यस्तो तरिकाले पाटी बलियो हुँदैन

मदन भण्डारी अध्ययन केन्द्रको उद्घाटन समारोहमा हामीले बोलेका कुराले तरंग पैदा गरेको छ । वास्तवमा ‘इलेक्ट्रिक सक’ के हो ? फिजियोथेरापी गरेर शरीरलाई आराम दिएजस्तै, उपचार गरेजस्तै हो यो कुरा । पार्टीको स्वास्थ्य राम्रो होस् भन्ने आशयबाट अभिव्यक्ति आएको हो । यसलाई अन्यथा रूपमा लिनुपर्ने आवश्यकता छैन । मैले त्यहीबेला एउटा कुरा भनेको थिएँ– ‘नेकपा एमालेको कुनै विकल्प छैन । कुनै आग्रह नराख्ने हो भने पनि नेकपा एमाले भएर मात्र होइन, एउटा नेपाली भएर मात्र सोच्ने हो भने विभिन्न राजनीतिक दललाई एकपछि अर्को सिनेमाको पर्दामा दृश्यहरू अगाडि बढेजस्तै हेर्दै जाने हो भने त्यहाँ रहेका पात्र, अनुहार, उनीहरूका काम, उपलब्धि, यी सबैको विवेचना र विश्लेषण गर्ने हो भने हामी एउटै निष्कर्षमा पुग्छौं– नेकपा एमालेको विकल्प छैन ।’ त्यसैले, हामी ढुक्क भए हुन्छ, म सबै कमरेडहरूलाई भन्न चाहन्छु– ‘निराश हुनुपर्ने कुनै आवश्यकता छैन ।’
राष्ट्रिय हिसाबले पनि नेपाल राष्ट्रसामु संकट आयो भनेर आत्तिनुपर्नेछैन । आत्तिनुहुँदैन भन्दा फेरि गम्भीर हुनुहुादैन भन्न खोजिएको होइन, नआत्तिनु मात्रै भनिएको हो । तर, गम्भीर हुनुपर्छ भन्ने कुरा पनि सागसागै आउाछ । गम्भीर भएर राम्रो ढंगले सबै कुरा विचार गरेर अगाडि बढ्ने काम गरेनौं भने हाम्रो भविष्य डामाडोल हुन्छ । बेहोसी पाराले जटिलताहरूलाई चिर्न नसक्ने हाम्रो दृष्टिकोणले हामीलाई ठूलो नोक्सानी पुर्याउँछ । सिंगो देशलाई सुदृढ गर्ने हो, सम्पूर्ण नेपालीबीचको एकतालाई सुदृढ गर्ने हो र देशलाई माया गर्ने सबै पार्टी र नेताहरू एकताबद्ध हुने हो भने समृद्धिको बाटो पहिल्याउन सजिलो पर्छ ।
हामी नेपाली भएकोमा गौरवबोध गर्नुपर्छ । जय नेपालको नारामा रमाउनु भनेको नेपाली कांग्रेस हुनु भनेको होइन । प्रजातन्त्र भन्ने शब्द कहाँबाट कांग्रेसको पेवा हुन पुग्यो ? प्रजातन्त्र भन्ने पत्रिका त्यतिखेर हाम्रो पार्टीले चलाउँथ्यो । आफैंले सिकाएको जनवादलाई प्रजातन्त्र भन्नु हुँदैन ? त्यसपछि त प्रजातन्त्रभन्दा कहाँकहाँ कांग्रेसी गन्ध पो आयो भन्न थालियो । जनताको चेतनालाई उजागर गर्ने पार्टीले जनताको विश्वास लिनुपर्छ । जनताको चेतनाको स्तरलाई जनताको बीचमा पुग्न माध्यमहरू प्रयोग गर्ने कुरालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ ।
हामी के सोचिरहेका छौं, त्यो महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा के हो भने जनताले के सोचिरहेका छन् ? जनताको चेतानाको स्तर कस्तो छ ? के गर्दा जनतालाई बुझाउन सकिन्छ ? कसरी जनताको नजिक पुग्न सकिन्छ र विश्वास जित्न सकिन्छ । यही नै हाम्रो सोचाइको केन्द्रबिन्दु बन्नुपर्छ ।
पूर्ण प्रजातन्त्र भनेर हामीले अझै यसलाई अगाडि सानुपर्ने आवश्यकता छ । यहाँसम्म कि माओवादीसाग भएको १२ बुँदे सहमतिमा पनि हामीले पूर्ण प्रजातन्त्र शब्दको प्रयोग गर्यौं । किनकि, प्रजातन्त्रले पूर्णता प्राप्त तब गर्छ, जब शासन सत्तामा तल्लो वर्गको हालीमुहाली हुन्छ । यसअर्थमा हामी जनता सागसागै अगाडि बढ्न चाहन्छौं । हिजोका निम्ति मात्र होइन, आजका निम्ति मात्र होइन, भोलिका निम्ति पनि सजिलो हुन्छ । जनतासागसागै लागेर जनताको चेतनास्तर फेरि उठाउन जनताले बुझ्ने गरी निरन्तरको प्रयासबाट राजनीतिक कार्यको माध्यमबाट होस्, संगठनात्मक कार्यको माध्यमबाट होस्, जनकार्यको माध्यमबाट होस्, जनताको चेतनास्तरलाई बढाउँदै अनि जनतालाई साथमा लिँदै फेरि अगाडि बढ्नुपर्छ ।
अहिले हामी वास्तवमा एउटा नयाँ चरणमा प्रवेश गर्दै छौं । अहिले तीनवटा कार्यपत्र प्रस्तुत भए । समय छोटो भएकाले लामो छलफल भएन । यसमा अझै कतिपय कुरामा अध्ययन, छलफल र बहस र छलफल गर्नुपर्ने पनि होला । ‘समाजको प्रधान शत्रु के हो ?’ आदि विषयमा बहस हुन सक्ला । कतिपय कुराहरू लेखकका निजी विचारका रूपमा छलफलमा ल्याउन सकिन्छ । अझै कतिपय कुरामा छलफल गरेर हाम्रो धारणालाई उन्नत र समुन्नत बनाउनुपर्ने आवश्यकता छ ।
अर्को कुरा, म अहिले पनि सम्झिरहेको छु– २०५१ साल जेठ महिनामा राष्ट्रिय प्रतिनिधि परिषदको पहिलो बैठक बसेको थियो । र, त्यो पहिलो बैठकमा मैले नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको थिएा । त्यो प्रतिवेदनमा मैले आयआर्जनमा संलग्न हुने च्याप्टर नै समावेश गरेको थिएँ । मैले वैधानिक आयआर्जन गर्ने शब्दको प्रयोग गरेको थिएँ । अवैधानिक तरिका अवलम्बन गर्ने, जनतालाई चुस्ने, राज्यको सम्पत्तिको दुरुपयोग गर्ने आदि प्रवृत्तिलाई निरुत्साहित गर्दै मान्छेले यदि वैधानिक तरिकाबाट आयआर्जन गर्छ भने त्यसलाई हामीले प्रोत्साहित गर्नुपर्छ भनेर लेखिएको मात्र के थियो, यति धेरै टिप्पणी भए कि बसिखानु भएन ।
जब हामी खुला भइसकेपछि हाम्रा सामु थुप्रा चुनौती थिए, हाम्रा कार्यकर्ताको त्यत्रो ठूलो पंक्ति थियो कि जसलाई हामी पाल्ने सक्ने स्थितिमा थिएनौं ।
हामीले हाम्रो पाटीभित्र त्यतिखेर पूर्णकालीन रूपमा केन्द्रीय कमिटीका सदस्यहरूबाहेक अरूलाई राख्न सकेका थिएनौं । त्यो केही गर्दा पनि सकिएन । २०४७ सालमा केन्द्रीय सदस्यहरूलाई दिने रकम भनेको महिनाको १ हजार रुपैयाा थियो । त्यसले सारा जीवन धान्नुपथ्र्यो । अहिले पार्टीले १० हजार दिइरहेको छ भने पनि त्यो केही पनि होइन । त्यसबाहेक विभिन्न तहका हाम्रा पूर्णकालीन कार्यकताको ठूलो पंक्ति छ । यसर्थ, कसरी उनीहरूको आर्थिक जीवनलाई व्यवस्थित गर्ने भन्ने कुरा हाम्रा सामु एउटा ठूलो प्रश्नका रूपमा सुरुदेखि अहिलेसम्म छ ।
कार्यकर्तासम्बन्धी नीतिहरू हामीले सुरुदेखि अहिलेसम्ममा छलफल पनि गरेका छौं । यसैक्रममा कार्यकर्ता संरक्षण कोषदेखि लिएर अनेक प्रयासहरू पनि गर्यौं । तर, एउटा कुरा निश्चित के छ भने जब हामी खुला भइसकेपछि तमाम राजनीति कार्यकर्ता आए, तब उनीहरूले आफ्नो जीवनलाई आत्मनिर्भर बनाउन उत्पादन कार्यमा जुट्ने कुरालाई अनुचित ठान्ने कुरा छैन ।
हाम्रो पार्टीभित्र अध्ययन गर्ने कुरालाई प्रोत्साहन गर्नु जरुरी छ । अझै पनि पार्टी काम नगरेर डिग्री, पीएचडी गर्न हिँडेको भन्ने खालको मानसिकता छ । कसैले अझै आयआर्जन गर्यो भने मनमा कताकता डाह गर्ने चलन छ । अनुचित कार्य गरेको छ भने बेग्लै कुरा हो । उसले दुई नम्बरी काम गरेको छ र लुटेको छ भने गलत होला, अन्यथा भएको सम्पत्ति जोहो गरेर त्यसलाई राम्ररी आयआर्जनको काममा लगाउन खोजियो भने त्यो गलत हुँदैन ।
मैले पार्टीका कार्यकर्ताहरूको कसरी आम्दानी बढाउने भन्नेबारे एउटा परियोजना सुरु गरेको थिएँ । त्यो के थियो भने सबै कार्यकर्ताको रकम एउटै ठाउामा वा बैंकमा जम्मा गर्ने र त्यो रकम ‘चेन’ गर्ने । पार्टी प्यालेस, रेस्टुरेन्ट वा सपिङ कम्प्लेक्स खोल्ने र पार्टीका समर्थक शुभेच्छुकहरू सबैले त्यसैको उपयोग गर्ने । खासगरी सांसद, जिल्ला सभापति र सदस्य, गाविस अध्यक्ष र सदस्य भएकाहरू मिलेर प्रयास पनि गरियो तर त्यो सफल हुन सकेन ।
अहिले आ–आफ्नो हिसाबले मात्र भएको छ । केन्द्रीय हिसाबले त्यो काम हामीले गर्न सकेका छैनौं । यस्तो गर्ने हो भने राम्रो हुन सक्छ । हाम्रो पार्टी पंक्ति ठूलो भएकाले हामीले सबैतिर यो अभियान लान जरुरी छ । केन्द्रीय तहमा एउटा, अञ्चल जिल्ला तहमा अर्को र खोलेर केही व्यवस्थित गर्न सकियो भने राम्रो हुन्छ ।
केहीकेही जिल्लामा अहिले हाइड्रो पावरमा लगानी गर्न गाउाका गाउा, स्कुल, कलेज सबैले लगानी गरेको पाइन्छ । प्रत्येक संघ/संस्था लागेको पाइन्छ । त्यो अभ्यासले पनि राम्रै भएको छ ।
आगामी दुई वर्षभित्र यो क्षेत्रमा आत्मनिर्भर हुने संकल्प अघि सानुपर्छ । कृषिको सन्दर्भमा अत्यावश्यकीय उपभोग्य वस्तुमा नेपाल आत्मनिर्भर हुने, औषधिमा नेपाल आत्मनिर्भर हुने र ऊर्जाको क्षेत्रमा हामीले आवश्यकता पर्ने तहसम्म आपूर्ति गर्ने भनेका छौं । तर, त्यो कसरी जाने, के तरिकाले सम्भव छ भन्ने कुरा हाम्रा अर्थशास्त्रीहरूले कार्यकर्ता तहसम्म बुझाउनु जरुरी छ । त्यसको राम्ररी अध्ययन गरेर प्लान र प्रोगाम ल्याउन जरुरी छ । यसो भयो भने मान्छेले ठोस दिशा निर्देश पक्रन्छ ।
दोलखामा हाम्रै साथीहरूले सुरु गर्नुभएको परियोजना अहिले बीचैमा अल्मलिएछ । त्यसैले, कृषि र अर्थतन्त्रबारे यहाँ बेग्लै छलफल गर्नुपर्ने आवश्यकता छ ।
