कार्यालय भत्काउन १८ टोलीसाग अन्तवार्ता
काठमाडौं । विनाशकारी भूकम्पले क्षति पुर्याएको बल्खु मदननगरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय भवन भत्काउन चाहेका १८ व्यक्ति र संस्थासाग एमाले टोलीले मंगलबार अन्तर्वार्ता लिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भवन व्यवस्थापन समितिका संयोजक तथा पार्टी सचिव प्रदीप ज्ञवाली नेतृत्वको ६ सदस्यीय टोलीले इच्छुक व्यक्ति र संस्थासाग छुट्टाछुट्टै अन्तर्वार्ता लिएको हो ।
गत ११ गते सचिव ज्ञवाली नेतृत्वको भवन व्यवस्थापन समितिको बैठकले सात दिनको समय राखेर भवन भत्काउन चाहनेहरूका लागि टेन्डर आह्वान गरेको थियो । त्यसअनुसार १८ व्यक्ति/संस्थाले आवेदन दिएका थिए । केन्द्रीय कार्यालयका सचिव तथा भवन व्यवस्थापन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले आवेदन दिनेमध्ये नौ व्यक्ति र संस्थाले भवन भत्काउने समयावधि र सामग्री लिएबापत एमालेलाई दिन सकिने रकम आवेदनमा उल्लेख गरेका छन् । ‘हामीले व्यावसायिक रूपमै आह्वान गरेकाले टेन्डरमा सहभागी हुनेहरूबीच प्रतिस्पर्धा देखिएको छ,’ श्रेष्ठले भने, ‘अन्तर्वार्ता सक्नेबित्तिकै कतिपय साथीहरू इन्जिनियरहरूको टोली लिएर इस्टिमेटका लागि बल्खु कार्यालय पुग्नुभएको छ ।’ उनले बोलकबुलमा उल्लेख गरेभन्दा बढी रकम तिर्न पनि प्रतिस्पर्धा देखिएको भन्दै तीन दिनभित्र कुनै एक व्यक्ति वा संस्थासाग कम्तीमा २ देखि ३ महिनाभित्र भवन भत्काउने काम सम्पन्न गर्ने गरी सम्झौता हुने पनि जानकारी दिए । भवन भत्काउादा वरिपरिका भौतिक संरचना बिगार्न नपाउने, गजुरदेखि भुइातलासम्म भत्काएर जग भत्काउन नपाउने सर्त राखिएको छ ।
धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानमा रहेको भाडाको कार्यालय सााघुरो भएपछि एमालेले नयाा भवन बनाउने योजनासहित बल्खु कार्यालय भत्काउन लागेको हो ।
घर भत्काउन चाहने व्यक्तिहरूमा जितेन्द्र शाह, राम श्रेष्ठ, किरणकुमार मगर, कृष्णबहादुर खड्का, केसबहादुर थापा, ताराप्रसाद लामिछाने, वीरेन्द्र चौधरी, भोजराज मगर छन् । त्यस्तै, राजनन्दनी इन्टरप्राइजेज, बंगलामुखी ट्रेड एन्ड सप्लायर्स, ह्याङ्ला थापती कन्स्ट्रक्सन, ठोसे खोला कन्स्ट्रक्सन, सीबी कन्स्ट्रक्सन तथा शिवम् स्क्रेप्ट सेन्टरले पनि आवेदन दिएका छन् ।
गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पुरानो भवन भत्काएर बल्खुमै नयाँ भवन बनाउने निर्णय गरेको थियो । दुई महिनाभित्र भवन भत्काएपछि माटो परीक्षण, प्राविधिक अध्ययन र नक्सांकनका आधारमा करिब ५ करोडको लागतमा सोही स्थानमा भूकम्पप्रतिरोधी र प्रविधिमैत्री भवन बनाउने एमालेको योजना छ । एमालेले मासिक डेढ लाख रुपैयाँ भाडामा पासाङल्हामु प्रतिष्ठानको कार्यालयलाई तीन वर्षका लागि पार्टी कार्यालयका रूपमा प्रयोग गर्ने सम्झौता गरेको थियो ।
नयाँ जग्गा लिने तयारी
नयाँ भवन निर्माण पहिल्यै बल्खु पार्टी कार्यालयको मूल ढोकाबाट पूर्वपट्टी खोला छेउ किनारका जग्गा लिने एमालेले योजना बनाएको छ । खोला किनारका जग्गाका लागि बाटो नै नभएकाले किसानहरूले पटकपटक चलनचल्तीको मूल्यमा बेच्न प्रस्ताव गरिरहेको भन्दै एमालेले आसपासका थप तीन/चार रोपनी जग्गा पनि लिने योजना बनाएको हो । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भौगर्भिक अध्ययनपछि मात्रै जग्गा लिने विषयमा धनीहरूसँग कुराकानी अघि बढ्न सक्ने बताए । ‘तला थपेर उचाइको भवन बनाउने स्थिति बनेन भने थप जग्गा आवश्यक पर्ने हुन्छ,’ ज्ञवालीले भने, ‘अहिलेकै नौ रोपनी पनि पर्याप्त छ, तर खोला किनार भएकाले क्षेत्र पर्याप्त हुने स्थिति देखिादैन, माटो परीक्षणपछि मात्रै टुंगोमा पुग्छौं ।’
योजना फेरिएपछि बल्खुमै बनाउने तयारी
भूकम्पबाट कार्यालय क्षतिग्रस्त भएपछि एमालेनिकट इन्जिनियर भरत पहारीलगायतका इन्जिनियरहरूको टोलीले निरीक्षण गरेर खतराको संकेतसहित रातो ‘स्टिकर’ टाँस्यो । लगत्तै एमाले नेताहरू तत्काल कार्यालय सार्ने विकल्पमा जुटे । पहिलो विकल्पका रूपमा बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठान विकल्पका रूपमा छलफल भयो । तर, वर्षामा हिलाम्य मैदान रहेको भन्दै समानान्तर विकल्पका रूपमा छलफल बढेको पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो । विशेषत: महासचिव ईश्वर पोखरेलको पहलकदमीमा प्रतिष्ठानमा कार्यालय सर्यो ।
तर, जननेता मदनको नामसँग जोडिएको बल्खु छाड्न नहुने अडान राखेर तत्कालीन उपाध्यक्ष विद्या भण्डारी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुने निश्चित नभएसम्म भाडाको कार्यालयमा गइनन् । त्यही बीचमै एमालेकै सभासद् तथा इन्जिनियर इच्छाराज तामाङलाई १५ करोड रुपैयाँमा बेच्नेदेखि चक्रपथ आसपास नै उपयुक्त जग्गा खोज्ने योजना पनि बन्यो । तर, बल्खुमा पर्याप्त जग्गा रहेको र टोलको नाम नै मदनको भावनासँग जोडिएको मदन नगर रहेकाले बेच्न नहुने दबाब देशभरका कार्यकर्ताबाट आएपछि नेताहरू बल्खुमै नयाँ पार्टी कार्यालय भवन बनाउने निष्कर्षमा पुगेका हुन् । सांसदसमेत रहेका तामाङकै योजनाअनुसार एमालेले बल्खुमै कार्यालय बनाउने गरी इन्जिनियरिङको तयारी आन्तरिक रूपमा अघि बढाएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply