एकतापछि माओवादीमा पहिरो जान सुरु

काठमाडौं । एकतापछि नयाा नामकरण गरेर बनेको एमाओवादी केन्द्रका सांगठानिक संरचनालाई लिएर अहिले समाजिक सञ्जालमा धेरै टिप्पणी भएको छ । ७ सय सदस्यीय केन्द्रीय कमिटी बनाउादा पनि असन्तुष्टहरूले पार्टीबाट नै विद्रोह गर्ने तयारी गरेपछि अहिले केन्द्रीय कमिटी ९ सय ९९ सदस्यीय बनाइएको छ । ती सदस्यको नाम वर्षमान पुन नेतृत्वको कार्यदलले हेडक्वाटरलाई बुझाए पनि सार्वजानिक गरिसकेको छैन । पुनलाई सयजनाको नाम थप्ने म्यान्डेड दिईको भए पनि अरू ३ सय जनामाझ आफू लोकप्रिय हुने देखेर उनले ९ सय ९९ जनाको नाम बुझाएका थिए । जम्बो केन्द्रीय कमिटीलाई लिएर सामाजिक सञ्जालमा अरूभन्दा पनि माओवादीकै कार्यकर्ताले नेतृत्वको धज्जी उडाएका छन् ।
पार्टी एकतापछि अध्यक्ष पुष्पकमल दाहाल र एकताबाट आएका नेताहरू रामबहादुर थापा र पम्पा भुसाल उपस्थित भएर पेरिसडााडामा गरिएको पत्रकार सम्मेलनमा दाहाल हल्का रूपमा प्रस्तुत भए । सामाजिक सञ्जालमा आफ्नै कार्यकर्ताले त्यत्रो टिप्पणी गर्दा पनि नेतृत्वले हलुका रूपमा लिएपछि कार्यकर्ता थप असन्तुष्ट भएका छन् । त्यहाा दाहालले १ हजार केन्द्रीय सदस्य फिल्डमा जाादा माहोल नै बेग्लै हुनेछ, ती सबैले एक/एकजनालाई पार्टीमा भित्र्याउादा पनि १ हजार सदस्य थपिन्छन्, अनि माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बन्छ भन्दै पत्रकारलाई समेत पेट मिचिमिची हासाए्का थिए ।
७ सय जनाको केन्द्रीय कमिटी बनाउादा पार्टीका पुराना नेता छुटेको र उनीहरू विद्रोहको मनस्थितिमा पुगेपछि अब केन्द्रीय कमिटी १ हजार सदस्यीय बनाउन लागिएको छ । तर, १ हजार सदस्यीय बनाउादा पनि असन्तुष्टि साम्य हुने अवस्था नरहेको एक नेताले बताए । एकताका नाममा धेरै कनिष्ठहरूलाई केन्द्रीय कमिटीमा ल्याइएका कारण केन्द्रमा बस्ने कि नबस्ने भन्ने दोधारमा रहेका वरिष्ठहरूको संख्या पनि ठूलो रहेका माओवादीका ती नेताले बताए । उनले भने– ‘हाम्रो पार्टीमा अब पहिरो जान सुरु भइसक्यो, केन्द्रीय कमिटी जति नै ठूलो बनाए पनि पहिरो थामिने अवस्था छैन । जसले पार्टीमा हिाडाएर सदस्यता दियो, ऊ अहिले पनि जिल्ला तहमा रहेको तर सदस्यता पाउनेचाहिा केन्द्रीय कमिटीमा पुगेको छ ।’ यो अवस्था देशभरै रहेकाले त्यसलाई व्यवस्थापन गर्न नेतृत्वले चाहे पनि नसक्ने बताइन्छ ।
आयोजक कमिटीको समस्या व्यवस्थापन भएपछि भोलि पार्टीका अन्य संरचनामा पनि ठूलो लफडा हुने भएको छ । ६ सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुादा प्रस्तावित सांगठनिक संरचनामा १ सय ५१ सदस्यीय पोलिटब्युरो हुने व्यवस्था गरिएको थियो । तर, ९ सय ९९ सदस्यीय हुादा झन्डै ३ सय सदस्यीय बनाउनुपर्ने हुन्छ । त्यसमा पनि को पर्ने को नपर्ने भन्नेमा ठूलो लफडा हुने बताइन्छ । सचिवालय पनि १ सयजना हाराहारीको बन्ने बताइन्छ । त्यस्तै, भ्रातृ संगठनहरूको एकीकरण पनि अर्को टाउको दुखाइको विषय बन्ने भएको छ । माओवादीका ३६ वटा जातीय, क्षेत्रीय मोर्चा र २६ वटा जनसंगठन छन् । तिनको एकीकरणका लागि सम्बन्धित जनसंगठन तथा मोर्चाका अध्यक्ष वा संयोजक र पार्टी इन्चार्ज रहेको कार्यदल गठनको प्रस्ताव गरिएको छ ।
पुरानाहरूको रुवाबासी
एमाओवादी र अन्य केही साना कम्युनिस्ट पार्टीबीचको एकता गरेर माओवादी केन्द्र निर्माण गरिएपछि सिन्धुली जिल्लामा माओवादीका पुराना कार्यकर्ताहरूमा रुवाबासी सुरु भएको छ । आफूले राजनीति सुरु गर्दा भर्खर जन्मेकाहरू पनि केन्द्रीय सदस्य हुने तर त्यत्रो जम्बो कमिटी बनाउादा पनि आफूहरूलाई नपारेपछि जिल्लाका केही पुराना नेता विद्रोहको तयारीमा रहेको बुझिएको छ ।
खासगरी एमाले, माले पृष्ठभूमिबाट आएकाहरूलाई अहिले एकता प्रक्रियामा बेवास्ता गरिएको बताइएको छ । माओवादी केन्द्रको जिल्ला इन्चार्ज अहिले विषमलाल अधिकारी दनुवार छन् । अघिल्लो संविधानसभा चुनावमा एमालेबाट जितेका तर दोस्रो संविधानसभामा एमालेबाट टिकट नपाएपछि माओवादीमा छिरेका उनलाई अहिले जिल्लाबाट केन्द्रीय कमिटीमा को–को परे, को–को परेनन् भन्नेसम्म पनि थाहा छैन । जबकि, नाम सिफारिस गर्ने ठाउँमा नै उनी आफैं छन् । जिल्लाका पुराना नेतामा गनिने कमलामाई नगरपालिकाका पूर्व उपमेयर रसबहादुर कार्की, पूर्वजिल्ला विकास समिति सदस्य भूपाल बराल, सिन्धुली–काठमाडौं गणतान्त्रिक मञ्चका अध्यक्ष कमल दाहाल, नगरपालिकाका पूर्ववडा सदस्य सविता कोइरालालगायत कोही पनि केन्द्रीय कमिटीमा परेनन् । तर, ०६३/६४ पछि पत्रकारिता गर्दै परि थापाको पार्टीमा आबद्ध भएका काजीमान थिङ केन्द्रीय सदस्य बने ।
योगदानको कदर नगरिएको भन्दै जिल्लामा पुराना माओवादी नेताहरू विद्रोहको तयारीमा रहे पनि फेरि केन्द्रीय कमिटी १ हजारजनाको बन्यो भनेपछि केही दिनका लागि पर्ख र हेरको अवस्थामा बस्ने निष्कर्षमा पुगेका छन् । हजार जनाको कमिटी बनाउादा पनि नअटिने भए त्यो पार्टीमा किन बस्ने भन्दै असन्तुष्टहरूले मोर्चाबन्दी गरेका छन् ।
थापाका पछि दुईजना मात्र
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीबाट ठूलो संख्यामा केन्द्रीय नेतासहित रामबहादुर थापाको नेतृत्वमा पार्टी एकता भए पनि जिल्लाबाट भने वैद्य माओवादी छाडेर दुईजना मात्र माओवादी केन्द्रमा गएका छन् ।
केन्द्रमा जानेमा लक्ष्मण कार्की र निरु दर्लामी छन् । कार्की शान्तिमान कार्कीका दाजु हुन् भने कार्की र निरुको सम्बन्धबारे पटकपटक सञ्चारमाध्यममा समाचार आउने गरेको छ । यी दुईजना केन्द्रमा गए पनि शान्तिमान भने वैद्यसागै बसेका छन् । उनले जिल्लामा एउटा कार्यकर्ता पनि माओवादी केन्द्रमा जान नदिएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply