एकजना रोज्न किन यत्रो संकट ?
काठमाडौं । खुमबहादुर खड्का र विमलेन्द्र निधीमध्ये कसलाई उपसभापति बनाउने भन्ने संकटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पदाधिकारी नियुक्त गर्न सकेका छैनन् ।
देउवा आफ्नै चाहना र उनको पुरानो टिमका अधिकांशको सुझाव निधिलाई उपसभापति बनाउनेछ । तर, महाधिवेशन अघि केही व्यक्तिलाई साक्षी राखेर खड्कालाई दिएको वचन र भारतीय संस्थापनको दबाबका कारण उनले निधिलाई बनाउन सकेका छैनन् । स्रोतका अनुसार महाधिवेशन अघि देउवा, खड्का, अमरेशकुमार सिंह र एकजना भारतीय खुफिया एजेन्सीका प्रतिनिधि बसेर महाधिवेशनमा खड्काले देउवालाई सहयोग गर्ने र निर्वाचित भइसकेपछि देउवाले खड्कालाई उपसभापति मनोनीत गर्ने सहमति भएको थियो । तर, भर्खरै भ्रष्टाचार आरोपमा जेल सजाय काटेर निस्केको व्यक्तिलाई उपसभापति मनोनीत गर्दा सन्देश गलत जाने र सभापतिको प्रतिष्ठामै धक्का लाग्ने भन्दै त्यसो नगर्न पार्टीभित्रकै उनको पुरानो गुटले देउवालाई दबाब दिएको बुझिएको छ । कांग्रेसभित्र खड्का र निधि दुवै भारतपरस्त नेताका रूपमा चिनिन्छन् । तर, रमाइलो के छ भने भारतीय संस्थापन भारतीय जनता पार्टीको साथ खड्कालाई छ भने कांग्रेस आईको साथ निधिलाई रहेको बताइन्छ ।
भारतको समेत संस्थापन र प्रतिपक्षको रोजाइमा अलगअलग व्यक्ति परेपछि देउवालाई एकजना छान्न झन् मुस्किल भएको कांग्रेसनिकट स्रोतले बतायो । उपसभापतिको टुंगो नलागेका कारण सभापतिले नै मनोनीत गर्ने एक महामन्त्री र एक सहमहामन्त्रीको मनोनयन पनि हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply