्ब र विमानस्थलका लागि ५ अर्ब बजेट माग गरिएको र अर्थमन्त्रालय समेत सकारात्मक रहेको उनले जानकारी दिएका थिए ।
तराइका जिल्ला भ्रमण गर्ने क्रममा गत शनिबार जनकपुर पुगेका नेता नेपाललले त्यहाा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा सबै दलको सहभागिताको राष्ट्रिय सरकारको निर्माणको आवश्यकतामा जोड दिए । उनले कुरा कम, काम धेरै गर्ने पद्दतिको विकासतर्फ उन्मुख हुनु जरूरी रहेको बताए।
सविधानप्रति असन्तुष्टि रहेकाहरुका लागि वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिादै उनले संविधानप्रति असन्तुष्टि, द्विविधा र अविश्वासलाई हल गर्ने प्रयासको खााचो औाल्याए । जनतालाई पीडा, कष्ट दिने काम कुनै पनि पक्षबाट हुनु हुादैन भन्दै नेपालमा भएका सबै जाति, समुदायले पराया नभएको अनुभूतिको वातावरण निर्माणतर्फ लाग्न नेता नेपालले सबैको ध्यानाकर्षण गराए ।
नेपालले २ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना भएको बताउादै नेपालले पहिलो चरणमा सप्तरीदेखि पर्सासम्म र दोस्रो चरणमा लुम्बिनीसम्म रेल सेवाको विस्तार, हुलाकी सडकको निर्माण, कृषि, तरकारी, पशुपालन र पर्यटनको विकासमा सबै जुट्नुपर्ने बताए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
Leave a Reply