हाम्रो राष्ट्र निर्माणका सामु रहेका बाधा–अवरोधहरू के–के हुन्, त्यसको समुचित खोजी जरुरी छ । अझै पनि यहाँ विभिन्न जातिबीच विभेदका कुरा उठाएर आपसी दूरी बढाउने खालका व्यापक अभियानहरू चलिरहेका छन् । त्यसबारे पनि छलफल गर्दै कस्ता–कस्ता विचार प्रवृत्तिहरू फैलिादै छन्, फैलाइादै छन्, ती सबैको जानकारी राखेर नोट गरेर त्यसको खण्डन गरेर मसिनो तहमा जाने काम अझै गर्नु जरुरी छ । मैले तराईका विभिन्न भूभागहरूमा देखें, समस्याहरू सजिलो छैन । मान्छेहरूमा भावनात्मक दूरी बढेको छ । त्यो दूरीलाई कसरी मेट्ने भन्ने कुरा समस्या छ । हामी काठमाडौंमा बसेका छौं, आनन्द छ । गाउामा जाने हो भने समस्या छ । अनि हाम्रै साथीहरू भूलभुलैयामा पर्नुभएको छ । त्यहाँ जान्छन्, मौन बस्छन्, अझै कोहीकोही टाउको हल्लाउँछन् । हामीसाग आउाछन्, यता पनि मौन बस्छन् । हामीले उनीहरूको मनमा तथ्यहरूका बारेमा बोध गराउन सकेका छैनौं ।
मलाई एकजनाले भने– ‘सारा बजेट पहाडमा गएको छ, मधेस ठगिएको छ ।’ मसाग तथ्यांक भएको भए म बोल्थें, तर मेरो मोटो अनुमान त्यो सत्य होइन । किनकि, खासगरी ०४८ सालदेखि बजेटका बारेमा म पनि निकै जानकारी राख्छु । त्यसो हुनाले सत्य नभएका कुरामा विरोधीले यसरी प्रचार गरेका छन् । त्यो प्रचारसागसागै एमाओवादी र कांग्रेस पनि बगेको छ । भनेपछि उभिएको त एमाले मात्र हो नि ! त्यसैले, एमालेका कार्यकर्तासाग त्यस किसिमको खजाना भएपछि तथ्य, तर्क र विश्लेषण्हरू भएन भने यत्रो मासलाई प्रस्ट पार्ने काम गर्ने कसले ?
यो विषय राष्ट्रलाई एकताबद्ध गर्ने कुरासाग जोडिएको छ । यस अर्थमा पनि राष्ट्रनिर्माणसामु धेरै चुनौती छन् । हो, यो मामिलामा हाम्रो पार्टीको नेतृत्व जसरी गम्भीर हुनुपर्ने हो, त्यस्तो भएको पाइएन । नेतृत्वले सबैको सामुन्ने बुद्धि र क्षमता प्रकट गर्नुपर्ने हो, त्यो भएको छैन । अझ विशेषगरी नवौं महाधिवेशनयता त बदलाको भावनाबाट चलेको छ । विधि र प्रक्रियासाग कुनै मतलब छैन । अध्यक्ष छैन, सचिव छैन, बैठक बस्छ । निर्णय हुन्छ । बहुमत छैन, तर अध्यक्ष एक्लै बस्छ, निर्णय गर्छ । यस्तो तरिकाले पाटी बलियो हुँदैन । चल्दैन । पार्टी संकटमा फस्छ । एमाले संकटमा पर्नुको मतलब राष्ट्र संकटमा पर्नु हो । एमाले संकटमा फस्नुको मतलब संविधान कार्यान्वयन गर्ने चुनौती अझै बढेर जानु हो । यस अर्थमा पनि पार्टी नेतृत्वको ध्यान यस मामिलामा हामीले आकृष्ट गर्नैपर्छ ।
पार्टीको र देशको भविष्य राम्रो छ । आत्तिनुपर्ने आवश्यकता छैन । यसबीचमा केही ग्रहण लागेका छन् । बोल्न सुरु गरेका छौं । दुस्साहस गरेको होइन । साहसहरू आइरहेका छन् । त्यसो हुनाले आ–आफ्नो ठाउामा आ–आफ्नो कामलाई इमानदारीका साथ गर्नुस् । पार्टीको जिम्मेवारीमा कसैलाई औंलो ठड्याउने मौका नदिनुस् । खाने मुखलाई जुागाले छेक्दैन ।
(मदन भण्डारी अध्ययन केन्द्रद्वारा आयोजना गरिएको गोष्ठीको समापनमा व्यक्त धारणा )
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
दिल्लीमा देउवाको दौडधुप
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
Leave a Reply