सहकारीलाई खुम्च्याउने दाउ
काठमाडौं । नेपालका सहकारीहरूलाई नेटवर्किङ व्यवसायमा बदनाम युनिटी र गोल्डक्वेस्टका रूपमा अथ्र्याउने उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले केही महिनाअघि थन्किएको ऐन पुन: ल्याउन चाहेका छन् । सहकारी क्षेत्रमा ठगी बढ्दै गएको र आर्थिक अनियमितता देखिएको हुादा त्यसलाई नियन्त्रण गर्ने बहानामा मन्त्री केसीले सहकारी क्षेत्रलाई पूरै खुम्च्याउने गरी ऐन ल्याउन लागेका हुन् ।
पछिल्लो समय जनताको आर्थिक आधार र समृद्धिको खम्बाको रूपमा स्थापित सहकारी क्षेत्रलाई सीमित तुल्याउने उद्देश्यले ल्याइन लागिएको नयाा सहकारी ऐन केही महिनापूर्व नै ल्याउन लागे पनि सहकारी सञ्चालकहरूको तीव्र विरोधका कारण रोकिन पुगेको थियो । मन्त्री केसीले मन्त्रिपरिषद्मा उक्त ऐन लगे पनि विवाद उत्पन्न भएपछि विधायक समितिमा पठाइएको थियो । तर, अहिले त्यही ऐन मन्त्री केसीले संसद्मा लैजाने तयारी गरिरहेका छन् ।
केही दिनअघि मन्त्री केसीले म दुई हप्ताभित्रै संसद्मा लैजान्छु भनेर एउटा सार्वजनिक कार्यक्रममै बोलेका थिए । मन्त्रालयका सचिव शंकर अधिकारी अहिले थाइल्यान्डको भ्रमणमा रहेको हुादा उनी फर्किनेबित्तिकै छलफल गरेर ऐन संसद्मा लैजाने सोचमा मन्त्री केसी रहेको बताइन्छ । तर, मन्त्रीले नयाा ऐनलाई संसद्मा लैजाने तयारी थालेपछि सहकारीकर्मीहरू आन्दोलनमा उत्रिने मनस्थितिमा पुगेका छन् । काठमाडौं बचत तथा ऋण सहकारीका अध्यक्ष टेकप्रसाद चौंलागाईले भने– ‘मन्त्रीले राम्रो नियतले ऐन ल्याउन लागेका होइनन् । सहकारीको भावनाविपरीत आउन लागेको ऐनविरुद्ध हामी आन्दोलनमा जान्छौं ।’
यसैबीच, मन्त्री केसीले एउटा सहकारी संस्थाको कार्यक्रममा सहकारीको आवश्यकता नरहेको बताएका छन् । स्थापित सहकारीको कार्यक्रममा उनले बताएका थिए, नेपालमा बचत तथा ऋण सहकारीको आवश्यकता छैन । बैंकहरू नै काफी छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply